Tuesday, August 4, 2015

चिनियाँसँग बिहे गरेका चेलीहरुको बिजोग

बेइजिङ , श्रावण १९ - गत शनिबार नेपालचीन कुटनीतिक सम्बन्धको ६० औँ वार्षिकोत्सव धुमधामसँग मनाइँदै थियो ।
सरकारी स्तरमा यो खुसी छाइरहेको बेला एकजना नेपाली युवती भने चीनमा चरम घरायसी हिंसाका कारण घरबाट निकालिएकी छन् । गत फेब्रुअरी ३ तारिख २९ वर्षीय लिउ याङसँग बिहे गरेर चीनको हैलुङच्याङ प्रान्तमा पुगेकी धरानकी २२ वर्षीय रिना राई (नाम परिवर्तन) अगष्ट एक तारिख घरबाट निकालिएकी हुन् ।

    बेइजिङस्थित नेपाली दूताबासको उद्दारपछि नेपाल जाने तयारीमा रहेकी रिनाले शरीरभरिको निलडाम देखाउँदै भनिन् ‘सासू र लोग्ने भएर दैनिक रुपमा पिट्न थाले । स्थानीय प्रहरीलाई मैले खबर गरेँ तर उनीहरुले पनि वास्ता गरेनन् ।’ बिहे गरेर ल्याएको केही महिनासम्म उनलाई श्रीमान् लिउ र सासू ससुराले राम्रै व्यवहार गरेका थिए । उनीसँगै बिहे गरेर आएका अन्य पाँचजना नेपाली युवतीमध्ये चारजना गर्भवती भइसकेका छन् ।

एकजना युवतीको दुई हप्ता अगाडि नेपाली दूतावासले उद्दार गरेर नेपाल फर्काइसकेको छ । उनी गर्भवती नभएपछि लोग्ने र सासूबाट कुटपिट हुन थालेको उनले बताइन् । ‘तँलाई बच्चा जन्मिएपछि छोडिदिन्छौँ भन्दै पिट्थे । ससुरा अलिक समझदार थिए । मलाई कुट्दा उनी छुट्याउन आउँथे’ उनले भनिन् ‘हैलुङर्याङ अत्यन्त चिसो ठाउँ भएकाले म सधैँ बिरामी भइरहेँ । अरु साथीहरु गर्भवती हुँदा म गर्भवती हुन सकिँन । त्यही भएर ममाथि हिंसा भएको जस्तो लाग्छ । उनीहरुले मलाई बिहे गर्नका लागि ८० हजार युआन दलाललाई दिएका रहेछन् ।’ उनको पाखुरा, छाती, ढाड र तिघ्रामा निलडाम छ ।

    बारम्बारको हिंसा सहन नसकेर उनी एक हप्ता पहिले घरबाट भागेकी थिइन् । तर केही घन्टामै घर परिवारका मान्छे गाडी लिएर आएर र उनलाई बजारबाट पक्रिएर घरमा लगेर थुने । उनको पासपोर्ट पनि लुकाइदिए। पासपोर्ट लुकाएर राखेकाले भागेर जान सक्दिन भन्ने लागेकाले उनीहरु जहाँ जान्छेस् जा भनेर बारम्बार धम्क्याउँथे ।

     उनले मोबाइलको विच्याटबाट बिहे गराउने पापा भन्ने मान्छेलाई गुनासो गरिन् । पापा पनि सोही प्रान्तको भएकाले एकपटक घरमा गएर परिवारका मान्छेलाई सम्झाएको थियो । तर पछि जति गुनासो गरे पनि ऊ पनि आएन । उनले त्यहीँबाट काठमाडौँस्थित केन्द्रीय अनुसन्धान विभागमा उद्दारको अनुरोध गरिन् । तर प्रहरीले पनि आफूहरुले केही गर्न नसक्ने बताएपछि उनले नेपाली दूताबास बेइजिङको ठेगाना खोजिन् । अर्की एक नेपाली युवतीमार्फत नेपाली दूताबासको विच्याट सम्पर्क पाएपछि उनी दूताबासको सम्पर्कमा पुगेकी हुन् ।

    दूताबासले उद्दारको तयारी गर्दागर्दै उनी अगष्ट एक तारिख शनिबार हैलुङच्याङ प्रान्तको पूर्वउत्तर रुससँग सिमा जोडिएको थोङच्याङस्थित घरबाट भागिन् । उनी दिनभर मकैबारीमा लुकेर बसिन् र रातपरेपछि सडकमा निस्किएर दस किलोमिटरभन्दा बढी हिँडिन् । एउटा घर भेटेपछि उनले बास मागिन् । त्यही घरको मोबाइल मागेर नेपाली दूतबासका तृतीय सचिव उत्तम घिमिरेसँग विच्याटमा सम्पर्क गरिन् । त्यही घरमा रात बिताएकी उनलाई बिहान तीन बजे नै त्यहाँबाट पनि जान भनियो । उनी नजिकैको अर्को घरमा गइन् र शरण मागिन् । त्यहाँबाट फेरि घिमिरेसँग सम्पर्क गरिन् र आइतबार दिनभर र राति त्यही घरमा बसिन् ।

