Thursday, March 23, 2017

अब वडा कार्यालयमा पाइने सुबिधाहरु: जानकारी सक्दो शेयर गरिदिनुहोला

यी हुन् वडा कार्यालयमा पाइने सुबिधाहरु

 काठमाडौं । नयाँ संरचनाअनुसार स्थानीय तह कार्यान्वयनमा आएपछि सेवाग्राहीहरु अन्योलमा परेका छन् ।

विशेष गरी गाउँ पालिकाको नयाँ व्यवस्थासँगै गाविसबाट हुँदै आएको काम कारबाही र उपलब्ध सेवा बारे नागरिकमा अन्योल बढेको हो ।

नयाँ व्यवस्थाअनुसार गाविसले पहिले प्रदान गर्दै आएको सेवा अब गाउँपालिकाको वडाबाट उपलब्ध हुनेछ ।

अब वडा कार्यालयमा पाइने सुबिधाहरु निम्न छन्ः

१) नाता प्रमाणित,

२) नागरिकता र प्रतिलिपी सिफारिस,

३) घर बहाल कर शिफारिस,

४) मोहि लगत कत्ता शिफारिस,

५) घर जग्गा कर,

६) जन्ममिति प्रमाणित,

७) व्यापार व्यवसाय खोलेको बन्द गरेको,

८) मिलापत्र,

९) विवाहित अविवाहित,

१०) निशुल्क उपचार सिफारिस,

११) अङ्ग्रेजी भाषामा सिफारिस,

१२) घर जग्गा प्रमाणित,

१३) व्यक्तिगत प्रमाणित,

१४) घरपुर्जा प्रमाणित,

१५) पुर्जा हराएमा प्रमाणित,

१६) कित्ताकाट सिफारिस,

१७) नामथर जन्म मिति संशोधन,

१८) मृत्युु दर्ता, हकदार नामसारी,

१९) उद्योग नामसारी, ठाँउसारी,

२०) पूर्व प्रथामिक विद्यालय खोल्ने सिफारिस,

२१) जग्गा ,धितो मुल्यांकन,

२२) विद्यालयको कक्षा थप्ने,

२३) पोषण सम्बन्धि,

२४) वैवाहित अङृकृत सिफारिस,

२५) गरिब, बिप्पन प्रमाणिात,

२६) विद्यालय ठाँउसारी,

२७) धारा , विद्युत, ढल जडान,

२८) अन्य

आजको राशीफल : २०७३ साल चैत्र १० गते बिहिबार


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

प्रयासहरु सकारात्मक रहनेछन । घरायसी काममा रुची बढ्नेछ । शत्रुहरुले काममा अबरोध पुर्याउने देखिन्छ भने मन खिन्न रहनेछ ।
   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

तपाइको इमान्दारिता र लगनशीलताको धेरैले प्रसंसा गर्नेछन । सामाजिक मानसम्मान मिल्नेछ । यात्रामा दुख पाउने योग रहेको छ ।
 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

भाग्य बलियो भएकाले धेरै कामहरु सफल हुनेछन । सोचेको आटेको कामहरु पूरा हुनेछन । बैबाहिक कुरा अगाडी बढ्नेछ ।
 
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बौद्धिक काममा सफलता मिल्नेछ । ठुला व्यक्तिको सल्लाहमा गरिएको काममा प्रगति हुनेछ । लेनदेनमा विवाद उत्पन्न हुनेछ ।
   
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

भेटघाटमा मन प्रसन्न रहनेछ । घरायसी काममा रुची बढ्नेछ । प्रयाश गरेको काममा सफलता मिल्नेछ । विश्वास गरेकाले धोका दिने देखिन्छ ।
   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । धार्मिक काममा रुची बढ्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । साझेदारी काममा विवाद बढ्नेछ ।
   
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 

पारिवारिक सद्भाव बढ्नेछ । साथीभाईले काममा सहयोग गर्नेछन । समाजमा बोलीको कदर हुनेछ । शत्रुले दुख दिनेछन ।
   
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

लामो रमाइलो यतारको योगना बन्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । खर्च बढे पनि लगानी उचित ठाउँमा हुनेछ ।
   
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

स्वास्थ्यमा समस्या बढ्नेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।
   
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सानै प्रयाशले पनि काममा ठुलो सफलता मिल्नेछ । नयाँ काम पाउने सम्भावना रहेको छ । दाम्पत्य जीबनमा खटपट आउनेछ ।
   
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 

काम गर्नें जोश, जाँगर र आत्मबल बढ्नेछ । आम्दानीका श्रोतहरु धेरै हुनेछन । बिनाकारण विवाद बढ्न सक्नेछ ।
   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 

अध्ययन अध्यापनमा प्रगति हुनेछ । राज्यबाट मानसम्मान मिल्नेछ । साथीभाईको सहयोगमा बिबाहको कुरा अगाडी बढ्नेछ ।

Wednesday, March 22, 2017

यौनसम्बन्ध नराखेको भन्दै रीताले यसरी काटिदिइन श्रीमानको लिङ्ग



काठमाडौं । छिमेकी मुलुक भारतमा एक जना महिलाले विवाह भएको १० वर्ष बितिसक्दा पनि आफ्नो कोखबाट सन्तान नजन्मेको भन्दै श्रीमानको लिंग काटिदिएका छन् । राजधानी दिल्लीसँग जोडिएको उत्तरप्रदेशको गाजियाबाद जिल्लामा यो घटना भएको हो । समाचारमा उल्लेख भएअनुसार, आफ्नो कोखबाट बच्चा नजन्मेपछि ती महिला मानसिकरुपमा विक्षिप्त थिइन् । विवाह भएको १० वर्ष बितिसक्दा पनि बच्चा नहुनुमा श्रीमान दोषी रहेको उनको ठहर थियो ।

बच्चा नजन्मेको भन्दै ती महिलाले आफ्नो श्रीमानसँग अधिकाँश समय झगडा गर्ने गर्थिन् । उनले झगडाका क्रममा श्रीमानको लिंग काम नलाग्ने जस्ता बचन लगाउँथिन् । रिता नाम गरेकी ती ३० वर्षीया महिलाले बुधबार विहान भने श्रीमानसँग ठूलै झगडा गरिन् । झगडाको क्रममा उनको रिस झन बढ्दै गयो । त्यसपछि उनले चक्कु ल्याएर श्रीमानको लिंग नै काटिदिइन् । श्रीमतीले लिंग काटिदिएपछि उनका श्रीमान गुहार माग्दै रोइकराइ गरेका थिए । छिमेकीले थाहा पाएपछि उद्धार गरेर उनलाई अस्पतालमा लगिएको थियो ।

घटनापछि ती महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीसँगको वयानमा उनले श्रीमानले आफूलाई समय नदिने गरेको, झगडा मात्रै गर्ने गरेको र विवाहको केही समयपछिदेखि आफूसँग यौन सम्पर्क पनि नराखेको र सोही कारण आफ्नो बच्चा नरहेको बताएकी छन् । उनले श्रीमान भएर पनि यौन सम्बन्ध नराख्नेको लिंगको कुनै अर्थ नरहेको भन्दै च्वाट्ट काटिदिएको वयानसमेत दिएकी छन् । दैनिक नेपालबाट

चाउचाउले निम्त्याउँछ खतरनाक रोग


चाउचाउ नेपालमा सबैभन्दा लोकप्रिय स्न्याक्समा पर्छ । छिटोछरितो र स्वादिलो हुने हुँदा हामी मध्ये धेरैले चाउचाउ खान रुचाउँछौँ । बच्चालाई मात्र होइन जवान र बृद्धहरुसम्म पनि चाउचाउ मन पराउँछन् । तर यही लोकप्रिय खाजा चाउचाउ स्वास्थ्यका लागि भने राम्रो हुँदैन भन्ने कुरा थाहा नहुन सक्छ । वुमन्स हेल्थमा प्रकाशित शोधका अनुसार चाउचाउको नियमित सेवनले हामीलाई विभिन्न प्रकारका रोग निम्तिने खतरा हुन्छ ।

यो शोधका अनुसन्धानकर्ताहरुले चाउचाउले मानिसहरुका मधुमेह, मुटु सम्बन्धी रोग र मस्तिस्क घात जस्ता खतरा हुने बताएका छन् । चाउचाउले कार्डियोमेटाबोलिक सिन्ड्रोम नामक अवस्था पैदा हुने र यसले मुटुमा विभिन्न समस्या पैदा गर्ने शोधकर्ताहरुको भनाइ छ । चाउचाउका कारण पाचनप्रणालीमा समेत समस्या हुने समेत बताइएको छ ।

हप्तामा २ पटक चाउचाउ खानेलाई पाचन प्रणालीमा समस्या आउने खतरा ६८ प्रतिशत हुन्छ । भेलोर विश्वविद्यालयका शोधकर्ताहरुले सन् सन् २००७ देखि २००९ सम्म महिलाहरुमाथि यो अध्यन गरेका थिए । चाउचाउमा हुने क्यालोरी, रिफाइण्ड कार्बोहाइड्रेट्, स्यचुरेटेड फ्याट् र सोडियमको उच्च मात्राले महिलाहरुलाई धेरै नै घाटा गर्ने उल्लेख छ ।

एकै दिन सात सयले महँगियो सुन


बुधबार एकै दिन सुन तोलामा ७ सय रुपैयाँले महँगिएको छ। मंगलबार ५४ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार ५४ हजार ९ सय रुपैयाँ पुगेको छ।


त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदी तोलामा ७ सय ८५ पुगेको छ।

अमेरिकी डलर कमजोर बनेसँगै सुनको मूल्य महँगिएको हो। बुधबार डलरको बिक्रीदर मूल्य १ सय ४ रुपैयाँ ७६ पैसा छ।

२ लाख ९२ हजारमा भूकम्प पीडितले बनाउने घरको डिजाइन तयार


काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ वटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने भएको छ ।

भूकम्प प्रभावित जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले कम लागतमा बन्ने घरको नमुना डिजाइन तयार गरेको छ । डिजाइनअनुसार कम्तीमा दुई लाख ९२ हजार रुपैयाँको लागतमा दुईकोठे भवन निर्माण गर्न सकिनेछ ।

सोसाइटी अफ नेपलिज आर्किटेक्चर(सोना)ले पाँचवटा र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत पोखरेलको संयोजकत्वमा बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले नयाँ ६ प्रकारका घरको नमुना डिजाइनलाई स्वीकृति दिने निर्णय गरेको हो ।

डिजाइनलाई प्राधिकरण कार्यकारी समितिका सदस्य डा हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणीकरण गरेपछि लागू हुनेछ । नयाँ डिजाइनअनुसार ढुङ्गाको जोडाइ र माटोको गारोका एकतल्ले घर एवम् ढुङ्गाको गारोमा माटोको जोडाइ तथा सिमेन्टले समेत जोडी भूकम्प प्रतिरोधी घर बनाउन सकिनेछ ।

उक्त डिजाइन सार्वजनिक भए भूकम्पमा घर गुमाएका पीडितले कम लागतमा धेरै विकल्पमध्ये आफूलाई मन पर्ने डिजाइनमा नयाँ घर बनाउन सक्नेछन् । सहरी विकास मन्त्रालयले यसअघि १७ वटा घरको नमुना डिजाइन तयार गरेको थियो । प्रभावित जिल्लामा हाल १७ प्रकारका नमुनामा घर बनाउन सिफारिस गरिन्थ्यो । अब २३ प्रकारका नमुनामध्ये पीडितले आफूलाई मन परेको नमुना छानेर घर बनाउन सक्नेछन् ।

समितिको बैठकले जोखिमयुक्त बस्तीमा रहेकालाई स्थानान्तरण गर्न आवश्यक जग्गा÷घडेरीको व्यवस्थापन गर्नेबारे गृहकार्य गर्न सम्बन्धित जिल्लाका प्रजिअलाई निर्देशन दिने निर्णय गरेको छ । प्राधिकरणले यसअघि जोखिमयुक्त बस्तीबाट अन्यत्र बसाइ सर्न चाहने प्रभावितलाई जग्गा किन्न रु दुई लाख अनुदान उपलब्ध गराउनेबारे निर्णय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।

बैठकले काठमाडौं उपत्यकाका पुरातात्विक सम्पदा पुनर्निर्माणमा स्थानीय समुदायको चासोलाई सम्बोधन गर्ने गरी प्रक्रिया अघि बढाउन प्राधिकरणअन्तर्गतको सम्पदा पुनर्निर्माण उपसमितिलाई निर्देशन दिएको छ । रासस

राति नै बालुवाटार पुगेर देउवाले प्रचण्डलाई भनिसके– अरु जो सुकै होस्, नवराज सिलवाल हुँदैन



 सर्वोच्चले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिका लागि सिफारिस भएका जयबहादुर चन्दको निर्णय बदर गरेपछि सरकारले कानुनी परामर्शपछि मात्रै अर्को निर्णय लिने भएको छ ।

सर्वोच्चको फैसलालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ताको मुख्य खटक कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा फैसला अध्ययन गरी कानुनी परामर्शपछि मात्रै औपचारिक निर्णयमा पुग्ने निष्कर्ष निकालिएको हो ।

‘प्रधानमन्त्री र कांग्रेस सभापतिबीच सर्वोच्चको फैसलाका विषयमा छलफल भएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘फैसला अध्ययन गरी कानुनी परामर्शपछि मात्रै निर्णयमा पुग्ने सहमति भएको छ ।’

स्रोतका अनुसार सरकारले फैसलालाई मिहिन रूपमा अध्ययन गरी प्रहरी नियमावलीसँग तुलना गरेर मात्रै नयाँ प्रहरी महानिरीक्षक नियुक्तिको निर्णय गर्नेछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने प्रधानमन्त्री र कांग्रेस सभापतिबीच भेट भए पनि के विषयमा छलफल भएको आफूलाई जानकारी नभएको बताए ।

संविधानको धारा ७५ अनुसारको कार्यकारी अधिकार मन्त्रिपरिषद्मा निहित भएकाले सर्वोच्चको आईजीपी नियुक्ति बदर गर्ने फैसलाका विषयमा संवैधानिक व्याख्याविश्लेषणका लागि प्रधानमन्त्रीले छिट्टै कानुनविद्सँग परामर्श गर्ने भएका छन् ।

‘राज्यको कुनै एउटा निकायले अर्को निकायको अधिकार क्षेत्र मिचेको छ कि छैन भन्ने विषयमा पछि परामर्श हुन्छ’, स्रोतले भन्यो, ‘यस विषयमा छिट्टै छलफल गरिनेछ ।’

प्रधानमन्त्री दाहाल बिहीबार छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने भएकाले पनि त्यसअघि नयाँ प्रहरी महानिरीक्षकको नियुक्ति हुने सम्भावना देखिँदैन । ‘सम्भवतः प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएपछि मात्रै निर्णय हुन्छ’, स्रोतले भन्यो ।

अन्नपूर्ण पोस्टबाट

Tuesday, March 21, 2017

सेक्सको मामिलामा पुरुषभन्दा महिलाहरू चार कदम अगाडि

सेक्सको मामिलामा पुरुषभन्दा महिलाहरू चार कदम अगाडि

मामिलामा खुलेरै गफ गर्ने पुरुषभन्दा महिला नै अगाडि रहेको दावी शोधकर्ताले गरेका छन् । उनीहरूका अनुसार सेक्सको मामिलामा महिलाहरू पुरुषभन्दा चार कदम अगाडि हुन्छन् । पुरुषको तुलनामा महिलामा यौन चाहना बढी हुन्छ ।

अध्ययन अनुसार प्रेम र यौनका विषयमा पुरुषभन्दा महिला अधिक बोल्ड पनि देखिएका छन् । विपरीत लिङ्गीसँग सम्बन्धका क्रममा पुरुषलाई आलिङ्गन र चुम्बन प्राथमिकतामा पर्नसक्ने भए पनि महिलाका लागि भने सेक्स नै मुख्य चाहना भइरहने वैज्ञानिकले जनाएका छन् ।



महिलाको यो चाहना बुझ्न नसक्दा कैयौं सम्बन्ध अलपत्र परेका उदाहरण पनि प्रशस्तै छन् । त्यसो त अब यसबारे खुलेर कुरा राख्ने, चाहना व्यक्त गर्ने महिला नबढेका भने होइनन् । यौन आनन्द महिला र पुरुष दुवैको आपसी व्यवहारमा भरपर्ने हुन्छ ।

यसर्थ, पूर्ण यौन सम्बन्धका लागि हरेक जोडीले एकअर्का सामु खुलेर आफ्नो चाहना व्यक्त गर्न शोधकर्ताले सुझाव पनि दिएको एजेन्सीहरूले जनाएका छन् ।

 

