Thursday, July 30, 2015

मुम्बई बमकाण्डका दोषी याकुब मेमनलाई फाँसी दिइयो

काठमाडौं १४ साउन (एजेन्सी) : सन् १९९३ को मुम्बई बमकाण्डका दोषी याकुब मेमनलाई फाँसी दिइयो र याकुबलाई नागपुर सेन्ट्रल जेलमा आज बिहान पौने सात बजे फाँसी दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको सर्वोच्च अदालतले उनको अपिल अस्वीकार गर्दै फाँसीको सजाय सदर गरेपछि उनलाई बिहान फाँसी दिइएको हो ।

को हुन याकुब

उनको पूरा नाम याकुब अब्दुल रज्जाक मेमन हो र उनी परिवारका सबैभन्दा बढी पढे–लेखेका सदस्य हुन्। एक पटक उनलाई मेमन समाजले सर्वोत्कृष्ट लेखापालको दर्जासमेत दिएको थियो। मुम्बईको भायखला क्षेत्रमा बसोबास गर्ने अब्दुल रज्जाक मेमनका तेस्रा सन्तान ५३ वर्षीय याकुबले आफ्नो पढाइ अंग्रेजी भाषामा गरेका थिए।

चार्टर्ड एकान्टेन्सी कम्पनी

बीकम अध्ययन गरेपछि उनले सन् १९९० मा चार्टर्ड एकाउन्टेन्टको परीक्षा उत्तीर्ण गरे। त्यसको एक वर्षपछि उनले आफ्नो बालापनको साथी चेतन मेहतासँग मिलेर ‘मेहता एन्ड मेमन एसोसिएट्स’ नामको फर्म सुरु गरे। केही मतभेदका कारण एक वर्षमै फर्म बन्द भयो।

त्यसपछि याकुबले ‘एआर एन्ड सन्स’ नामको एकाउन्टेन्सी कम्पनी सुरु गरे। उनले यो फर्मको नाम आफ्ना पिताको यादमा राखेका थिए।

यो क्षेत्रमा सफलता पाएपछि उनले आयात–निर्यातमा हात हाले। तिजारत इन्टरनेसनल नामको कम्पनी खोलेर उनले मासु र मासुजन्य उत्पादनको निर्यात गर्न थाले।

व्यापारमा सफलता

आयात र निर्यातमा याकुबले ठुलै सफलता हात पारे। यसबाट कमाएको पैसाले उनले मुम्बई उपनगर माहिमस्थित अल हुसेनी भवनमा आफ्ना ६ भाइका लागि घर किने। उनका भाइ टाइगर मेमन १९९३ को मुम्बई धमाकाका अभियुक्त हुन्। उनी अझैसम्म गिरफ्तार हुन सकेका छैनन्। उनी दाउद इब्राहिम निकट भएको अनुमान गरिएको छ। मुम्बई विस्फोट मामिलामा दाउदको पनि खोजी भइरहेको छ।

याकुबले नागरपुर सेन्ट्रल जेलमा रहँदा इन्दिरा गान्धी नेसनल ओपन युनिभर्सिटीबाट अंग्रेजी र राजनीति शास्त्रमा स्नात्तकोत्तर गरेका छन्। उनलाई सन् १९९४ मा गिरफ्तार गरिएको थियो।

सीबीआईका अनुसार याकुब मेमनलाई काठमाडौंबाट गिरफ्तार गरिएको थियो। तर, उनकी पत्नीले सञ्चारमाध्यमसँग उनले आत्मसमर्पण गरेको बताएकी छन्।

यदि, याकुबलाई फाँसीदिइएपछि यो घटनामा यो नै पहिलो फाँसी भएको छ।  अदालतीय दस्तावेजअनुसार यो हमलाका प्रमुख सूत्रधार टाइगर मेमन, दाउद इब्राहिम र उनिस इब्राहिम थिए। उनीहरूले सन् १९९२ को डिसेम्बर र सन् १९९३ को जनवरीमा केही विशेष मानिसलाई दुबई बोलाएर विस्फोटको योजना बनाएका थिए। अदालतका अनुसार याकुबले यो आक्रमणमा महŒवपूर्ण भूमिका निभाएका थिए।

अदालतका अनुसार याकुबले विस्फोटका लागि आफ्ना साथीबाट करिब २२ लाख भारु जुटाएका थिए। उनले हतियार र विस्फोटक सामग्रीसमेत बाँडेका थिए। मुम्बईको विशेष टाडा अदालतले उनलाई फाँसी सुनाएको थियो।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.