    सोमबार बिहानै त्यो घरको मान्छेले उनलाई च्यामुसीको बसमा ५० चिनियाँ युआनको टिकट काटेर चढाइ दियो र थप एक सय युआन बाटो खर्च पनि दियो । पछि दूताबासले ती सहयोगीको मोबाइल मार्फत सो रकम फिर्ता गरिसकेको घिमिरेले बताए । सोमबार बिहानै नेपाली दूताबासबाट रिनाको उद्दार गर्न हैलुङच्याङ प्रान्तको च्यामुसी पुगेका घिमिरेले च्यामुसी सार्वजनिक सुरक्षा कार्यालयमा लगेर ट्राभल्स डकुमेन्टमा भिसा हानेर बेइजिङ ल्याए । उनलाई मंगलबार राति मलेसियन एयरलाइन्सबाट काठमाडौँ लगिँदै गरेको घिमिरेले बताए ।

     व्यवस्थापन विषयमा उच्च माध्यमिक तह उत्तीर्ण गरेकी रिना सानै हुँदा उनका बुबा आमाको मृत्यु भएको हो । आफ्नी सानी आमा (छेमा)ले पालनपोषण र शिक्षा दीक्षा दिएको बताउने रिनाले स्वाभलम्बी बन्नका लागि चिनियाँ केटासँग बिहे गरेको खुलाइन् । नेपाली एजेन्ट र चिनियाँ एजेन्टले उनलाई चीनबाट हङकङ सजिलै जान सकिन्छ र महिनाको लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ भनेर फकाएका थिए ।

    चीनमा नेपाली युवतीहरुमाथि चरम हिंसा हुने गरेको घटना बारम्बार आउने गरेकाले दलाल मार्फत बिहे गरेर नेपालबाट ल्याउने कुरालाई नै निरुत्साहित गर्नुपर्ने नेपाली दूताबास बेइजिङका मिनिस्टर निर्मल काफ्ले बताउँछन् । अन्य विभिन्न स्थानबाट पनि नेपाली युवतीहरुले हिंसा भोगिरहेको गुनासो आएको र स्थानीय प्रहरीको सहयोगमा केही व्यवस्थापन गरिए पनि दीर्घकालीन रुपमा समाधान गर्न गार्‍हो भएको बताउने काफ्लेले मानव तस्करीको रुपमा नेपाली युवतीलाई कथित बिहे गरी चीनमा ल्याउनलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने बताए ।www.ekantipur.com

महादेव मन्दिर दर्शन गरेर फर्किएको माइक्रोबस राजधानीमा दुर्घटना

भक्तपुर, १९ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलस्थित आशापुरी महादेव मन्दिरमा दर्शन गरेर फर्कने क्रममा तीर्थयात्री बोकेको माइक्रोबस आज दुर्घटना हुँदा दुई बच्चासहित १५ जना घाइते भएका छन् ।
लोकन्थलीबाट रिजर्भमा २१ जना महिला तीर्थयात्री लिएर डोलेश्वर र आशापुरी मन्दिर गएको बा १ ज ८४३९ नंको माइक्रोबस ब्रेकफेल भएर दुर्घटना भएको हो ।
डोलेश्वर महादेव मन्दिरको दर्शन गरेर आशापुरी महादेव मन्दिर गई दर्शन गरेर फर्कने क्रममा डोलेश्वरभन्दा माथि माइक्रोबस दुर्घटना भएको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिनुभयो ।
घाइतेमध्ये गम्भीर रहेका दुईजनाको बिएन्डबी अस्पताल ललितपुरमा, पाँचजनाको नागरिक अस्पताल गट्ठाघरमा र आठजनाको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । रासस
dainiknepal.com

धेरै महंगी भइन सन्नी लियोन, उनको भाउले सबै झस्किए

पूर्व पोर्नस्टार सन्नी लियोन बलिउड क्षेत्रमा पनि निकै चर्चितै छिन् । विभिन्न हर्कत बाट उनि चर्चामा आइ रहेकी हुन्छिन । हालै मात्र अर्को खबर बाट उनि चर्चाको विषय बनेकी छिन् । हो, सन्नी लियोनले आफ्नो पारिश्रमीक धेरैनै बढाएकी छिन् ।
उनले एक बिज्ञापनको लागि मागेको पारिश्रमीक बलिउडका ‘ए’ लेवलमा रहेका स्टारहरुले मात्र लिने गरेका छन् । बताईए अनुसार उनले घाँटीको समस्यासँग सम्बन्धित औषधिको विज्ञापनमा अभिनय गरे बापत आठ करोड रुपैँया पारिश्रमिक लिएकी छिन् । सन्नीले एउटा बिज्ञापनको लागि आठ करोड रुपैँयाको लिएपछि तीनछक पर्नेहरु थुप्रै छन् । उनले एक दिनको दुई करोडको हिसाबले पैसा मागेकी हुन् । उक्त विज्ञापनको उनले चार दिनमा सुटिङ सकाईन् । सन्नी लियोनले गिनी एम एम एस २, एक पहेली लिला, कुछ कुछ लोछा है जस्ता थुप्रै बलिउडका फ्लिमहरुमा अबिनाया गरिसकेकी छिन् । www.etajakhabar.com