तपाईको जीवनसाथी किन रिसाउँछिन् तपाईसँग…

तपाईको जीवनसाथी किन रिसाउँछिन् तपाईसँग…

दाम्पत्य जीवन सुखी राख्नका लागी महिला र पुरूषबिच समझदारी हुन जरूरी हुन्छ । दुवैलाई एक-अर्कामा विश्वास प्रेम, सहयोगको भावना हुनु आवश्यक हुन्छ । साथै एक-अर्काको भावना बुझेर अगाडि बढ्न सके कुनै पनि महिला र पुरूषको जीवन सुखमय हुन सक्छ ।

महिला र पुरूषको केही आनीबानीले गर्दा दम्पत्य जीवनमा असर पर्न सक्छ । पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने र दुईबीचको सम्बन्ध राम्रो नहुने समस्या पनि आउने गर्छ । महिलालाई पुरूषका केहि व्यवहारले निकै रिस उठाउँछ ।


ती व्यवहार के के हुन् त…
 १. महिलाले आफूसँग रहँदा आफ्नो साथी आफूसँग मात्र भुलोस् भन्ने चाहना राख्छिन् त्यसैले सँगै रहँदा पुरूषले फोनबाट अरूलाई सन्देश पठाउने फोन गर्ने तथा अन्य अफिसका काम गर्ने गरे महिलालाई रिस उठ्छ ।
२. महिलाले आफ्नो साथीलाई केही सोध्दा वास्ता नगर्ने वा त्यसतिर ध्यान नदिने तथा मलाई थाहा छैन भन्ने गरेमा पनि महिला रिसाउने गर्छन् ।  उनीहरुले पुरूषसँग केही सल्लाह लिन खोज्दा मलाई मतलब छैन जे सुकै गर भन्ने जवाफ आएमा महिलालाई थप तनाव पिडा र रिस उठ्छ ।

३. दिनभरी काम गरेर घर फर्केपछी पुरूषहरू प्राय चुप लागेर बस्ने गर्छन् तर यो बानी महिलालाई फिटिक्कै मन पर्दैन । उनीहरू घर फर्केपछी कुरा गरून् आफूसँग बसोस् भन्ने चाहना राख्ने हुँदा त्यसो नगर्दा उनीहरुलाई रिस उठ्नु स्वभविक हो ।

४. कतै जानु परे या खाना खान बाहिर निस्किनु पर्ने भएमा पुरूषहरू चाडै तयार हुन्छन् तर महिलालाई तयार हुन थोरै समय बढी लाग्ने गर्छ । यस्तो अवस्थामा पुरूषहरूले महिलालाई चाडो गर भनेर बारम्बार भनिरहँदा पनि महिलालाई रिस उठ्छ । यस्ता सामान्य कुराले पनि परिवारमा तथा दाम्पत्य जीवनमा समस्या आउन सक्छ । यी सानातिना कुरालाई विचार गर्न सके दाम्पत्य जीवन सुखमय हुन सक्छ । महिलाले रिसाउने आफ्ना बानी हटाउन प्रयास गर्ने र महिलाले पनि पुरूषको यी बानीलाई सहजतापूर्वक लिन सके दुईबीच समस्या आउँदैन ।

२४० सेकेण्डमै हुन्छ प्रेम



तपाईको प्रेमी वा प्रेमिकको खोजीमा हुनु हुन्छ ? तपाईलाइ थाहा छ प्रेम हुनको लागी केबल ४ मिनेट पर्याप्त हुन्छ।  अमेरिकी जर्नल अफ साइकोलोजीमा प्रकाशित खोजका अनुसार मात्र २४० सेकेण्ढ अर्थात ४ मिनेटमा महिला र पुरुषबिच प्रेम हुन सक्दछ ।

२४० सेकेण्डभित्र दुइ जनाबिच अर्थपुर्ण बातचित हुने सक्ने मात्रै होइन् एक अर्कामा समर्पित हुने अवस्थामा सम्म आउन सक्दछ।


स्पिड डेट्सले गरेको यो खोजमा पुरुष पहिलो भेटमै राम्रो प्रभाव पार्ने महिलालाई बढि ध्यान दिन्छन।  तर महिला भने त्यो पुरुषसंग सम्वन्ध बनाउन चाहन्छन जसले उनिहरुको खुब प्रशंसा गर्दछन्।

खोजका अनुसार ४ मिनेटको समय व्यक्तिको रुपरंग थाहा पाउन पनि पर्याप्त हुन्छ।



तपाईले तत्काल गर्न रोक्नुपर्ने ६ काम

तपाईले तत्काल गर्न रोक्नुपर्ने ६ काम

तपाईले दैनिक जीवनमा गर्ने कामहरूले तपाईको भोलीको दिनलाई राम्रो या नराम्रो बनाउने निर्धारण गर्न मद्धत गर्छ । यस्तै, तपाईले गर्ने दैनिक कामका कारण पनि तपाईलाई हेर्ने दृष्टिकोण फरक पर्न सक्छ । तपाईको जीवन यापन गर्ने शैली, दैनिक गतिविधी जस्ता कामले तपाईको बानी व्यहोरा, जीवन जिउने शैलीका बारेमा जानकारी हासिल गर्न सकिन्छ । यस्तै तपाईले दैनिक रूपमा गर्ने केही कामले तपाईलाई अल्छी तथा आफूप्रति जिम्मेवार नभएको देखाउँछ । त्यसैले पनि तपाईले केही कामहरू तत्कालै बन्द गर्नुपर्ने हुन्छ । केही यस्ता कामहरू छन् जसलाई गर्न आजै देखी गर्न छोड्दा तपाईको भोलीको जीवनलाई समेत फाइदा पुर्याउँछ ती यस्ता छन्…

१. समयको बर्बादीः बिना कारण कुनै पनि काममा समय व्यतित गर्नु तपाईको दैनिक जीवन तथा भविष्यका लागी पनि फाइदा जनक हुँदैन । बिना कारण व्यतित गरिएको समयलाई कुनै काममा लगाउन सके जीवन थप खुसी र सुखपूर्ण हुन सक्छ । त्यसैले समयलाई सकेसम्म आफ्नो जीवनोपयोगी काममा लगाउनु बुद्धीमानी हुन्छ । अर्थात् आफ्नो अमूल्य समयलाई खेर नफ्याक्नु नै राम्रो हुन्छ।

२. फोहोर थुपार्न बन्द गर्नुस्: तपाई हामीमध्ये कतिपयको के बानी हुन्छ भने केही सामान पनि नफ्याक्ने । कुनै पनि सामान भविष्यमा काम लाग्छ भन्दै साँचेर राख्ने गर्दा तपाईको कोठा त फोहोर हुन्छ नै त्यसले तपाईलाई समेत बेलाबेलामा तनावमा समेत पार्न सक्छ ।

३. दया देखाउन छोड्नुस्: मानव भइसकेपछी हरेक मानिसमा दयाको भाव त हुन्छ नै तर धेरै दयाको भाव हुँदा पनि तपाईले दुःख पाउन सक्नुहुन्छ । सकेसम्म दयाको भावलाई आवश्यकता भन्दा बढी देखाउनु तपाईका लागी समेत तनावको अवस्था सिर्जना गर्छ । त्यसैले आवश्यकता भन्दा बढी दया भाव राख्न आजै बाट छाड्नुस् ।

४. बिनाकारण पैसा खर्चिन बन्द गर्नुस्: पैसा मानव जीवनका लागि आवश्यक वस्तु हो । यदी पैसाको सही सदुपयोग गर्न नसके त्यही पैसाका कारण तपाई सहित तपाईसँग जोडिएका हरेक मानिसले दुःख पाउछन् । पैसाको सही सदुपयोग गर्न सकेमात्र त्यसले मानिसको जीवनलाई सुखी बनाउन मद्धत गर्छ । त्यसैले पैसा बिनाकारण खर्च गर्ने बानीलाई छाड्नु निकै बुद्धीमानी हुनेछ ।



५. प्रतिष्ठित व्यक्तिलाई वेवास्ता गर्न छाड्नुस्: तपाईको जीवनमा तपाईभन्दा राम्रा तथा प्रतिष्ठित व्यतिले सकारात्मक प्रभाव पार्छन् । जहिले पनि आफूभन्दा प्रतिष्ठित व्यक्तिहरूलाई आफूबाट टाढा जान नदिनु राम्रो हुन्छ । उनीहरूबाट आउने कुरा, विचार तथा सहयोगले तपाईको जीवनमा नयाँ मोड आउन सक्छ त्यसैले सकेसम्म आफू भन्दा प्रतिष्ठित व्यक्तिलाई वेवास्ता नगर्नुस् ।

६. आफ्नो शरिरसँग खेलवाड गर्न छोड्नुस्: आफ्नो शरिर नै स्वस्थ नभए त्यसले जीवनमा निकै समस्या ल्याउने गर्छ । त्यसैले परिवारमा खुसी र जीवनलाई आनन्दपूर्वक बिताउनका लागी तपाईले आफ्नो शरिरामाथी खेलबाड गर्न छाडनुस् । शरिरलाई बेफाइदा गर्ने रक्सी, चुरोट, गाँजा जस्ता पदार्थको सेवन गर्न छाड्ने, स्वस्थ खानेकुराको प्रयोग गर्ने गर्नु आवश्यक हुन्छ ।

महिलाहरू यस्तो झूठ बोल्छन् पुरूषका अगाडि…

महिलाहरू यस्तो झूठ बोल्छन् पुरूषका अगाडि…

महिलाहरू प्राय अरूलाई पिडा नदिन तथा कुनै विषेश अवस्थामा हुने अनर्थबाट बचाउन सामान्य खालका झुटोहरू बोल्ने गर्छन् । उनीहरूको झुटको पछाडि हुने उदेश्य भनेको कसैलाई हानी नगर्ने र खराब अवस्था भए त्यसलाई सामान्य अवस्थामा ल्याउने नै हुन्छ । उनीहरू आफू असुरक्षित हुने अवस्थामा समेत झुठो बोल्ने गर्छन् ताकी उक्त असुरक्षित अवस्थाबाट उनीहरूले आफूलाई बचाउन सकुन् ।
थाहा पाऔ कस्ता कस्ता झुठ बोल्छन् महिलाहरूले…


– म तिम्रो फोनको प्रतिक्षामा थिइन् ।
– यदी म अहिले कुनै व्यक्तिसँग सुत्न चाहन्छू भने त्यो तिमी हौ ।
– मलाई लाग्छ मैले पनि पैसा तिर्नुपर्छ । तिमीले मात्रै सधै तिर्नु पर्छ भन्ने छैन् ।
– मैले अहिलेसम्म विचार नै गरेको थीइन की यो कुरा मलाई यति मन पर्छ ।
– सेक्स एउटा गज्जबको रमाइलो हो ।
– तिमी मात्र त्यस्तो व्यक्ति हौ जसलाई मैले सधै चाहेको थिए ।
– यदी म उसँग गइन भने उसले अर्को कोही भेट्ने छ मेरो ठाऊँमा ।
– तिमीबाट कुनै गल्ति भएको छैन्, सायद गल्ति मेरै थियो होला ।
– मेरा परिवारका अन्य सदस्यसँग म रमाइरहेकी छु, उनीहरू मेरै परिवार त हुन् ।



यसरी आकर्षित गर्नुस् आफूलाई मन परेकी युवतीलाई…




आफूप्रति महिलालाई आकर्षित गराउन चाहने पुरूषले केही कुराहरू ध्यान दिनु पर्छ । पुरूषप्रति महिलाको आकर्षणका लागी पुरूषले पनि केहि विचार गर्नुपर्छ। कस्तो अवस्थामा महिलालाई राख्न सके महिला आफूप्रति आकर्षित हुन्छन् भन्ने थाहा पाउन सके आफूले मन पराएको महिलालाई आकर्षित गर्न सहज हुन्छ । त्यस्ता केहि टिप्सहरू यस्ता छन्…

– महिलासँग पहिलो पटक भेट भएको या कसैले चिनाएको अवस्थामा ती महिलासँग आफ्ना बाल्यकालका बारेमा सबै कुरा नभन्नु राम्रो हुन्छ । सकेसम्म महिलालाई आफ्नो नाम पनि नभन्ने जबसम्म महिलाले नै आफूलाई सोध्दिनन् तथा उनले सोधे भन्दा बढी कुरा पनि उनलाई आफ्नो बारेमा जानकारी नदिने ।



– प्राय महिलाहरू रमाईलो गर्ने पुरूषको खोजीमा हुन्छन् । महिलासँग रहँदा सकेसम्म रमाईलो गर्न खोज्ने गर्नुपर्छ तर यसका लागी महिलाको केहि व्यवहार भने जान्नु पर्छ र सिमित मात्रामा मात्र रमाईलो गर्नुपर्छ । आवश्यक भन्दा रमाईलो गर्न खोज्दा पनि महिला आकर्षित नहुने हुन सक्छ ।

– महिलासँग आफू केही बेफुर्सदिलो भएको तथा उनले भनेका हरेक समयमा सामेल हुन नसक्ने अवस्था रहेको देखाउने । उनका हरेक निमन्त्रणामा उनीसामू पुग्ने नगर्दा राम्रो हुन्छ भने उनले पठाएका मेसेजहरू पनि ढिलो मात्र रिप्लाई गर्ने गर्दा पनि महिलालाई आकर्षित गर्न सकिन्छ ।

– महिलालाई सकेसम्म उनका बारेमा राम्रा कुरा गरेर खुसी राख्न सकिन्छ । उनीहरूलाई कुनै राजकुमारीको संज्ञा दिँदा पनि उनीहरु खुसि हुन्छन् । उनीहरूलाई फूल दिँदा पनि त्यो भन्दा अगाडि म तिम्रै बारेमा सोच्दैछु वा तिमीलाई यहाँ भएको हेर्न चाहन्थे जस्ता मेसेज गर्ने । यसबाट महिलाले आफूले चाहेको पुरूषले आफ्नै बारेमा सोचिरहेको छ भन्ने भान पर्छ र झन् आकर्षित हुन्छिन् ।



अब सेक्स होइन मोबाइल चाहन्छन् महिला…



आजकल मानिसहरू प्रविधीमा निकै व्यस्त रहन्छन् । प्रविधीको प्रयोगका लागि मानिस हरपल तयार रहन्छ र सकेसम्म प्रविधीमा नै आफ्नो दिनचर्या बिताउन चाहनेहरुको संख्या निकै नै बढेको छ । हरेक सूचना, मानिससँगको मित्रतालगायतका अन्य धेरै अवस्थामा प्रविधीले मानिसलाई सहज बनाएको छ ।

यहाँसम्म की प्रविधीका कारण मानिसले आफ्नो दैनिक जीवनयापन समेत धेरै परिवर्तन गरिसकेका छन् । प्रविधीको प्रयोगका कारण अहिले मानिसमा सेक्सको चाहना समेत घट्दै गएको रिपोर्टहरुले देखाउन थालेका छन् । मानिसहरू सेक्सका विषयमा भन्दा प्रविधीका विषयमा बढी सोच्ने र पहिले सेक्सको लागी प्रयोग गरिने समय समेत प्रविधीमा बढी प्रयोग गर्न थालेका छन् ।


भर्खरै प्रकाशित गरिएको एक रिपोर्टमा भनिएको छ, विषेशगरी अमेरिकी महिलाहरू सेक्स बिना रहन सक्ने तर मोबाइल बिना रहन नसक्ने अवस्थामा पुगिसकेका छन् ।  इन्टरनेट सेक्युरिटी एण्ड आप्टिमाईजेशन कम्पनी एबीजी टेक्नोलजिजको एक सर्वेले अमेरिकी महिलाहरुलाई सेक्स या स्मार्टफोन रोज्न लगाए धेरैले स्मार्टफोन रोज्ने बताए । तर, यही प्रश्नमा फ्रान्सका महिलाहरूमध्ये ४० प्रतिशत महिला भने सेक्सलाई पहिलो चाहना ठान्छन् । फ्रान्सेली कतिपय महिलाहरूले आफू स्मार्टफोनबिना बाच्न सक्ने तर सेक्स बिना बाच्न नसक्ने बताए ।

यस्तै, ब्राजिलका महिलाहरूमध्ये ४४ प्रतिशत महिलाले सेक्सलाई भन्दा मोबाइल नै रोजे । गत अप्रिलमा गरिएको सर्वेक्षणमा अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, जर्मनी, ब्राजिल लगायतका देशका करिब ४ हजार महिलाहरूको सहभागिता थियो । यस सर्वेक्षणमा धेरै महिलाले सेक्सलाई भन्दा स्मार्टफोनलाई रोजेको पाइएको थियो ।



पत्नीहरू पनि स्विकार गर्छन् पतिको पिटाई


घरेलु हिंसाका विरूद्धमा विश्वभर अभियान चलिरहेका बेला गरिएको एक अनुसन्धानमा महिलाहरूले आफ्नो पतिबाट हुने पिटाईलाई मौन स्विकृत दिने गरेको पाइएको छ ।

युनिसेफले गरेको एक सर्वेक्षण विश्वका ४७ प्रतिशत महिलाहरू आफ्नो पतिले गर्ने पिटाईलाई सामान्य रूपमा लिने गरेको पाइएको छ । युनिसेफले महिलाको स्थितिबारे विगत १ दशकमा विश्वभरमा गरिएको सर्वेक्षणमा केही सामान्य कुराहरुमा पतिले कुट्नु स्वभाविक भएको बताउँछन् ।

सर्वेक्षणमा अफगानिस्तान र जोर्डनको अवस्था निकै नाजुक रहेको पाइएको छ । यी देशमा ९० प्रतिशत महिला कुनै न कुनै रूपमा कुनै मुद्धामा पतिको पिटाई खाने गरेको बताइन्छ ।


समाजशास्त्रीहरूले बताएअनुसार सानैदेखि सिकाईने संस्कारका कारण पतिबाट कुटाईको कुरालाई पनि महिलाहरूले सामान्य रूपमा लिने गरेका हुन् ।  सर्वेक्षणमा सबैभन्दा खराब अवस्था दक्षिण एसियाली देशको अवस्था खराब रहेको बताइएको छ । पुरै दक्षिण एसियाको ५२ प्रतिशत महिला र ४९ प्रतिशत पुरूष पत्नीमाथिको पिटाईलाई खराब मानेका छन् ।



आखिर किन हेर्छन् पोर्न चलचित्र ?



पोर्न मानव जीवनको एक अभिन्न अंग हो । यौनलाई मानव जीवनको आधारभुत आवश्यकतामा नै राखिसकिएको छ । यौनले वंश अगाडि बढाउनुका साथै दुई शरिरबीचको प्रेमलाइ समेत देखाउने गर्छ ।

इन्टरनेटको विकाससँगै यौनका विचारहरुमा समेत निकै परिवर्तन आइसकेको छ । यौनका कुराहरु गर्ने, पोर्न चलचित्र हेर्न सुविधा समेत इन्टरनेटले दिइसकेको छ । आजकल इन्टरनेटमा पाइने यौनका चलचित्रले मानिसलाई यौनमा लिप्त हुन् झन् प्रेरणा दिने गरेको छ । मानिसहरु इन्टरनेट उपलब्ध भएसम्म पोर्न चलचित्रहरू हे्र्ने गरेका उदाहरणहरु प्रसस्त भेटिन्छन् । यस्तै, पोर्न चलचित्रका कारण विश्वमा यौन अपराध बढिरहेको बताउनेको संख्या पनि त्यतिकै बढिरहेको छ ।


तर, हामी यहाँ यौन अपराधका विषयमा भन्दा पनि पोर्न चलचित्र मानिसले किन यसरी रूचाउँछन् र किन हेर्छन् भन्ने विषयमा केन्द्रित छौ ।

विश्वमा इन्टरनेटको पौच भएका ठाऊँमा बच्चादेखी बृद्धसम्मका मानिसहरु समेत पोर्न चलचित्रबाट आनन्द लिने गर्छन् । युवा होस्, बच्चा होस् या बृद्ध सबै खाले मानिस पोर्न चलचित्र हेर्ने गरेको पाइन्छ । हरेक मानिसको जीवनशैली पनि अहिले पोर्नसँग जोडिन थालेको छ ।
किन हेर्छन् त मानिसले यौन चलचित्र भन्ने प्रश्नमा मानिस-मानिसबिच फरक-फरक धारणा हुन सक्छ । यस्तै मानिसका केही फरक-फरक धारणाहरु यहाँ प्रस्तुत गरिएको छ ।  कलेजका युवा-युवतीले पोर्न चलचित्र मनोरञ्जनका लागि हेर्ने गर्छन् भने कुनै विवाहित जोडि आफ्नो यौन जीवनलाई अझ राम्रो बनाउनका लागि हेर्ने गर्छन् । पोर्न चलचित्र हेरेर आफ्नो यौन जीवनलाई अझ रमाइलो बनाउने अभिलासाका साथ पनि पोर्न चलचित्र हे्र्ने धेरै छन् ।

विश्वमा अहिलेको सबैभन्दा ठुलो माग पोर्न भएको अनुसन्धानकर्ताहरू बताउँछन् । अहिले सर्च इन्जिनमा सबैभन्दा खोजिने विषय नै पोर्न भएको समेत उनीहरुको दावी छ । पोर्नका विषयमा जानकार राख्ने र पोर्न चलचित्र हेरेर मनोरञ्जन लिनेहरुले हरेक दिन जसो पोर्नका विषयमा खोजी गर्ने गरेको उनीहरुको भनाई छ ।

यौन अर्थात पोर्न अहिलेको आधुनिक जमनाको मात्र नभएर परापूर्वक काल देखी नै चल्दै आएको विषय हो । इतिहास पल्टाउने हो भने र पुराना धरोहरहरूमा ध्यान दिने हो भने त्यहाँ पनि पोर्नका विषयहरु जोडिएका भेटिन्छन् । पुराना जमानाका पोर्नका कथाहरू समेत हामीले भेट्ने गर्छौ ।



जीवन सुखी बनाउन पीपलका ११ वटा पात



मानिसका लागी जीवनलाई सुखपूर्वक जीउनकालागी पैसाको आवश्यकता पर्छ । मानिसहरुले पैसाको अभावमा निकै पिडा, दु:ख झेलिरहेका हुन्छन् । यस्तो समस्याबाट बच्नका लागी मानिसले थोरै धर्मको साथ लिए उसले आफ्नो जीवनमा सुख पाउन सक्ने धर्ममा आस्था राख्नेहरू बताउँछन् । जो मानिस जीवनमा धनी हुन चाहन्छ उसले यदी प्रत्येक शनिबार या मंगलबार यो उपाय अपनाउन सके उसका समस्याहरु बिस्तारै समाप्त हुँदै जानेछन् । ऊ जीवनमा धनवान् र चिन्तामुक्त हुन सक्नेछ ।


प्रत्येक हप्ताको मंगलबार या शनिबार बिहानै उठेर आफ्नो नित्यकर्म गरी पीपलको ११ वटा पात चुलालेर ल्याउने । यहाँ के विचार गर्नुपर्छ भने ती ११ वटा पात पूरा हुनुपर्छ । कुनै पनि पात चुडिएको या च्यातिएको हुनु हुँदैन । यसपछी पानि र अष्टगंध या चन्दन मिलाएर ती ११ वटै पातमा श्रीराम लेखेर ती पातबाट माला बनाएर कुनै हनुमानथानमा गएर हनुमानलाई चढाउने । याद राख्नुस् पातमा श्रीराम लेख्दा हनुमान चालिसाको पाठ गर्न बिर्सनु हुँदैन । यसप्रकार केही समय यो कार्यलाइ निरन्तरता दिने हो भने अविश्वसनिय सकारात्मक परिणाम प्राप्त हुनेछ ।

याद राख्नुस यो कार्य गर्दा कुनै पनि प्रकारको अधार्मिक कार्य नगर्ने तथा आफ्नो कर्तव्यप्रति इमान्दार हुनु जरूरी हुन्छ । यदी यस्त भयो भने गरेका सबै कार्य निस्प्रभावी हुनेछन् ।


डरलाग्दा सपना जसले दिन्छ तपाईलाई धन…



भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।

तपाई हामीले देख्ने केही सपनाहरू यस्ता हुन्छन्, जसले तपाई-हामीमा निकै डर पैदा गर्छ र लाग्छ यो सपनाले केही खराब संकेत त गर्दैन । तर, केही यस्ता सपनाहरू छन् जुन देख्दा निकै डरलाग्दा भएपनि ती सपनाले भविष्यमा केहि राम्रो हुने संकेत गर्छन् । यस्ता सपनाले भविष्यमा सम्पत्ति प्राप्त हुन सक्ने या अन्य लाभ हुने बताएका छन् । डरलाग्दा तर फाइदाकारी सपनाहरूबारे केही थाहा पाऔँ:



– शिर कटेको सपना देख्नु: आफ्नै टाउको काटिएको देख्नु कतिसम्म डरलाग्दो सपना होला ? पक्कै पनि निकै डरलाग्दो हुन्छ तर ज्योतिषका अनुसार यस्तो सपनाले धन लाभ गर्ने सूचना दिन्छ ।

– खुट्टा बाँधिएको देख्नु: आफ्नो खुट्टा बाँधिएको सपना देख्दा पनि केही असहज महसुस हुन्छ तर यस्ता सपना देख्नु राम्रो मानिन्छ । यस्तो सपनाले राज्य लाभ दिन्छ अर्थात् सरकारी क्षेत्रबाट फाइदा हुन्छ ।

– पहाड चढेको देख्नु: मानिसले पहाड चढ्नु भनेको गाह्रो काम गर्नु हो भन्ने सोच्छन् । तर तपाईले यही कुरा सपनामा देख्नु भयो भने यसले केही फाइदा हुने संकेत गर्छ । पहाड, समुन्द्र, वा खोला पार गरेको देख्नुले तपाईलाई धन लाभ हुने संकेत गर्छ ।

– टाउको दुखेको सपना देख्नु: सपनामा टाउको दुखेको देख्दा पनि धन लाभ हुने सम्भावना रहन्छ ।

– घोडा, हात्ती चढेको देख्नु: हात्ती, घोडा, कमलमा चढेको देख्दा पनि धन प्राप्तिको सम्भावना बढ्ने गर्छ ।

‘सेक्स’ गर्नुका फाइदा यस्ता


१. शरिरमा बढ्दछ । यो हर्मोनले गर्दा आपसी सम्बन्धमा मजबुती आऊछ भने एक अर्कामा विश्वास बढ्दछ। तर अन्य व्यक्ती प्रति उदारताको भावना पनि बढाउछ ।

२. स्कटल्याण्डमा गरिएको खोजका अनुसार नियमित सेक्सले रक्तचाप सन्तुलित बनाइ राख्दछ भनेर तनाव पनि कम गर्दछ । यो खोजमा २२ पुरुष र २४ महिला सहभागी थिए ।

३. इंगल्याण्डमा गरिएको खोजमा के पत्ता लाग्यो भने धेरै सेक्स गर्दा पनि कुनै खरावी हुँदैन । यो खोजमा ९१४ पुरुष सहभागी थिए । त्यसभन्दा पहिले बुढेसकालमा धेरै सेक्स गर्दा हृद्यघात हुने कुराले बजार पिटेको थियो ।



४. एक खोजका अनुसार एक पटक सेक्स गर्नु र दुइ तिन पटक डाइजापाम नामक औसदी खानु उस्तै हो । डाइजापास नामक औसधी मांशपेसीको तनाव कम गर्न खाइन्छ ।

५. कम्तीमा सातामा एक पटक सेक्स गर्ने पुरुषमा इरेक्टाइल डाइफंसन(नपुशंकता) आउने संभावना कम हुन्छ ।

६. नियमित सेक्स गर्ने मानिसको मांशपेशीमा मजबुती आउँछ भने हड्डी पनि बलिया हुन्छन् ।

७. सेक्सबाट आँखाको मांशपेसी ठीक अवस्थामा रहन्छन भने गर्धनको दुखाइ पनि कम हुन्छ ।

८.विल्किस युनिभर्सिटिमा गरिएको खोजका अनुसार हप्तामा कम्तीमा एक पटक सेक्स गर्नाले शरिरमा हुने इन्फेक्सनको संभावना पर्याप्तमात्रामा घट्दछ ।

९. टेक्सस युनिभर्सिटिमा गरिएको खोजका अनुसार नियमित सेक्सले आत्मविश्वासमा बृद्धी हुन्छ ।

तनावमुक्त रहने हो भने विवाह गर्नुस !

तनावमुक्त रहने हो भने विवाह गर्नुस !

यस्ता कुमार जो विवाहका बारेमा दोधारे मनस्थितिमा छन् । उनिहरुका लागी यो सु:खद समाचार बन्न सक्छ र विबाह सम्बन्धमा निर्णय लिन सहयोग पुग्न सक्छ । हालै गरिएको एक अन्तरराष्ट्रिय शोधका अनुसार विवाह गर्नाले डिप्रेशन र चिन्ताको खतरालाई निकै हदसम्म कम गर्न सकिन्छ ।

न्यूजील्याण्डको ओटागो युनिभर्सिटीका मनोवैज्ञानिक केट स्काटले विश्वभरका देशहरुबाट ३४४९३ व्यक्तिहरुमा शोध गरे । यस शोधमा विश्व स्वास्थ संगठनव्दारा शोध गरिएको विश्व मानसिक स्वास्थको सर्वेक्षणलाई पनि आधार बनाईएको थियो ।


अध्ययनका मुताबिक बिछोड पारपाचुके या मृत्युको कारण जीवनसाथीको बिछोड हुनु मानसिक स्वास्थमाथि नराम्रो असर पार्छ । एक्लै बस्नु पर्दा महिलाहरु चाहिने भन्दा बढी नकारात्मक सोच्न थाल्छन् भने पुरुष डिप्रेशनको शिकार हुन्छन् ।

स्कटका अनुसार विश्वभरका मानिसहरुमा गरिएको शोधले मानसिक परेशानीले घेरिएपछि मानिसहरुमा न केवल डिप्रेशन र चिन्ताको स्तर बढ्छ बल्कि उस्ले आफ्नो चिजहरुको नियमित गर्नपनि सक्दैन । विवाह गर्नु पुरुष र महिला दुबैका मानसिक स्वास्थका हिसाबले राम्रो हुन्छ । यसभन्दा पहिले गरिएको एक शोधमा केवल विवाह गर्नाले महिलाहरूलाई मात्र स्वास्थका निम्ति राम्रो भनिएको थियो ।

अध्ययनमा यो पनि बताईएको छ कि विवाह गर्नाले पुरुषहरुको अपेक्षा महिलाहरु आफ्नो दिनचर्यालाई व्यवस्थित गर्न निकै सजिलो हुन्छ किन कि बच्चाहरुको स्याहार सुसारको जिम्मा उनिहरुको कांधमा हुन्छ ।

प्रेमीलाई भन्न नहुने चार कुरा

प्रेमीलाई भन्न नहुने चार कुरा

जुनसुकै नाता सम्वन्धका पनि सिमा हुन्छन् । त्यसैले केही कुरा आफैसंग मात्रै राखेको राम्रो मानिन्छ। इमान्दर देखिन वा आत्मसन्तुष्टीका लागी मात्रै सवै कुरा आफ्नो प्रेमीका अगाडी खोलेर आफूलाई बर्बाद पार्नु बुद्धिमानी मानिन्न। सर्वोपरी हितका लागी केही कुरा आफूसंग मात्रै साँच्नु पर्दछ।

धेरै जसो युवतीहरु प्रेमीका अगाडी सवै कुरा खोलेर आफैलाई समस्या पार्दछन् र पछी पश्चताप गर्दछन्। यहाँ प्रेमिकाले प्रेमीलाई कदापी भन्न नहुने चार कुरा समावेश गरिएको छ।

१.अन्य केटी साथीका गोप्य कुरा नभन्नुस
केटा साथी वा प्रेमीसंग अन्य केटी साथीका गोप्य र लुकाउनु पर्ने कुरा गर्दै नगर्नुस। एक त तपाईकी केटी साथीले तपाईले यस्ता कुरा तपाईलाई विश्वास गरेर भनेकी हुन्छन् र त्यसमाथी तपाईका गोप्य कुरा पनि तपाईकी साथीलाई थाहा हुन सक्दछ। तपाईको प्रेमीले केटीबिच हुने कुराको अर्थ र गहिराई नबुझ्न सक्दछन। त्यसैले तपाईले आफ्नै साथीको गोप्य कुरा खुल्दा तपाईको प्रेमीले अनेक शंका गर्ने वातावरण पनि बन्न सक्दछ।



२.पासवर्ड त भन्दै नभन्नुस
तपाईको फेसबकु, इमेलको पासवर्ड आफूसंग मात्रै सिमित राख्नुस । तपाईले तपाईको प्रेमीलाइ जति माया र विश्वास गरे पनि पासवर्डले तपाईको विगत खोल्छ भने अनेक थरि शंकाको बाटो खोल्न सक्दछ।

३. परिवार मन परेको कुरा पनि नभनेकै राम्रो
केटाको परिवारमा सदस्यहरुको बारेमा उनकै अगाडी नराम्रो नभन्नुस । यसले पहिलो त तपाईले प्रेमी नराम्रो मान्न सक्दछन् भन कतिपय अवस्थामा त सम्वन्धनै धरापमा पर्न सक्दछ ।

४. पुर्व प्रेमीका बारेमा विस्तृत कुरा नखोल्नुस
हालका प्रेमीलाई पुर्व प्रेमी भएको बारेमा बताए पनि पुर्व प्रेमीका बारेमा विस्तृतरुपमा बताउन किमार्थ जुरुरी छैन्। यसको अर्थ हालका प्रेमीसंग बेइमानी गरेको होइन की अनावश्यक समस्या निम्त्याउन नखोज्नु पनि हो।

सुपर सेक्सका ८ सूत्र



अब तपाई भियाग्रालाई बिर्सनुस् र ध्यानमा राख्नुस् आठ कुरा, जसलाई अपनाएर तपाई ‘सुपर सेक्स’ को आनन्द लिन सक्नुहुन्छ । हालैको एक अनुसन्धानअनुसार तपाईं मनोनुकूल यौन आनन्द लिन सक्नुहुन्छ तर यसका लागि मात्र केही आवश्यक कुरा ध्यान दिनुस् । ‘क्यानेडियन जर्नल अफ हृयुमेन सेक्सुवालिटी’ मा प्रकाशित अनुसन्धानअनुसार ‘ग्रेट सेक्स’ का लागि तपाईं र साथीबीच धेरै राम्रो मानसिक तालमेल हुनु आवश्यक छ । यतिसम्म कि तपाई दुवैबीच राम्रो संवाद र कुराकानीको दिशा तय हुनुपर्छ । बिहे भएका ६० वर्षमुनिका जोडीहरूलाई अनुसन्धानमा चुनिएको थियो ।

एक-आपसमा आ-आफ्नो उपस्थिति दर्ज गराउनु सुपुर सेक्सका अर्को सूत्र हो । अनुसन्धानमा भनिएको छ, ‘तपाईंहरू सँगै हुँदा हरेक क्षण राम्ररी र पूर्ण रूपमा आनन्द उठाउँदै जिउने प्रयास गर्नुस् ।’
अर्को छ सम्बन्धमा तालमेल । आफ्नो ऊर्जाको भरमग्दुर उपयोग गर्दै सम्बन्धको न्यायो पनालाई कायम राख्नु आवश्यक हुन्छ ।
अन्तरंगता अर्को सूत्र हो । अन्तरंगता यौन सम्बन्धका लागि उत्प्रेरक हुन्छ, जसले उत्तेजनामा तीव्र वृद्घि गर्छ । यसले आपसमा आदर र सम्मानको भाव जाग्रत हुन्छ । सँगै एक-अर्काप्रति वास्तविक र स्वाभाविक स्वीकृति उत्पन्न हुन्छ ।


अनुसन्धानअनुसार यौन क्रियाका लागि एक-अर्कालाई शारीरिक रूपमा अनुभव गर्नु नै महत्त्वपूर्ण हुँदैन । यद्घपि यसबाहेक अतिरिक्त संवाद र एक-अर्काप्रति सहानुभूति राख्दा अझ राम्रो हुन्छ । संवाद भने भर्बल वा नन भर्बल (मौखिक वा सांकेतिक) दुवै हुनसक्छ ।

अनुसन्धानमा भाग लिएका जोडीलाई भावनात्मक रूपले मुक्त गरिएको थियो । अनुसन्धानको समय यो देखियो कि जसले निःस्वार्थ रूपले अनुसन्धानमा भाग लिए उनीहरूमध्ये यौनको समय कुनै पनि सम्बन्ध तोडनेजस्तो स्थिति उत्पन्न भएन । उनीहरूले अति आनन्ददायक यौनको अनुभव गरे ।

सम्बन्धको सुमधुरता आवश्यक हुनुको साथै एक-अर्काप्रतिको समर्पण भाव पनि अत्यावश्यक हुने अनुसन्धानले बताएको छ । यदि जोडीहरू मानसिक र शारीरिक रूपमा यसका लागि तयार हुन्छन् भने उनीहरू राम्रो यौनको अनुभव गर्छन् ।

जोडीहरूले यो कोसिस गर्नुपर्छ कि आफ्नो साथीलाई परमानन्दको सुख दिएर त्यसलाई ऊर्जाले ओतप्रोत गरियोस् । जसले गर्दा यस्तै प्रतिक्रियामा तपाइर्लाई समेत भेटोस् । यसरी सुपर सेक्स पूरा हुन्छ ।
अनुसन्धानले ‘स्वस्थ-यौन’ एक प्रकारको ‘एडवेन्चर’ बताएको छ, जसलाई विवाहित दम्पती, लर्भस या जोडीले अनुभव गर्न सक्छन् । यसको माध्यमले उनीहरू स्वयंलाई समेत खोज्छन् । यो समय उनीहरू खुलेर सामुन्ने आउँछन् जसरी उनीहरू स्वभावतः हुन्छन् । उनीहरूको यही स्वयंको खोजले उनीहरूलाई यौनको चरमानन्दसम्म लिएर जाने अध्ययनमा उल्लेख छ ।

स्तनलाई महिलाको संवेदनशील यौन अंग किन मानिन्छ

स्तनलाई महिलाको संवेदनशील यौन अंग मानिन्छन् । योनी पछिको सेक्सुअल अंगका रुपमा लिइने स्तनको स्पर्शले महिलाहरुलाई सेक्स गरेजतिकै जतिकै आनन्द दिने कुरा पत्ता लागेको छ ।

अध्ययनले स्तनको स्पर्श राम्रोसँग गर्न सके यसले महिलाई चरम सुख दिने तथ्य पनि पत्ता लगाएको छ ।
हृलै अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो ।

अनुसन्धानकर्ताहरुले महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यतिकै संवेदशनील हुने भएका कारण स्तनको स्पर्शबाट पनि चरम सुख प्राप्त हुने बताएका छन् ।

यौनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने भएका कारण महिलालाई स्तनको स्पर्शबाटै चरम सुख प्राप्त हुने अनुसन्धानबाट पत्ता लागेको हो ।

स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन ।

उनीहरुले केही महिलाहरुल स्तनको स्पर्शबाट नै चरम सुख लिइरहेको पनि बताएका छन् । अनुसनधानकर्ताहरुले अनुसन्धानका क्रममा २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो ।

त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने उनीहरुको अनुसन्धानमा उल्लेख छ ।

तपाई सोच्दै हुनुहुन्छ, पत्नीलाई कसरी खुसी राख्ने ? यी काम गर्नुस्…

आफ्नो दाम्पत्य जीवनलाई सुखी राख्नका लागी आफ्नो जीवनसाथीलाई खुसी राख्नु आवश्यक हुन्छ । आफ्नो जीवनसाथी खुसी रहेमात्र दाम्पत्य जीवनमा खुसियाली छाउँछ र जीवन सहज रूपमा बित्दछ ।

परम्परादेखीनै महिलालाई वेवास्ता गर्दै महिलाको इच्छा विपरित काम गर्ने नेपाली समाजमा महिलाहरू खुसी हुन नसक्दा सम्पूर्ण घर नै सुखी हुन सक्दैन ।

जीवनभर साथ जीउने कसम खाएको पतिलै नै आफ्नो भावना नबुझिदिँदा महिला तनावमा रहन बाध्य हुन्छन् जसले पुरै परिवारको खुसी नै नष्ट गरिदिन्छ ।

 त्यसैले पुरूषले आफ्नो दाम्पत्य तथा परिवारको जीवनमा खुसी छर्नका लागी जीवनसंगिनीलाई राम्रोसँग बुझेर उनलाई खुसी राख्नु जरूरी हुन्छ । यदी पुरूषले स-साना कुरामा मात्र विचार गर्ने हो भने महिलालाई सहजै खुसी राख्न सकिन्छ ।

पुरूषले आफ्नी पत्नी अर्थात् जीवनसंगिनीलाई खुसी राख्ने केही सामान्य उपायहरु यस्ता छन्…
– कोठाभित्र उनलाई नाच्न आग्रह गर्नूस्, आफूले पनि साथ दिनूस् ।
– हावा लागेका बेला उनको मुख र आँखामा कपाल खस्दा सर्याइदिनूस् ।
– आफ्ना साथीभाइसित उनको परिचय गराउँदा उनको काँधमा हात राख्ने गर्नुस् ।
– बाटोमा हिँड्दा छेउछाउबाट कुनै उत्ताउली तर सुन्दर युवती भेटिइन् भने उनको हात दह्रोसित समात्नुस् ।
– तपाईं दुःखी भएको बेला उनलाई फोन गर्नूस् ।
– उनको आँखाको ढक्कनमा चुम्वन गर्नुस् ।
– उनको बाल्यकालको तस्विर देखाउन आग्रह गर्नूस् ।
– बाथरुममा बच्चालाई जस्तै शिरदेखि पैतालासम्म नुहाइदिनूस् ।
– फोनमा अरूसित कुरा गरिरहेको बेला उनीसित यौनक्रियाकलाप गर्नूस् ।
– फोनमा रोएको सुन्नुभयो भने तुरुन्तै नजिक जानूस् र छातीमा टाँस्नूस् ।
– आक्कल-झुक्कल उनको वास्तविक नामले बोलाउनूस् ।
– उनलाई मन पर्ने पप एल्बम किनेर ल्याइदिनूस् ।
– कफी अर्डर गर्दा उनको टेस्टअनुसार गर्नूस् ।
– टिभी हेर्दा हेर्दै निदाइन् भने बोकेर बेडरुममा लगेर सुताइदिनुस् र लुगा फुकालिदिनूस् ।
– उनलाई इमेल पठाउनूस् । जे लेखे पनि हुन्छ ।
– छतमा सुकाएका उनका भित्री लुगा उठाएर ल्याइदिनूस् ।
– तपाईंलाई मन पर्ने खेल हेर्न रंगशालालै जानूस् ।
– उनी ईश्र्यालु भएका बखत कसेर अँगाल्नूस् ।
– उनको वक्षस्थलको प्रशंसा गर्नूस् ।
– उनी वाथरुमबाट निस्केपछि दुईवटा तौलिया दिनूस् ।
– कुराकानीका बीचमा ‘आई लभ यू’ भनिदिनूस् ।
– अफिसबाट फर्किंदा चकलेट ल्याइदिनूस् ।
– उनले नयाँ लुगा लगाएको बेला झट्टै थाहा पाउनूस् र तारिफ गर्नूस् ।
– भित्तामा उभ्याएर माया साट्नूस् ।
– तपाईंका सबैभन्दा नजिकका केटीसाथीको अगाडि उनको हातमा चुम्बन गर्नूस् ।

हात मिलाउने होइन नमस्ते गर्नुस

धर्म तथा सस्कृतीमा हात जोडेर नमस्ते गर्ने र निहुरिएर साष्टाङ दण्डवत गर्ने परम्परा रहेको छ। तर आजभोली मानिसहरु हात मिलाएर अभिभादन गर्दछन् र नमस्ते गर्ने प्रचलन कम हुँदै गएको छ।

तर हिन्दु धर्म तथा सस्कृतिमा नमस्ते गर्ने प्रचलन त्यसै चलाइएको भने होइन, यसका विषेश कारण र फाइदाहरु छन्,त्यसै गरि हात मिलाउनुका वेफाइदा पनि रहेका छन्।

नमस्ते गर्दा कसैलाई नछोइकनै अभिवादनको प्रक्रिया पुरा हुन्छ, यसबाट सरुवा रोगहरु सर्ने संभावना पनि कम हुन्छ, तर हात मिलाउँदा अन्य व्यक्तिसंग जोडिनु पर्ने हुन्छ।

हिन्दु धर्मशास्त्रमा नमस्ते गर्नुका अन्य कारणहरु बताइएको छ, जस्तै नमस्तै गर्दा सकारात्मक उर्जा प्राप्त हुनुका सातै चैतन्य प्राप्त हुन्छ।नमस्ते गर्दा स्वय भगवान परमात्मा समेत खुसी हुने शास्त्रमा उल्लेख छ। नमस्ते गर्दा शरिरिमा आध्यात्मको समेत विकास हुन्छ।

हात मिलाउँदा हाम्रो शरिरको उर्जा परिमण्डलमा अन्य व्यक्तिको उर्जाले घुसपैठ गर्ने मौका पाउँदछ। हात मिलाउँदा दइ शरिरिका उर्जाहरु टकराउँछन् जसको असर शरिरमा मात्र होइन् मस्तिष्कमा समेत पर्दछ।

हिन्दु धर्म र सस्कृतिमा स्त्रिसंग स्पर्श गर्ने पनि वर्जित गरिएको छ, यसको सिधा कारणपनि विदुतिय तरंग नखलबलियोस भनेर हो। त्यसैले अभिवादन गर्ने उचित माध्यम नमस्ते नै हो।

प्रेमीलाई कहिल्यै भन्न नहुने ४ कुराहरू के-के ?

 प्रेमी-प्रेमीकाको सम्बन्ध निकै नै गाढा हुन्छ । जीवनमा सँगै जिउने र मर्ने सम्मको बाचा गरेर एक-अर्कासँग रमाउने गर्छन्, प्रेमी-प्रेमीकाहरू तर एउटा सानो गल्ति या सानो कुरामा भएको मनमुटावले ती सबै बाचा कसमलाई पखालेर एक-अर्काबाट छुटिन समेत पुग्छन् ।

प्रेमी र प्रेमीकाबीच हुने केहि यस्ता कुराहरू हुन्छन् जसले दुवैको मनलाई एक-अर्काबाट टाढा राख्नु नै उचित ठान्छन् । प्रेमीका विषयमा प्रेमीकाले गर्ने सानो गल्ति र प्रेमीकाका विषयमा प्रेमीले गर्ने सानो गल्ति पनि उनीहरुको छुट्टिने कारण बन्न सक्छ ।

प्रेमी-प्रेमीकाबीच विश्वासको वातावरण राख्नका लागी दुवै एक-अर्कामा खुल्नु आवश्यक हुन्छ । हरेक कुरालाई शेयर गर्नुले सम्बन्धलाई थप प्रगाढ बनाउँछ भन्ने हाम्रो धारणा छ तर केहि यस्ता कुराहरु पनि हुन्छन् जुन आफ्नो प्रेमीलाई भन्नु भन्दा जीवनभर मनमा नै राख्नु नै उचित हुन्छ ।

प्रेमीकाले प्रेमीलाई केही कुराहरु कहिल्यै नखोलेको राम्रो हुन्छ । प्रेमीकाले प्रेमीलाई भन्न नहुने केहि यस्ता कुराहरु छन्, जसले दुईबीचको सम्बन्धलाई कुनै असर गर्दैन । जानौ ती कुराहरु जुन प्रेमीकाले आफ्नो प्रेमीसँग कहिल्यै नखुल्दा राम्रो…

१. आफ्ना साथीहरुको कुराहरू: प्रेमीकाले आफ्ना साथीहरुसँग गरिने कुराहरु तथा उनीहरूका सम्बन्धी कुराहरू आफ्नो प्रेमीलाई नभनेको राम्रो हुन्छ । आफ्ना साथीहरुले विश्वास गरेर भनेका कुराहरूलाई बाहिर नल्याउनु नै राम्रो हुन्छ ।

२. तपाईको पासवर्ड: तपाईले प्रयोग गर्ने इमेल, फेसबुक, तथा अन्य कुनै पासवर्डहरू प्रेमीलाई नभनेको नै राम्रो हुन्छ । उनीहरुलाई जति विश्वास र माया गरेपनि यस्ता कुराबाट उनीहरुलाई टाढा राख्नु नै राम्रो ।

३. प्रेमीको परिवार मन नपर्ने कुरा: तपाईको प्रेमीको परावारका बारेमा तपाईको धारणालाई नखुलाएको नै राम्रो हुन्छ । तपाईको प्रेमीको आमा तथा दिदीबहिनीका बिषयमा तपाईको धारणा सकेसम्म प्रेमीसँग नखोल्नु नै राम्रो हुन्छ ।

४. पूर्व प्रेमी बारे: सकेसम्म आफ्ना पूर्व प्रेमीको बारेमा धेरै कुरा आफ्नो अहिलेको प्रेमीलाई नखुलाएको राम्रो । अहिलेको प्रेमीलाई यो विश्वास होस् की तपाईले आफ्नो पूर्व प्रेमीलाई पूर्ण रूपमा छोडोसक्नु भएको छ र उबाट टाढा नै रहन चाहनुहुन्छ ।

पुरुष मिलनको रहर महिलालाई यसबेला अधिक हुन्छ

 पुरुषको महिलासँग र महिलाको पुरुषसँग मिलन हुने रहर इच्छा स्वभाविक हो ।

 यो प्राकृतिक इच्छा पनि हो । तर, कुन बेला अधिक र कम रहर लाग्छ भने चैं विचरणीय पक्ष हो ।
 पुरुष मिलनको रहर महिलालाई अधिक कहिले हुन्छ भन्ने विषयमा गरिएको अध्ययन प्रतिवेदन जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरूले ािर्वजनिक गरेका छन् ।

र सोही प्रतिवेदनका आधारमा यी कुराहरुले उल्लेख गरेका छौं ।

 अध्ययन प्रतिवेदनका अनुसार महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म पुरुष मिलनको रहर महिलालाई अधिक हुन्छ । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउने अध्ययनको निष्कर्ष पनि छ ।

 सर्वेक्षणका बेला अनुसन्धाताहरूले एक हजार युवा र युवतीमा महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएका प्रश्नमा महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको ’मुड’ मा बढी आनन्द आउने बताएका प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुने र महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिने तथ्य सार्वजनिक गरिएको छ । पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढी हुने भएकाले यस अवधिमा यौन सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ ।

सर्वेक्षणको समयमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए ।

 उनीहरूले त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद रहेन पनि जानकारी गराएको अध्ययनको दावी छ । अध्ययनका बेला यो तथ्य पनि बाहिर आयो कि – महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने छ । साथै यसले दुवै पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर कुनै तनाव र दूरी पनि नबढ्ने उक्त अध्ययन प्रतिवेदनको दावी छ ।



जब ओलीले ‘अरु पार्टी १ केजी एमाले ५ केजी’ भने

 प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिकेन्द्रले आफ्नो पार्टीलाई घेराबन्दी गरेको आरोप लगाएका छन् ।

 अध्यक्ष ओलीले एमालेलाई एक्ल्याएर घेरावन्दी गर्न खोजेपनि एमाले घेरिएर नबस्ने चुनौती पनि दिए।

एमाले केन्द्रीय कार्यालयद्धारा मंगलबार काठमाडौमा आयोजित मेची महाकाली अभियानका सहभागीहरुलाई धन्यवाद दिन आयोजित कार्यक्रम अध्यक्ष ओलीले भने ’एमाले अव अरु जस्तो सरदर पार्टी हुँदैन।

अरु पार्टी एक केजीका चार वटा ढक एकातिर हुन भने एमाले पाँच केजीको अर्कोतिर रहेको ढक हो । जसो गरेपनि एक केजी बढी नै हुन्छ।’

अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीको बिधानबाट राजतन्त्र र हिन्दु धर्म सम्बन्धी व्यवस्था हटाउने निर्वाचन आयोगको निर्णय प्रति असहमति जनाए।महान्यायधिवक्ता रमणकुमार श्रेष्ठको गलत सल्लाहका कारण निर्वाचन कुवेलामा राप्रपाको बिधान चलाएर निर्वाचन भाँडने षडयन्त्र गरेको आरोप पनि ओलीले लगाए।

मेची महाकाली अभियान लिएर तराई मधेशमा एमाले प्रवेश गर्न नहुने तर्क गर्ने बुद्धिजीवीहरु प्रति पनि ओलीले कटाक्ष गरे। ’बुद्धिजीवी बिग्रियो भने श्रीमान गम्भीर लेख्न थाल्छ।सप्रियो भने यो नेपाली शिर उचाली लेख्छ।बुद्धिजीवीहरुलाई सप्रिन आग्रह गर्छु ।यो नेपाली शिर उचाली लेख्ने गर्नुस्,श्रीमान गम्भीर नेलेख्नुस् ।’

मोर्चालाई मृतककी आमाको प्रश्न(पैसाले मेरो सन्तान फिर्ता आउछ ? अबस्य पड्नुहोस


काठमाण्डौ - तमलोपाका अध्यक्ष महन्थ ठाकुर सोमबार खाममा २५ हजार रुपैंयाँ हालेर सप्तरी मलेठ पुगे । उनी २३ फागुनमा मलेठमा भएको मधेसी मोर्चा र प्रहरीबीचको झडपमा मृत्यु भएका सञ्जन मेहताकी आमा शान्तिदेवीलाई सान्त्वना दिन पुगेका थिए । तर, शान्तिदेवीको प्रश्नले उनी नाजवाफ बने ।

६० वर्षीया शान्तिदेवीले महन्थ ठाकुरलाई मैथिलीमा सोधिन्, ‘पैसासँ कि हेते, हमर बेटा घुरिके थोरी येते रु’९पैसाले के हुन्छ, मेरो छोरा अब फर्केर आउन सक्छ रु० ।शान्तिदेवीको प्रश्नले नाजवाफ बनेका ठाकुरले केहीबेरपछि भने, ‘सञ्जनले मधेस र मधेसीको हकअधिकारका लागि बलिदान दिए, हामी उनको बलीदानको मूल्य राज्यसित लिएर छाड्छौं ।’

नौ महिना अघि बिहे भएकी सञ्जनकी श्रीमती सवितालाई पनि परिवारजनले नेताहरुसमक्ष लगेका थिए । तर, उनी केही बोल्न सकिनन् । श्रीमानको मृत्युपछि उनी अर्धचेतजस्तै छिन् । सरकारी जागिर खाने इच्छा रहेको बताउने उनी १२ कक्षामा अध्ययनरत छिन्  ।

नेपालमाथि शक्ति राष्ट्रको सुरक्षा निगरानी बढ्दो

काठमाडौं, नेपालमा छिमेकी भारत, चीन र शक्तिराष्ट्र अमेरिकाको सुरक्षा चासो ह्वात्तै बढेको छ । नेपाली सेनालाई सैन्य सहयोग गर्ने अग्रणी राष्ट्रको सूचीमा रहेका यी तीनै राष्ट्रले आफ्ना स्वार्थ अनुरुपका सहयोग प्रतिस्पर्धासमेत गर्दै आएका छन् ।

नेपालको तराई अशान्त रहेको भन्दै यी राष्ट्रले आफ्ना नागरिकलाई औपचारिक÷अनौपचारिक ‘ट्राभल एडभाइजरी’ समेत जारी गरेका छन् ।

 बैशाख ३१ का लागि घोषित स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा छिमेकी र शक्तिशाली राष्ट्रहरुले आफ्नो ध्यान नेपालतर्फ केन्द्रित गर्न थालेका हुन् । प्रधान सेनापति राजेन्द्रकुमार क्षत्रीले नेपालमा बाह्य सुरक्षा चुनौती बढेको धारणा राख्दै पूर्बी तराईको भ्रमण समेत गरिरहेकै बेला बिभिन्न कार्यक्रममा सहभागि हुन ती देशका सुरक्षा अधिकारीका नेपाल भ्रमण तय भएका हुन् ।

अमेरिकी नौसेना प्रमुख एडमिरल ह्यारी बी हयारिस जुनियर चैत ६ मा (१९ मार्च) मा नेपाल आएका छन् । उनी नेपाली सेना र अमेरिकी प्यासिफिक कमाण्डद्वारा आयोजित बहुपक्षीय शान्तिसेना अभ्यास ‘शान्ति प्रयास–३’ को निरीक्षणका लागि आएका हुन् । २७ राष्ट्रका सेना सहभागि हुने यो अन्तराष्ट्रिय सैन्य अभ्यास मार्च २० देखि ३ अप्रिलसम्म हुनेछ ।

अमेरिकी यी सैन्य अधिकारीले यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री प्रकाशशरण महत र प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ती भेटमा नेपाली र अमेरिकी सेनाबीच सहयोगका बारेमा छलफल हुने जनाइएको छ ।

अमेरिकी नौसेना प्रमुख नेपालमा रहँदै उत्तर छिमेक चीनका रक्षामन्त्री चाङ वाङयान १० चैत (२३ मार्च) मा नेपालको भ्रमणमा आउनेछन् । प्रधानमन्त्री दाहालको चीन भ्रमणकै दिन काठमाडौं आउने भएकाले रक्षामन्त्रीलाई भेटेपछि मात्र दाहाल चीन प्रस्थान गर्ने कार्यक्रम बनाइएको छ ।

नेपाल–चीनबीच पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्ने सहमति बमोजिम त्यसको तयारी भइरहेका बेला रक्षामन्त्री काठमाडौं आउन लागेका हुन् ।

 नेपाली सेना र चिनियाँ सेनाबीचको यो संयुक्त सैन्य अभ्यासप्रति भारतले सार्वजनिक असन्तुष्टि जनाएको छ । नयाँदिल्लीको समेत बिशेष चासो रहेको नेपाली सेना र चिनियाँ सेनाको यो संयुक्त अभ्यासको मिति भने सार्बजनिक गरिएको छैन । तर उच्च हिमाली क्षेत्रमा अपनाउनु पर्ने युद्धकौशल तिखार्न यो द्विपक्षीय सैन्य अभ्यास हुन लागेको हो ।

स्रोतका अनुसार, चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेबी भण्डारी, रक्षामन्त्री बालकृष्ण खाँड लगायतका उच्च नेपाली अधिकारीसँग पनि भेटवार्ता गर्नेछन् । रक्षामन्त्री खाँडको चीन भ्रमणपछि चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण तय भएको हो ।

 भ्रमणका क्रममा नेपाल र चीनबीच प्रतिरक्षा र सैन्य सहयोगबारे छलफल हुनेछ । चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणपछि बंगलादेश र श्रीलंकाको भ्रमणमा जानेछन् ।
चिनियाँ रक्षामन्त्री लगत्तै भारतीय सेना प्रमुख बिपिन रावत मार्च २८ देखि ३१ सम्म नेपालको भ्रमणमा आउँदैछन् ।

 परम्परा अनुसार मानार्थ महारथीको उपाधी लिन भारतीय सेना प्रमुख काठमाडौं आउन लागेका भए पनि उनले पोखरा र मुक्तिनाथ भ्रमण गर्नेछन् भने राष्ट्रपति भण्डारी, प्रधानमन्त्री दाहाल लगायतका उच्च अधिकारीलाई भेट्नेछन् ।

 राष्ट्रपति भण्डारीले सेनापति रावतलाई २९ मार्चमा मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । सन १९५० देखि नै दुई देशबीच एक अर्का देशका प्रधान सेनापतिलाई मानार्थ महारथीबाट सम्मान गर्ने परम्परा चलिआएको छ ।

मुस्ताङको मुक्तिनाथमा नेपाली सेनाले चलाएको उच्च हिमाली सैन्य युद्धकला तालिम केन्द्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ । स्रोतका अनुसार, भारतीय सेनाप्रमुख र नेपाली सेनाका अधिकारीले दुई देशबीच सैन्य सहयोग बढाउने र सैन्य सामग्री खरिद लगायतका मुद्दामा छलफल गर्नेछन् ।

टिभिस्टारको तौलिया खसेपछि... (तस्विरहरु भयो भाइरल) भीडीयो सहीत

ब्रिटिस टिभी स्टार क्लो फेरीले आफ्नो  निकै लज्जास्पद परिस्थितिको सामना गर्नुपरेको छ । रियालिटी टिभी स्टार क्लोले आफ्नै लापरबाहीका कारण यस्तो स्थितिको सामना गर्नपुगेकी हुन्।

नुहाइसकेपछि  क्लो  छातीमा तौलिया मात्र बेरेर घरबाहिर निस्किइन् ।

 उनले कारबाट एउटा बक्स लिएर घरभित्र पस्न लाग्दा असन्तुलित भई बक्समा भएका सामान खस्न थाले । सामान समाल्छु भन्दा न त सामान नै सम्हालियो न त उनले बेरेको तौलिया नै । सामान सम्हाल्न लाग्दा उनको तौलिया फुस्कियो ।

त्यसपछि उनी बक्स त्यहीँ फालेर तौलिया सम्हाल्दै घरभित्र पसिन् । तर उनका सो अवस्थाका तस्बिर क्यामेरामा कैद गरिए । अहिले ती तस्बिर इन्टरनेटमा भाइरल भएका छन् ।

३१ अगस्ट १९९५ मा जन्मिएकी क्लो बिग ब्रदरको १९औँ संस्करणको अडिसनमा सहभागी भइसकेकी छिन् । आफ्नो असावधानीले गर्दा असहज परिस्थिति भोग्नुपरेकोमा क्लोले पछुतो मानेकी छिन् ।



पेरुमा बाढीका कारण ७५ जनाको मृत्यु, ३० जना बेपत्ता, २ सय ६३ घाइते

 पेरुमा गत डिसेम्बरदेखि हालसम्म बाढीपहिरोको प्रकोप जारी रहेको छ ।

 भारी बर्षापछि आएको यस बाढीपहिरोमा परी सो समयदेखि हालसम्म ७५ जनाको मृत्यु भएको छ भने, अन्य ३० जना हराइरहेका छन् । त्यसैगरी यस घटनामा परी २६३ घाइते भएका छन ।

राष्ट्रिय आपतकालिन उद्धार केन्द्र (सिओइएन) ले सोमबार सार्वजनिक गरेको विवरण अनुसार सो जानकारीहरु दिइएको छ ।

डिसेम्बरको पहिलो हप्तादेखि सुरु भएको बाढीपहिरोले प्रभावित हुनेक्रम फेब्रुअरी सम्म बढी नै रहेको सिओइएनले जनाएको छ ।

बाढी पहिरोमा परेर ६ लाख २७ हजार ४८ जना प्रभावित भएका छन भने, १ लाख १६९ जना विस्थापित भएका छन् ।

 बाढीपहिरोले सवै भन्दा धेरै उत्तरपूर्वी क्षेत्रका तुम्बर्सस्, पिउरा, लम्बायेक, ला लिबेर्टेड एन्कास, लिमा लगायतका प्रान्तहरु प्रभावित भएका छन् ।

सिओइएनले दिएको जानकारी अनुसार बाढी पहिरोका कारण १ हजार १०९ किलोमिटर बाटो भत्किएको छ भने, ३ हजार ८४९ किलोमिटर सडक प्रभावित भएको छ । त्यसैगरी झण्डै १५९ पुल पूर्णरुपमा क्षतिग्रस्त भएका छन्, २७४ ओटा पुलमा नोक्सानी भएको छ र ३३ ओटा राजमार्ग बन्द भएका छन् ।

सिओएएनले १० हजार ६४२ ओटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको, १२ हजार १२६ ओटा घर प्रयोग गर्न नमिल्ने भएको र १ लाख ३४ हजार २९० ओटा घर घरमा पनि नोक्सानी भएको जनाएको छ । रासस/सिन्ह्वा

निर्वाचनमा मधेसलाई बेवास्ता गरिए देशकै लागि दुर्भाग्य हुने राजेन्द्र महतोको चेतावनी

 सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना निर्वाचन गर्ने कसैको आँट नभएको बताएका छन् ।

फत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतोले नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बेइमानीका कारण संविधान संशोधन हुन नसकेको जिकिर गरे ।

मधेसमा दुई प्रदेश दिने सहमति भएपनि त्यसको कार्यान्वयनमा ठूला दलहरुले राजनीतिक बेइमानी गरेको उनको आरोप थियो ।

उनले भने– “सीमाङ्कन नै मधेसी मोर्चाको पहिलो एजेन्डा भएकाले यसलाई थाती राखेर निर्वाचनमा जाने भन्नु मधेस र मधेसीलाई धोका दिनु हो ।”

केन्द्रीकृत शासन व्यवस्थाका कारण मधेस र मधेसी जनताले कहिल्यै पनि अधिकार प्राप्त गर्न नसकेको उनको भनाइ थियो । मधेसलाई बेवास्ता गरेर निर्वाचन गर्न खोजिए त्यो देशकै लागि दुर्भाग्य सावित हुने चेतावनी उनले दिए ।

मधेसी दललाई भारत परस्त देख्ने नेपालका राजनीतिक दलका नेता नै दिल्लीबाट सञ्चालित भएको उनको आरोप थियो ।
आफूहरु विगतमा पटक/पटक सरकारमा बसेको भएपनि सिंहदरबारको चार किल्लाले मधेसलाई अधिकार दिन नचाहेकै कारण केही गर्न नसकिएकाले आन्दोलनको बाटो रोजेको बताउँदै उनले अधिकार प्राप्तिका लागि अब जनतालाई दुःख नहुने दबाबमूलक विरोध कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए । रासस

एयरपोर्ट भन्सारका सुब्बाहरुको सम्पती देखेर प्रहरी तिन छक्क

 ‘भन्सारको जागिर संसार’ । भन्सारमा हुने अथाहा कमाईलाई लक्षित गरी यसो भनिने गरेको हो ।

 भन्सारमा कार्यरत सुब्बाहरुको कमाई हेर्ने हो भने पनि यो कुरा पुष्टि हुन्छ । हालै सुन तस्करी प्रकरणमा पक्राउ परेका एयरपोर्ट भन्सारका सुब्बाहरुको सम्पती देखेर अनुसन्धानमा प्रहरी अधिकारीहरु समेत चकित भएका छन् ।  नेपालमा मन्त्रीहरुको समेत एउटा मात्र चालक हुन्छन् ।

 तर एयरपोर्ट भन्सारमा काम गर्ने सुब्बा श्याम श्रेष्ठले २ जना चालक राखेका थिए ।

 सेटिङमा विमानस्थलबाट सुन पास गराउदै   श्रेष्ठको चालक मात्र होइन घर, गाडि, श्रीमती  समेत २÷२ जना थिए । दुई वटा महंगा गाडि फेरी फेरी चढ्ने उनी दुवै गाडिका लागि २ जना चालक राख्दथे ।


उनका श्रीमती पनि दुईजना थिए । एउटालाई घरमा त अर्काेलाई फ्लाटमा राख्दै आएका थिए ।

 भक्तपुरमा उनका २ वटा घर छन् । मध्यपुर ठिमी अस्पतालका मुख्य लगानीकर्ता समेत उनी भएको खुलेको छ । उनको पद एक्सरे टेक्निसियन हो । वर्षाैदेखि एयरपोर्ट भन्सारमा बस्दै आएका थिए । सुन आउने बेला उनकै डिउटी हुन्थ्यो ।

 त्यस्तै तीन वर्षअघि मात्र बैदेशिक मलेसियाको बैदेशिक रोजगारीबाट फर्किएका भक्तपुरकै राजकुमार ढकालले पनि जोरपाटीमा घर किनिसकेका थिए । बैदेशिक रोजगारीबाट आएको पैसाले नभई तस्करीकै सेटिङले उनले घर किनेका हुन् ।

उनको सरकारी जागिर सुरु भएको पनि ३ वर्ष मात्र भएको छ ।

उनी पनि जेल चलान भएका छन् ।  त्यस्तै वर्षाैदेखि भन्सारमा तस्करीको सेटिङ मिलाउदै आएका तथ्याङक अधिकृत श्रीनारायण यादबले सिनामंगलमा घर बनाइसकेका छन्  । सिनामंगलमै उनको अर्काे जग्गा पनि फेला परेको छ ।

छोराको नाममा हेटौंडामा रहेको एसियन पोपलपाइन इन्ड्रटिजमा उनले लगानी गरेको सिआईबीले पत्ता लगाएको छ । सुन तस्करसहित उनीविरुद्ध सम्पती शुद्धकिरण अनुसन्धान मुद्दामा समेत कारबाही गर्न सिआईबीले सरकारी वकिलमा फाइल पठाएको छ ।

 तर, सम्पती शुद्धिकरण मुद्दामा अनुसन्धान नगर्न चलखेल भइरहेको स्रोत बताउछ ।

 तस्करका एजेन्ट र वकिलहरुले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र सिआईबीमा सम्पती रोक्का नगर्न आर्थिक प्रलोभन दिएका छन् । दृष्टि साप्ताहिकबाट

Monday, March 20, 2017

राप्रपाको जुलुसमा झडप: पशुपति राणा , कुन्ती शाही, कोमल ओली घाइते | हेर्दाहेर्दै नेताका टाउकामा बजायो प्रहरीले लाठि - नेता र कार्यकर्ताको भागाभाग (भिडियोसहित)

 राप्रपाको जुलुसमा झडप: पशुपति राणा , कुन्ती शाही, कोमल ओली घाइते | हेर्दाहेर्दै नेताका टाउकामा बजायो प्रहरीले लाठि - नेता र कार्यकर्ताको भागाभाग (भिडियोसहित)


मधेसी मोर्चालाई तह लगाउन तराईमा ‘मधेसी फोर्स’ निर्माण गर्ने महेश बस्नेतको घोषणा

 । नेकपा (एमाले)का युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले तराईमा मधेस फोर्स निर्माण गर्ने घोषणा गरेका छन् ।

आइतबार ओखलढुंगा-काठमाडौँ सम्पर्क मञ्चले राजधानीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले निधेषको राजनीति गर्ने मधेसवादी दललाई सबक सिकाउन मधेस फोर्स निर्माण गर्ने चेतावनी दिए ।

‘हिजो युथ फोर्स बनाएर उग्रवामपन्थीलाई ठेगान लगायौँ,’ बस्नेतले भने, ‘अहिले दक्षिणपन्थीहरु धेरै चलमलाएका छन् । उनीहरुलाई ठेगान लगाउन त्यस्तै अर्को फोर्स गठन गर्नुपर्ने भएको छ ।’

उनले मधेसी मोर्चाले तराईमा एमालेलाई प्रवेश नै गर्न नदिने भनेर धम्की लगाएको भन्दै उनीहरुको त्यो धम्कीलाई फिका बनाएर मेची–महाकाली राष्ट्रिय अभियान धुमधामसँग पूरा गरेको जानकारी दिए । उनले प्रदेश नम्बर दुईमा पनि एमालेले वृहत कार्यक्रम लिएर छिट्टै जाने बताए । ‘मधेसी मोर्चाका नाममा अहिले तराई–मधेसमा वितण्डा मच्याउने प्रयास भैरहेको छ,’ उनले भने, ‘उनीहरुलाई ठेगानमा ल्याउन मधेसमा एमालेले ‘मधेसी फोर्स’ बनाउँछ ।’

उनले दक्षिणपन्थीलाई तह नलगाएसम्म मुलुकको स्थायीत्व सम्भव नभएको भन्दै पहिला एमाले र माओवादी मान्छे र बनमान्छे जस्ता भएको स्मरण गर्दै भने– ‘माओवादी पहिला बनमान्छे जस्तै थियो अहिले अलिक सुध्रिएको छ अब मधेसी मोर्चालाई पनि सुधार गर्नुपर्ने आवश्यकता भएको छ ।’

कार्यक्रममा माओवादी केन्द्रको जिल्ला तहमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका ५० बढी एमालेमा प्रवेश गरेका थिए ।

शीर्ष बैठकमा ओलीको चेतावनी सुनेपछि प्रचण्ड गम्भीर, संशोधन रोक्न प्रस्ताव

काठमाडौं, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा आह्वान गरिएको प्रमुख दलको शीर्ष बैठकमा एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन विधेयकका कारण स्थानीय निर्वाचन विथोलिन सक्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको प्रमुख दलका नेताहरूको बैठकमा ओलीले मधेसी मोर्चाले निर्वाचन नचाहेकै कारण विभिन्न बखेडा झिकेको आरोप लगाए । स्रोतका अनुसार ओलीले संविधान संशोधन विधेयकलाई थाँती राखेर स्थानीय तहको निर्वाचन गर्नुका विकल्प नरहेको बताएका थिए ।

एमाले अध्यक्ष ओलीको कुरा सुनेपछि प्रधानमन्त्री दाहालले आफू राजनीतिक सहमति जुटाउन सक्रिय रहेको भन्दै सहयोगका लागि सबैलाई आग्रह गरेका थिए । दाहालले तोकिएको समयमा चुनाव आवश्यक रहेको उल्लेख गरे । जवाफमा ओलीले स्थानीय चुनावका लागि सहयोग गर्न एमाले तयार रहेको उल्लेख गरेका थिए ।

बैठकमा ओलीका कुरा सुनेपछि प्रधानमन्त्री दाहाल गम्भीर बनेको सहभागी एक नेताले बताए । बैठकमा अन्य नेताहरूले संशोधन विधेयकका विषयमा छिटोभन्दा छिटो राजनीतिक सहमति जुटाउन पहल गर्नुपर्ने बताएका थिए ।

बैठकमा प्रधानमन्त्री दाहालका साथै एमाले, माओवादी केन्द्र, राप्रपासहितका दलहरूको उपस्थिति रहेको नेताहरूले बताएका छन् ।

बम हान्नेहरूलाई एमालेको आलोचना गर्ने अधिकार छैन : भीम रावल

काठमाडौं, ७ चैत । एमालेका सांसद भीमबहादुर रावलले जनताको माझमा नजानेहरूले एमालेको मेची महाकाली राष्ट्रिय अभियानको आलोचना गर्ने अधिकार नरहेको बताएका छन् ।

संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले लोकतन्त्रको कुरा गर्ने दलहरूले एमालेको आलोचना गरेकोमा आपत्ति जनाए । उनले भने, ‘जनताको बीचमा जाँदा बम हान्ने अनि एमालेको अभियानको आलोचना गर्ने कुरा सैह्य छैन ।’

उनले लोकतन्त्रको कुरा गर्ने दलहरू एमालेको अभियानबाट डराएको बताए । रावलले प्रधानमन्त्री पुष्पकमल दाहालको क्रियाकलाप लम्वसारवादी रहेको भन्दै निर्वाचनको वातावरण बनाउन सुझाव दिए ।

माओवादी केन्द्रका सांसद अमनलाल मोदी प्रधानमन्त्री दाहाललाई लम्पसारवादी भनेकोमा आपत्ति जनाए । उनले भने, ‘एमालेको अतिवादी चरित्रले लोकतन्त्र र निर्वाचनलाई सहयोग मिल्दैन । मधेसी मोर्चाले पनि आफ्नो हठलाई त्याग्नु पर्छ ।’

एमालेका सांसद रविन्द्र अधिकारीले सरकारले विभिन्न मन्त्रालयबाट करोडौँ रुपियाँ बजेट रकमान्तर गरेर आर्थिक अराजकता निम्त्याएको बताए ।

उनले भने, ‘रकमान्तर गर्न पाइन्छ । तर, त्यसको औचित्य पुष्टि नगरेर भएका यस्ता खालका रकमान्तरले आर्थिक अराजकता निम्त्याउँछ । अर्थमन्त्रीले यसलाई बढावा दिएका छन् ।’

त्यसै छाडेका हैनन् बाबुरामलाई नेताहरूले, यस्तो छ नयाँ शक्तिमा ‘विद्रोह’को कारण

नियम बनाउन जति सजिलो हुन्छ, त्यो नियम पालन गर्न त्यति नै गाह्रो हुन्छ । भन्न सजिलो हुँदोरहेछ, भनेअनुसार गर्न गाह्रो ।

 नयाँ विचार, विधान र कार्य पद्धति सहित अघि बढेको नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूले पुरानो जुत्ता फुकाल्ने प्रतिबद्धता जनाउदै नयाँ शक्तिका सबै नेता कार्यकर्तालाई आफ्नो पुरानो जुत्ता फुकाल्न सबैलाई पहिले नै आग्रह गरेका हुन् ।

 तर के उनले साच्चै उनले पुरानो विचार त्यागेकै हुन् त ? सही हो, नयाँ शक्ति निर्माणको क्रममा नयाँ शक्तिमा समाहित भएका हजारौं नेता कार्यकर्ताले पुरानै जुत्ता लगाएर वास्तविक नयाँ शक्ति बन्न कठिन हुने प्रायः निस्चित थियो । यहाँ यो भनाईको निहितार्थ केलाउने प्रयत्न गरिएको छ ।

बाबुरामले आफ्नो सबभन्दा उर्जाशील समय मार्क्सवाद, लेनीनवाद र माओवाद नै अन्तिम सत्य हो भन्ने मान्यता राखे ।

 माक्र्सले कल्पना गरेको, लेनीन र माओले प्रयोग गरेजस्तो सर्बहारा अधिनायकत्व र बर्ग निषेधको सिद्धान्तअनुरुपको व्यवस्था नेपालमा भित्र्याउन माओवादी जनयुद्धको नेतृत्व समेत गरे । तर सर्बहारा अधिनायकत्व नेपालमा संभव हुने कुरा थिएन । डा.भट्टराईको यो बुझाई सही थियो ।

 र, प्रचण्डको कठोर माओवादी पार्टी शासनभित्रैबाट लोकतान्त्रिक गणतन्त्रको नारा स्थापित गराउने उनी आफै चाहिं कति लोकतान्त्रिक छन् भन्ने कुराको परीक्षण अब हुदैछ ।

गतबर्ष औपचारिक रुपमै उनले त्यो पुरानो मालेमावादी जुत्ता फुकाले । उनमा आएको बुझाईको गहिराई, संसारमा आएको भिमकाय परिवर्तन र अन्य विभिन्न कारणले यो संभव भयो । एउटा राजनेताले यसरी आफ्नो वैचारिक कोर्स करेक्सन गर्न तयार हुनु आफैमा एक ऐतिहासिक घटना हो ।

जसरी डा.भट्टराईले वैचारिक कोर्स करेक्सन गरे,हिजोको राजनीतिक एवम् व्यक्तिगत व्यवहारमा स्वभाविक रुपमा परिवर्तन हुने नै भयो ।

 किनभने विचार व्यवहारमा परिवर्तन नभई आशातित परिणाम आउदैन भन्ने एक राजनेताले नबुझ्ने कुरा भएन । डा.भट्टराईसंग विगतमा संगत गर्नेहरु भन्छन् – उनी सांगठानिक मामिलामा धेरै कमजोर छन् । तिनीहरुलाई के थाहा, संगठन त विचार, विधि र पद्धतिले आफै बनाउछ ।

 प्रचण्ड वरिपरिको झुण्ड ( विधि, पद्धतिले नचलेको हुनाले यसलाई संगठन भन्न सकिदैन ) भन्दा नयाँ शक्तिको संगठन दिनदिनै व्यापक र मजबुत बन्दै गएको सबैले अनुभूत गरेका छन् । नेतृत्वले त केवल विचार निर्माण गर्ने, विचार बमोजिमको विधि विधान बनाउने र त्यसलाई पालन गर्न गराउन परिणाममुखी अग्रसरता देखाउने हो । तृणमुल तहमा संगठन त कार्यकर्ताले बनाई हाल्छन् ।

उनका अर्काथरी पूर्व संगातीहरु भन्छन्– बाबुरामको नेतृत्व क्षमता पनि छैन, निर्णय क्षमता छैन । पहिलो, भिजनसहितको मिसन बनाउन सक्ने नेता नै नेतृत्य क्षमता भएका नेता हो । दोश्रो,निर्णय त बाबुराम एक्लै गर्ने नै होईन । नयाँ शक्तिजस्तो लोकतान्त्रिक पार्टी “सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारी” को सिद्धान्तमा आधारित छ । बाबुराम नेतृत्वको सफलता त्यतिबेला हुनेछ, जतिबेला नयाँ शक्तिका सबै नेताले निर्णयको स्वामित्व समानरुपमा ग्रहण गर्नेछन् । प्रचण्डजस्तो सबै शक्ति आफैमा केन्द्रित गरी अरुलाई चेसको गोटीजस्तो चलाउने सुविधा डा. भटटराईलाई छैन ।

बाबुराममाथि अर्को आरोप लाग्ने गरेको छ – उनी एकमनावादी छन्, सानो घेरामा रमाउछन् ।

हो, हिजो युद्धकालीन माओलादीमा मुख्य नेताको सबभन्दा विश्वासपात्रहरुको भित्री घेरा हुन्थ्यो होला, हेडक्वार्टर हुन्थ्यो होला, घोषित अघोषित कोर टीम बनाईन्थ्यो होला, नेतृत्वका आलोचकहरुको हुर्मत काडिन्थ्यो होला, त्यो विलकुल भिन्न बेला र प्रशङ्ग थियो ।

अहिले बाबुरामलाई आरोप लगाईएजस्तो एकमनावादी सोचबाट काम चल्दैन । प्रत्यक्ष लोकतन्त्रमा आधारित पार्टी हुनुको नाताले माओवादीमा जस्तो निषेधको राजनीति नयाँ शक्तिमा संभव छैन भन्ने उनलाई राम्ररी थाहा छ । सत्य स्वीकार्नै पर्दछ, बाबुराम माओवादीमा रहुन्ज्याल बाहिर ठूलो प्रभाव भएर पनि सो पार्टीको संगठनमा उनको प्रभाव जमाउन दिइएन । तर जब उनले वैचारिक र व्यवहारिक रुपमा माओवादी जुत्ता फुकाले, उनको घेरा फराकिलो बन्दै गएको छ । अब बाबुरामलाई सानो घेरामा रमाउनु पर्ने आवश्यकता नै छैन ।

नेपाली राजनीतिक बजारमा बाबुरामप्रति यस्तो आशंका पनि गरिंदो रहेछ– साठी बर्षको उमेरसम्म माओवादी राजनीति गरेका बाबुराम साँच्चिकै लोकतन्त्रवादी नेता बन्लान् र ? डाईनामाइटका आविस्कारक अल्फ्रेड नोबलको दाजुको मृत्यु हुँदा अल्फ्रेड नोबल मर्यो भन्ने गलत सूचनाको आधारमा भोलिपल्ट एउटा समाचार छापियो– “जनताको हत्यारा मर्यो” ।

बैज्ञानिक नोबललाई हत्याराको संज्ञा साह्रै मन परेन । त्यो संज्ञाबाट मुक्त हुन पछि उनले नोबल पुरस्कार स्थापना गरे । उनको अर्कै परिचय स्थापित भयो । अंगुलीमाला बुद्धभक्त बने । ईतिहासका यस्ता कैयौं महान पात्रहरुमा नाटकीय परिवर्तन आएको छ भने लोकतन्त्रप्रतिको बाबुरामको वर्तमान निष्ठामा किन शंका गर्ने ?

महाभारतकी एक प्रमुख पात्र कुन्तीलाई उनले जसलाई आव्हान गरिन्, ऊ उनको अगाडि हाजिर हुन्छ भन्ने वरदान थियो । तरुणी कुन्तीले सूर्यलाई आव्हान गरिन् । कुन्तीको अगाडि सूर्य हाजिर भए । कुन्तीले आफूलाई सूर्य समक्ष सुम्पिन् । यो कुनै जबरजस्ती थिएन । यो घटना केवल वरदान परीक्षणका लागि कुन्तीले चालेको कदम थिएन । परिणामस्वरुप महादानी कर्ण जन्मे । ठीक त्यसरी नै डा.भट्टराईले तीन वीस उमेर काटेपछि प्रत्यक्ष लोकतन्त्रको आव्हान गरे । आज उनको अगाडि लोकतन्त्र हाजिर छ । उनले आफूलाई लोकतन्त्रमा समाहित गर्नु बाहेक अरु कुनै विकल्प छैन । र, बाबुरामले लोकतन्त्रको आव्हान जीवन पद्धति बनाउनका लागि गरे कि केवल परीक्षणका लागि गरे भन्ने चाहिं आगामी केही दिनमा छर्लङ्ग हुनेछ ।

जापानको भविष्य भयाबह, यसकारण कम गर्छन् सेक्स...

 के जापानमा ‘सेक्स संकट’ को दायराले भयावह रुप लिइरहेको छ ? के एक दिन यस्तो दिन आउनेछ, जब जापान खाली हुनेछ ?

 जापानी मानिसका लागि किन ‘धेरै सेक्स’ गर्नुपर्ने बताइएको छ ? तोहोकु विश्वविद्यालयका शोधकर्ताले यही निश्कर्षपछि डुम्जडे क्लक (प्रलयको दिनको अन्दाज लगाउने घडी) बनाएका छन् ।

यसका अनुसार जापानमा वर्तमान ‘सेक्स संकट’ को अर्थ हो कि १६ अगस्ट ३७६६ मा जापानमा केबल १ जना मात्रै मान्छे बच्नेछन् ।

 यो अनुमान देशमा घट्दो प्रजननदर र वृद्धको जनसंख्यामा आधारित छ । बेलायतमा समेत सन् १९२० को दशकको पीढीको तुलनामा लाखौं मानिसमा यौनसम्पर्कको दर धेरै कम भएको छ । अहिलेको जापानको स्थिति आफैंमा भयाबह हो ।

जापानमा फेमिली प्लानिङ एशोसिएसनको सर्वेक्षणमा १६ देखि २४ वर्ष उमेर समूहका ४५ प्रतिशत जापानी महिलालाई यौन सम्बन्धमा कुनै इच्छा नभएको पाइएको जनाएको छ । एक तिहाईभन्दा बढी पुरुषसमेत यसमा सहमत छन् । तोहोकु विश्वविद्यालयका शोधकर्ताले यसलाई धेरै गम्भीर अवस्था भनेका छन् । बेलायतमा पनि सेक्सलाई बढावा दिनका लागि डेटिङ एप्सको सुरुवात गरिएपनि बेलायती युवा पुस्तामा कम सेक्स भइरहेको छ । सेक्समा कमीको एउटा कारण अत्याधिक इन्टरनेटको प्रयोग पनि हो ।

जापानमा कम सेक्सका कारणहरु
१. जापानी काममा धेरै समय खर्च गर्छन । कामका कारण उनीहरु यति थकित हुन्छन् कि उनीहरुको प्राथमिकतामा पर्दैन ।
२. औषत जापानी पुरुषले एक सातामा ८० घन्टा काम गर्छन ।
३. धेरैजसो महिलाहरुले उनीहरुको करियर र गृहस्थीबीचमा एक छान्नुपर्यो भने उनीहरुको प्राथमिकतामा परिवार बसाउने कुरा धेरै कम मात्र पर्छ ।
४. यदि मानिसहरुले युवालाई सेक्स, ड्रग्सलगायतले बढी आकर्षित गर्छ भन्छन् भने त्यो जापानी युवाको हकमा लागु हुँदैन ।

नेपालका यी कम्पनी जसले दिन्छन् लोभलाग्दो तलव सुविधा

नेपालमा रोजगारीका अवसर कम छ, अवसरहरु कम छ, जागिर भएपनि तलव कम छ, भनेर गुनासो गर्नेहरुको संख्या निकै नै बढी छ र यो धेरै अर्थमा साँचो पनि हो ।

 तर नेपाल भित्रै यस्ता केहि कम्पनीहरु वा संघसंस्थाहरु छन्, जसले आफ्ना कर्मचारीलाई दिने तलव निकै नै लोभलाग्दो छ। नेपालका विभिन्न क्षेत्रमा अब्बल ठहरिएका केहि कम्पनी तथा संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई तलव, सुबिधा, बोनसका नाममा राम्रो तलव सुबिधा दिने गरेका छन् ।

कर्पोरेट क्षेत्रमा एनसेल:
नेपाली कर्पोरेट क्षेत्रमा आफ्ना कर्मचारीहरुलाई सबैभन्दा बढी तलव दिने संस्था हो एनसेल । एनसेलमा तल्लो तहदेखि उपल्लो तहसम्म काम गर्ने कर्मचारीको तलव निकै नै लोभलाग्दो छ ।

एनसेलमा ’कस्टुमर केयर’ देखि ब्यबस्थापकसम्म सबैको तलव निकै नै लोभलाग्दो छ । एनसेलमा ’कस्टुमर केयर’मा दैनिक ३ घण्टामात्र काम गर्नेको औसत मासिक कमाइ १८००० भन्दा माथि छ । जवकी १८००० कमाउन ’फुलटाइम’ काम गर्नुपर्ने कम्पनीहरु नेपालमा निकै नै बढी छन् ।

अझ एनसेलमा उपल्लो तहका कर्मचारीहरुको तलव झन् लोभलाग्दो छ। वित्तीय व्यवस्थापन, बजार ब्यबस्थापन, लेखा लगायतका विभागका प्रमुखहरुले एनसेलमा निकै राम्रो कमाइ गर्छन् । उनीहरुको तलव विभाग हेरेर १ लाख देखि ३ लाखसम्म छ भने अरु थुप्रै सुविधाहरु पनि कम्पनीले दिएको छ । कम्पनीले बाँढ्ने बोनसको रकम अझ मोटो हुने गर्दछ । यसरी कम्पनीले दिएको सम्पूर्ण रकम र सुविधाहरुको हिसाव गर्ने हो भने नेपालमा कर्पोरेट क्षेत्रमा सबैभन्दा राम्रो तलव दिने कम्पनी एनसेल रहेको सरोकारवालाहरु बताउँछन् ।

बैंकिङ क्षेत्रमा स्ट्याण्डर्ड चार्टड :
नेपाली बैंकिंङ क्षेत्रमा आफ्ना कर्मचारीहरुलाई अरु बैंकहरुले भन्दा निकै नै राम्रो तलव सुबिधा दिने संस्था भनेको स्ट्याण्डर्ड चार्टड बैंक हो । यसो त बैंकलाइ राम्रो तलव सुबिधा दिने संस्थाको रुपमा चिनिन्छ । तर धेरै बैंकको हकमा पछिल्लो समय बैंकमा उपल्लो तहका कर्मचारीहरुको तलव निकै नै राम्रो भएपनि तल्लो तहका कर्मचारीएहरुको तलव औसत मात्र हुने गरेको छ । स्ट्याण्डर्ड चार्टड बैंकमा भने तल्लो तहमा काम गर्ने कर्मचारीहरुको तलव सुबिधा पनि निकै राम्रो छ ।

स्ट्याण्डर्ड चार्टड बैंकमा सीईओको बार्षिक तलव २ करोड हाराहारीमा छ भने सीईओलाइ दिईने अन्य सुबिधाहरु पनि निकै राम्रो छ । स्ट्याण्डर्ड चार्टड बैंकमा काम गर्ने ट्रेलरको तलव पनि ३० हजार हाराहारीमा छ । बैंकमा ब्यबस्थापन तहमा काम गर्ने कर्मचारीको तलव पनि निकै लोभलाग्दो छ । विभिन्न विभागका ब्यबस्थापन प्रमुखहरुको तलव मासिक ३ लाख हाराहारीमा छ भने ति विभागमा काम गर्ने अन्य कर्माचारीको तलव सुबिधा पनि निकै राम्रो छ ।

होटल क्षेत्रमा हायत रेजेन्सी :
राम्रो तलव सुबिधा दिने संस्थाहरुमा पाँच तारे होटल पनि एक हो । होटलमध्ये पनि ’अन्तराष्ट्रिय चेन’ होटल भएकाले होटल हायत रेजेन्सीले आफ्ना कर्मचारीहरुलाई दिने तलव सुविधा निकै नै राम्रो छ । व्यवस्थापन विभागतर्फ काम गर्ने कर्मचारीहरुको औसत तलव झन्डै ४ लाखभन्दा माथि छ भने होटलमा काम गर्ने कुक, वेटर, हाउसकीपीङमा काम गर्ने कर्मचारी र अन्य कर्मचारीहरुले नेपालका नयाँ होटलको तुलनामा निकै राम्रो तलव पाउने गरेका छन् । अझ होटलको क्यासिनोमा कार्यरत कर्मचारीहरुको तलव त झनै लोभलाग्दो छ । क्यासिनोमा काम गर्ने महिला, बार टेन्डरहरुको तलव पनि बोनस सहित झन्डै लाख रुपियाँ मासिक हुन आउँछ । होटल तथा क्यासिनोमा भने पाहुनाहरुले दिने टिप्स बढी हुने भएकाले र त्यसमा पनि बढी बिदेशी मुद्रा हुने हुनाले कुल तलव बढी आएको हो ।

गैर सरकारी संस्थाहरुमा ’सेभ द चिल्ड्रेन' :
नेपालमा काम गर्ने विभिन्न गैर सरकारी संस्थाहरुमध्ये सबैभन्दा राम्रो तलव सुबिधा दिने गैर सरकारी संस्था भनेको ’सेभ द चिल्ड्रेन’ हो । यस संस्थामा काम गर्ने सवारी चालकदेखि लेखा अधिकृत, वा प्रोजेक्ट ब्यबस्थापकसम्मको तलव निकै नै लोभलाग्दो छ । ’मैले सेभ द चिल्ड्रेनमा कम्प्युटर अपरेटर भएर एक बर्ष काम गरें । मेरो औसत मासिक तलव झन्डै ९०,००० थियो । ’ सेभ द चिल्ड्रेनका एक भूपु कर्मचारीले राटोपाटीलाइ बताए । उनका अनुसार, लेखा, लेखापरिक्षण, प्रोजेक्ट संचालन जस्ता विभागमा काम गर्ने सामान्य कर्मचारीको मासिक तलव नै १ लाखभन्दा माथि हुन्छ भने संस्थामा काम गर्ने उपल्लो तहका कर्मचारीहरुको तलव मासिक ४ लाखभन्दा बढी हुन्छ । आफु हाल अर्को एक गैरसरकारी संस्थामा काम गरेको बताउने उनले नेपालमा गैरसरकारी संस्था मध्ये सबैभन्दा बढी तलव दिने संस्था सेभ द चिल्ड्रेन भएकोमा दुइ मतनै हुन नसक्ने जिकिर गरे ।

शिक्षा क्षेत्रमा चेल्सी इन्टरनेश्नल :
नेपाली सिक्षा क्षेत्रमा निकै नै राम्रो तलव सुविधा दिने संस्थाहरुमध्ये काठमाडौँको चेल्सी इन्टरनेश्नल स्कुल तथा कलेज अगाडी आउँछ । हुन त काठमाडौँका सेट जिभियर्स, सेट मेरिज, जेम्स, लिटिल एन्जल्स, राइ इन्टरनेशनल, मोर्डन इन्डियन लगायतका संस्थाहरुले पनि आफ्ना कर्मचारीहरुलाई निकै नै राम्रो तलव सुबिधा दिने गरेका छन् । तर ति संस्थाहरुमध्ये पनि चेल्सीले आफ्ना कर्मचारीहरुलाई दिने तलव बढी छ । चेल्सीमा कर्मचारीहरुले पाउने तलव बाहेकका सुविधाहरु पनि अरुको तुलनामा बढी छ । चेल्सीमा ’फुलटाइम’ अध्यापन गराउने शिक्षकको तलव नै बार्षिक रुपमा बोनस सहित हिसाव गर्ने हो भने मासिक झन्डै लाख रुपैयाँभन्दा माथि आउँछ । चेल्सीमा अन्य विभागमा काम गर्ने कर्मचारीको पनि तलव निकै नै राम्रो छ ।

मेडिकल क्षेत्रमा नर्भिक :
अस्पतालमा काम गर्ने कर्मचारी शैक्षिक तथा दक्ष जनशक्ति बढी हुनाले पनि अस्पतालका कर्मचारीहरुको तलव सुबिधा राम्रो हुने गर्दछ । त्यसमा पनि ओम, नर्भिक, बिएण्डबि लगायतका अस्पतालहरुमा आफ्ना कर्मचारीहरुलाइ निकैनै राम्रो तलव सुविधा दिने गरिन्छ । यहाँ काम गर्ने डाक्टरहरुले समेत अन्य अस्पतालमा काम गरेभन्दा बढि तलव पाउँछन् भने नर्भिकका काम गर्ने तल्लो तहका कर्मचारीहरुको तलव पनि अन्य अस्पतालको भन्दा बढि छ ।

उत्पादन क्षेत्रमा बढी तलव दिने कम्पनी धेरै :
उत्पादन क्षेत्रमा भने राम्रो तलव दिने कम्पनीहरु भने बढी छन् । नेपालमा काम गर्ने डाबर नेपाल, सुर्य नेपाल, बरुण वेवरेज, बोटलर्स नेपाल, युनिलिभर नेपाल जस्ता कम्पनीहरुमा निकै नै राम्रो तलव सुविधा रहेको छ । यी कम्पनीहरुमध्ये पनि युनिलिभर नेपाल र डाबर नेपालमा काम गर्ने कर्मचारीहरुको तलव निकै नै राम्रो छ । यी कम्पनीहरु मध्ये सुर्य नेपाल, युनिलिभर नेपाल, र डाबर नेपालमा तल्लो तहमा काम गर्ने कर्मचारीकै तलव मासिक ३० हजारभन्दा बढी तलव हुन्छ भने उपल्लो तहका कर्मचारीहरुको मासिक औसत तलव ३ लाखभन्दा बढी हुन्छ ।

यी संस्थाहरुमा जागिर खानै गाह्रो : बढी तलव सुबिधा हुने संघ संथा तथा कम्पनीहरुमा जागिर खान गाह्रो हुनु स्वाभाविक नै हो । अझ त्यसमा पनि माथि उल्लेखित कम्पनीहरुअम जागिर खान निकै नै ठुलो पाप्पड बेल्नुपर्छ । ’नेपालमा शैक्षिक जनशक्ति बढी हुनु र त्यहि अनुसारको रोजगारीको अवसर नहुनुले हाम्रो कम्पनीमा काम गर्न खोज्नेहरुको संख्या निकै नै बढी हुन्छ । ’एनसेलमा कार्यरत एक कर्मचारीले बताए । यस्तै गैर सरकारी संस्थाहरुमध्येको एक सेभ द चिल्ड्रेनमा काम गर्न बढी अनुभवीलाइ प्राथमिकता दिईने हुनाले पनि जागिर खान गाह्रो भएको संस्थाका एक कर्मचारी बताउँछन् ।

र यस्तो पनि :
सामान्य भुइँ सफा गर्ने कर्मचारेको तलव कति होला ? हामी सहजै अनुमान लगाउँछौ । तर भारतको हिन्दुस्थान युनिलिभर लिमिटेडमा सामस्न्य पियनको तलब लाखभन्दा बढी छ । कम्पनीमा करोड माथि तलव बुझ्ने एक सय ६९ जना प्रबन्धक छन् भने १० औं लाख मासिक तलव बुझ्ने थुप्रै छन् । यसको नेपाल साखामा काम गर्ने कर्मचारीहरुको तलव पनि अपत्यारिलो नै छ । एकिन तलव नबताउने भन्दै युनिलिभर नेपालमा तल्लो तहमा काम गर्ने एक कर्मचारीले समेत आफ्नो तलव ५० हजार हाराहारीमा हुने बताएका छन् ।

कम्पनीले कर्पोरेट दुनियाँमा चार सय भन्दा बढी सिइओ उपलब्ध गराइ सकेको युनिलिभर व&#236#2367;श्वभर  ’सिइओ फ्याक्ट्री’को रुपमा समेत चिनिन्छ । नेपाल सहित विश्वका विभिन्न देश हरुमा साखा बिस्तार गरिसकेको हिन्दुस्थान युनिलिभरले आर्थिक बर्ष २०१४÷१५ मा नौ प्रतिशतको व्यापार बृद्धि गरेको छ । कर्मचारीहरुलाई दिने सन्तुष्टी पनि कम्पनीको विस्तारको एक प्रमुख आधार रहेको बिज्ञहरुले बताएका छन् ।

ट्रकको ठक्करबाट एसइई परीक्षा दिने परीक्षार्थीको मृत्यु

 पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको आज बिहान मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ कि १६ वर्षीया नितुकुमारी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ठाकुर रुपनगरस्थित शङ्कर उच्च माविमा परीक्षा दिन भारदहको बिपी मावि परीक्षा केन्द्रबाट परीक्षा दिन जाँदै गर्दा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गगन थापा भन्छन्- संविधान जुनसुकै बेला पनि संशोधन गर्न सकिन्छ, अहिले निर्वाचनमा जाऔं

 स्वास्थ्यमन्त्री गगनकुमार थापाले आदिवासी जनजाति, दलित, महिला, मधेसीलगायत उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्तिका लागि जतिसक्दो चाँडो संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संविधान जुनसुकै बेला पनि संशोधन गर्न सकिन्छ, अहिले स्थानीय तहको निर्वाचन अपरिहार्य छ, त्यसका लागि सबै तह र तप्काबाट सहयोगको आवश्यकता छ ।

राष्ट्रिय दलित आयोगको पन्ध्रौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री थापाले जातीय छुवाछुतसम्बन्धी कानुन निर्माण गर्ने क्रममा चलखेल हुन सक्ने भन्दै सचेत रहन समेत आग्रह गर्नुभयो ।

 “संविधान जुनसुकै बेला पनि संशोधन गर्न सकिन्छ, अहिले स्थानीय तहको निर्वाचन अपरिहार्य छ, त्यसका लागि सबै तह र तप्काबाट सहयोगको आवश्यकता छ,” उहाँले भन्नुभयो ।

प्राप्त उपलब्धिलाई जोगाउँदै थप अधिकारका लागि दलित समुदायले संसद्, सडक र पार्टीभित्र सङ्घर्ष गर्नुपर्ने उहाँको भनाइ थियो । स्वास्थ्यमा सबैको समान पहुँचका लागि आफूले स्वास्थ्य विमासम्बन्धी ऐनलाई संसद्बाट पारित गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

आयोगका कार्यवाहक अध्यक्ष राधेश्याम पासवानले राज्यले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ लाई कडाइका साथ कार्यान्वयन नगरेका कारण मुलुकका विभिन्न स्थानमा छुवाछूतका घट्ना झन्झन् बढ्दै गएको बताउनुभयो ।

 उपेक्षित, उत्पीडित, दलित वर्ग विकास समितिका उपाध्यक्ष डा बुद्धि नेपालीले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिताका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । राज्यको विकासको मूल प्रवाहमा दलित समुदायको समान सहभागितालगायत दलित समुदायको उत्थानका लागि २०५८ चैत ६ गते आयोगको स्थापना गरिएको थियो । रासस

एमालेको राष्ट्रवाद र मधेसीको मधेसवादलाई नचिरेसम्म मुलुक अगाडि बढ्न सक्दैन: पौडेल

 । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनले देशलाई अघि बढ्ने बाटो खुलाउने बताउनुभएको छ ।

नेपाली काँग्रेस झापाले विर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘जिल्लास्तरीय कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै नेता पौडेलले निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । दलका नेतृत्वले जिम्मेवारी पूरा गरे तोकिएकै समयमा चुनाव हुने उहाँको भनाइ थियो ।

जनता चुनावले उत्साहित भएको चर्चा गर्दै नेता पौडेलले जनअपेक्षाप्रति राजनीतिक दल उत्तरदायी हुनुपर्ने बताउनुभयो । “उग्र र खोक्रो राष्ट्रवादका कुरा गरे निर्वाचनमा व्यवधान खडा हुन्छ,” उहाँले भन्नुभयो, “कोही कसैबाट निर्वाचन विरोधी गतिविधि हुनुहुँदैन ।”

मुलुकमा चुनावी चहलपहल आए पनि एमाले र मधेसवादी दलका कारण चुनाव हुने कुरामा शङ्का/उपशङ्का गर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । “एमालेको राष्ट्रवाद र मधेसवादीको मधेसवादलाई नचिरेसम्म मुलुक अगाडी बढ्न सक्दैन,”– उहाँले भन्नुभयो, “एमालेको राष्ट्रवाद र मधेसवादी दलको मधेस प्रेरित सोच घातक छ ।” निर्वाचन गराउन मधेसी जनतालाई सम्झाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘देउवाले आफ्नो जिम्मेवारी नबुझेका कारण काँग्रेसभि समस्या’

उहाँले काँग्रेसभित्र एकता नभएको र पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो जिम्मेवारी नबुझेका कारण समस्या बढेको बताउनुभयो । देउवा धेरैपटक प्रधानमन्त्री भइसक्नुभएकाले त्यो अनुभव उहाँले पार्टीको एकतामा खर्चनु पर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले मुलुकको राजनीतिक नेतृत्व असक्षम भएकाले परिवर्तनमा जोड दिनुभयो । उहाँले कम्युनिष्ट पार्टी र तिनका नेतालाई व्यवहार बुझाउन आवश्यक भएको टिप्पणी गर्नुभयो ।

“बदला होइन, बद्लिएर काम गर्नुपर्छ,”– उहाँले भन्नुभयो, “मधेसमा मधेसी र पहाडी, पहाडमा मतवाली र तागाधारीको बीचमा विभाजन कोर्ने कुचेष्टा भइरहेको छ, यो आन्तरिक राष्ट्रियतालाई कमजोर बनाउने प्रपञ्च हो, मुलुक नरहे, पहिचान र अस्तित्वको कुरा व्यर्थ हुन्छ ।”

सुनको मूल्यबढ्यो, हेर्नुस कतिमा हुदैछ कारोबार

काठमाण्डौ - साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । आइतबार प्रति तोला ५४  हजार २  सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५४ हजार ४ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै चांदी स्थिर रहदै प्रति तोला  ७ सय ८५  रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ६   सय ४० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ ।

तीनमहिने सुइका ३ साइड एफेक्ट : सकेसम्म प्रयोग नगरेको राम्रो !

 तीनमहिने सुइ । अर्थात एक पटक लगाएपछि ३ महिनासम्म गर्व नबस्ने परिवार नियोजनको अस्थाई साधन ।

 नेपालमा पनि यो सुइ प्रयोग गर्नेहरुको संख्या ठुलो छ । नेपालमा संगीनी नामको तीन महिने सुइ विक्री वितरण गर्ने कम्पनी नेपाल सीआरएस कम्पनीका अनुसार नेपालमा ६६ लाख भन्दा बढी संगीनी सुइ विक्री भइसकेको छ

 तर तीनमहिने सुइले विभिन्न खाले साइड एफेक्ट ल्याउने गरेको गुनासो गरिरहेका छन् ।
तीन महिने सुइ प्रयोग गरेकाहरुले यसबाट हुने विभिन्न खाले साइड एफेक्ट हुने गरेको गुनासो पोखेपछी हामीले पनि यसबारे अनुसन्धान गरेका थियौं । नेपालमा मात्र होइन विदेशमा पनि डाक्टरहरुले सकेसम्म यो सुइ प्रयोग नगर्न सल्लाह दिने रहेछन् ।

 महिलाको स्वास्थ्य र त्यसमा पनि गर्वाधारण सम्बन्धि विश्वचर्चित अनलाइन मिरेना डटकमले पनि यस औषधिको प्रयोगबाट हुने हानी वा साइड एफेक्टका बारेमा आफ्नो वेवसाइटमा स्पष्टसँग लेखेको छ ।

के के हुन्छन् त साइड एफेक्ट ?
मिरेना डटकमका अनुसार यो सुइको प्रयोगले धेरै खालका साइड एफेक्टहरु देखिन्छन् ।  

१. तीन महिने सुइको प्रयोगले महिलामा मोटोपाना आउन सक्छ । सुइभित्र हुने विशेष तत्वका कारण मोटोपाना आउँछ । स;गीनी सुइ लगाएर फर्सी, काँक्रो, खर्बुजा लगायतलाइ छिटो ठुलो बनाएर बेच्ने गरेको तथ्य यसअघि धेरैपटक सार्वजनिक भइसकेका छन् ।

 यो सुइको प्रयोगले ओठ, अनुहार, वा जिब्रो सुण्डीने समस्यासमेत निम्त्याउन सक्छ । यो सुइको प्रयोगले विभिन्न खाले छालाका रोगहरुपनि ल्याउन सक्छ ।

२. महिनावारीमा समस्या देखिन्छ । यो सुइको प्रयोगले कहिलेकाहीं ६ महिनासम्मपनि मासिक स्राव नहुन सक्छ । यसले गर्दा महिलाहरुको समग्र स्वास्थ्यमा असर गर्छ । यो सुइको प्रयोगले स्तन क्यान्सरसम्मपनि हुन सक्छ । विशेषगरी युवा अवस्थाका महिलाहरुमा यो सुइको प्रयोगले स्तन क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ । यसले शरीरको हड्डीमा पनि असर गर्न सक्छ । यसले हड्डीसँग सम्बन्धित विभिन्न रोगहरुपनि ल्याउन सक्छ ।  

३. यो सुइको प्रयोगले १०० % गर्वधारण रोक्छ भन्ने नै छैन । यसअघि संगीनी सुइ प्रयोग गरेका तर गर्व बसेका उदाहरणहरु धेरै छन् । यसो त प्रेसरका बिरामीहरुलाई यो सुइले झनै असर गर्ने डाक्टरहरुको सुझाव छ ।  यसले मांशपेशीहरुलाई अनावश्यक मोटो वा दह्रो बनाउने गरेको छ । खसी बलियो बनाउन संगीनी सुइको प्रयोग गरिएको समाचार यसअघि नै विभिन्न पत्रपत्रिकाहरुले प्रकाशित गरिसकेका छन् ।  

डाक्टर भन्छन्, सकेसम्म प्रयोग नगरेको राम्रो
यता विभिन्न डाक्टरहरुले भने संगीनी सुइ सकेसम्म प्रयोग नगरेको राम्रो भएको बताएका छन् । काठमाडौँको कोटेश्वर, बानेश्वर लगायतका विभिन्न मेडिकल हलमा रहेका औषधि पसल सञ्चालकदेखि केहि डाक्टरहरुले नै रिस्क कम गर्ने बहानामा बढी साइड एफेक्ट हुने हुनाले संगीनी सुइ प्रयोग नगर्न सल्लाह दिने गरेका छन् ।

'हामीले प्रयोग गर्नु हुँदैन भनेर मिडियामा भन्दा हामीलाई नै अफ्ट्यारो पर्छ । मेरो नाम नखुलाउने हो भने म स्पष्ट भन्छु कि संगीनी सुइ प्रयोग गर्नु कुनैपनि हिसावले ठिक छैन ।' कोटेश्वरको एक क्लिनिकमा भेटिएका एक डाक्टरले भने । 'संगीनी सुइ ठिक होइन । ७२ घन्टे औषधि त झन् प्रयोग गर्नु नै हुन्न । आइरन चक्की सहितका पिल्सहरु प्रयोग गर्नु केहि हदसम्म ठिक हो । परिवार नियोजनको अस्थाई साधनको हकमा स्वास्थ्यका हिसावले कन्डमभन्दा राम्रो विकल्प केहि हुन्न ।' उनले भने ।

अरु देशका डाक्टरहरुले त यो सुइ प्रयोग गर्ने नहुनेसमेत सल्लाह दिने गरेका छन् । विभिन्न डाक्टरहरुले आफ्नो ब्लगमा यो औषधि प्रयोग नगर्न सल्लाह दिएका प्रशस्त उदाहरणहरु इन्टरनेटमा पाइने गरेका छन् ।

के भन्छ नेपाल सीआरएस कम्पनी ?
नेपाल सीआरएस कम्पनीले संगीनी सुइ नामक तीन महिने सुइ नेपालमा वितरण गर्ने गरेको छ । कम्पनीले मोटो रकम खर्च गरेर यसबारे प्रचारपनि गरिरहेको छ । तर प्रचारमा कतै पनि उसले यसको साइड एफेक्टबारे बोलेको छैन ।  संगीनी सुइको प्रयोगले तीन महिना ढुक्क गर्वधारण नहुने भन्दै प्रचार-प्रसार बिगत लामो समयदेखि गरिंदै आएको भएपनि पछिल्लो समय संगीनी सुइ प्रयोग गरेका धेरै महिलाहरुले यसबारे गुनासो पोख्न थालेपछि डाक्टरहरुले नै सकेसम्म संगीनी सुइ प्रयोग नगर्न सल्लाह दिइरहेका छन् ।

यसबारे बुझ्न हामीले नेपाल सीआरएस कम्पनीमा सम्पर्क गरेका थियौं । कम्पनीका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै केहि साइड एफेक्ट हुने भएपनि स्वास्थ्यलाईनै प्रतिकुल असर गर्ने केहिपनि नहुने दावी गरेकि छिन । 'महिलाको स्वास्थ्य हेरेर केहि साइड एफेक्ट हुनु वा त्यसखाले लक्षण देखिनु स्वाभाविक हो । तर स्वास्थ्यका हिसावले संगीनी सुइ सुरक्षित छ ।'  उनले भनिन् ।

सीआर एस कम्पनीले परिवार नियोजनमा आफ्नो कम्पनीले ठुलो योगदान दिएको कुरामा कुनै दुइमत छैन । तर विभिन्न अस्थाई साधनको प्रयोगबाट हुने साइड एफेक्टबारे नबोल्दा प्रयोगकर्ताहरुको गुनासो आउने क्रम बढेको छ भने कम्पनीले यसको साइड एफेक्टका बारेमा किन बोलेन भन्ने ठुलो प्रश्न चिन्ह उठेको छ ।

आफैंले मारेको पतीको लाशलाई सुटकेसमा हालेर पत्नी गइन् ब्युटीपार्लर

मोहाली। पंजाबको मोहालीमा आइतबार बिहान एउटा लाश भेटियो। लाश थियो त्यही घरमा १५ दिनअघि बस्न आएका एकम ढिल्लोको।

 सुरुमा उनलाई कुटपिट गरेर जबरजस्ती बाथरुम लगेर गोली हानिएको थियो। त्यसपछि ६ फिट साढे ३ इन्चका उनको लाशलाई २ बाइ साढे २ फिटको सुटकेसमा हालेर उनकी पत्नी सीरत कतै ठेगान लगाउन लैजान लागिन्।

सुटकेसलाई कारमा राख्न सीरत एक्लैको लागि सम्भव थिएन। उनले अटो ड्राइभरसँग मद्दत मागिन्।

 अटो ड्राइभरको हातमा रगत लागेपछि उनले हल्ला गरे। हल्ला भएपछि सीरत त्यहाँबाट भागिन्। उनले भागेर गएपछि आफ्नो भाइलाई फोन गरिन् अनि ब्युटीपार्लर गइन्। त्यति बेलासम्म पुलिस उनको खोजीमा जुटिसकेको थियो।

चंडीगढमा आफ्नो साथीकहाँ पुगेकी सीरतलाई प्रहरीले गिरफ्तार गर्यो।

हत्याको कारण लभ ट्र्याङगल भएको बताइएको छ। सीरतको आफ्नो भाइको साथीसँग सम्बन्ध थियो। यही कारणले योजनाबद्ध तरिकाले पतिको हत्या गरिएको प्रहरीले जनाएको छ। डीसीनेपालको सहयोगमा

यी हुन् बलिउडमा बेश्यावृत्तिमा संलग्न दश नायिकाहरु, कोही होटलमा समातिए त कोही घरमा रंगेहात फोला परे (फोटोफिचर)

यी हुन् बलिउडमा बेश्यावृत्तिमा संलग्न दश नायिकाहरु, कोही होटलमा समातिए त कोही घरमा रंगेहात फोला परे (फोटोफिचर)