दुबई नपुग्दै दिल्लीमा समातिएका २७ युवतीलाई जहाजमा काठमाडौं फर्काइयो

काठमाडौं : दुबई लैजाने क्रममा भारतको दिल्लीमा पुर्‍याइएका २७ जना युवतीलाई उद्धार गरी मंगलबार जहाजमा काठमाडौं फर्काइएको छ।

दिल्लीस्थित नेपाली दूतावास र महिला मन्त्रालयको पहलमा उनीहरुलाई स्वदेश फर्काइएको हो। उनीहरुलाई अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा राखिएको छ। नेपाल बायु सेवा निगमको जहाजमा उनीहरुलाई अपरान्ह पौने एक बजे काठमाडौं ल्याइएको हो।


विमानस्थलबाट प्रहरीकै गाडीमा उनीहरुलाई ब्यूरोमा लगिएको छ। प्रहरी मुख्यालयका वरिष्ठ उपरीक्षक दिनेशप्रसाद गौतमले अनुसन्धान गरेर सबै कुरा बाहिर ल्याइने बताए।  एसएसपी गौतम फर्केका युवतीहरुलाई रिसिभ गर्न आफै विमानस्थल पुगेका थिए।

मानव बेचबिखनमा संलग्न गिरोहले दुबई डान्स बारमा राम्रो जागिर लगाइदिने प्रलोभन दिएर ती युवतीलाई  दिल्ली लगेको बुझिएको छ। दिल्लीस्थित प्रहरी र केही सामाजिक संस्थाको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो।

उद्धार गरेर फर्काइएका युवतीमा २० देखि ४० वर्षसम्मका छन्। ती युवतीहरुलाई भीभीआइपी गेट प्रयोग गरेर विमानस्थलबाट बाहिरि निकालिएको थियो।
annapurnapost.com

सुटकेसभित्र निसासिएर मृत्यु

बार्सिलोना: अवैध रूपमा युरोप छिर्दै गरेका मोरक्कोका एक व्यक्तिको सुटकेसमा निसासिएर मृत्यु भएको छ।

उनी मोरक्कोबाट स्पेन जाने व्यक्तिको सुटकेसमा थुनिएर मरेका हुन्। उनका दाजुले आफ्नो सुटकेसमा थुनेर भाइलाई युरोप छिराउन खोजेका थिए।


स्पेनी अधिकारीले कारभित्र थुनिएर मरेको अवस्थामा उनी मृत अवस्थामा फेला परेको जानकारी दिएका छन्।२७ वर्षीय मोरक्कोका ती नागरिक आफ्नो देशबाट डुंगा प्रयोग गरी स्पेन आइपुगेका थिए।

उनी बन्दरगाहबाट स्पेनको सहर अल्मेरिया जाँदै थिए। दाजुको भने फ्रान्सेली राहदानी रहेको छ। उनलाई अवैध रूपमा मानिसको ओसारपसार र मानव हत्याको अभियोग लगाइएको छ।


यसैगरी स्पेनमा प्रवेश गर्न खोज्ने थप चारजना व्यक्तिको मृत्यु भएको थियो। उनीहरू बन्दरगाहनजिकै डुबेर मरेका थिए।

अफ्रिकी महादेशका बासिन्दाहरू मोरक्कोबाट पौडेर स्पेन छिर्न प्रयास गर्ने गरेका छन्। अवैध रूपमा युरोप छिर्न खोजेका तीनजना व्यक्तिलाई आइतबार उद्धार गरेको मोरक्कोको आन्तरिक विदेश मन्त्रालयले जानकारी दिएको छ।

मे महिनामा आइभरी कोस्टबाट स्पेनी अध्यागमन अधिकारीले सिउतामा एक आठ वर्षीय बालकलाई पनि सुटकेसमा थुनिएको अवस्थामा पक्राउ गरेका थिए।

अधिकारीले ती बालकलाई उनकी आमालाई भेटेर जिम्मा लगाएका थिए। बालककी आमा स्पेनमा कानुनी रूपमा बस्दै आएकी थिइन्। स्पेनले ती बालकलाई स्थायी बसोवासको अनुमति दिएको थियो।

मानव अधिकारवादी संस्थाले मोरक्कोबाट अवैध रूपमा स्पेन छिर्नेको सन् २०१४ मा दुई हजार आठ सय चार र सन् २०१३ मा चार हजार तीन सय रहेको बताएको छ। गत फेब्रुअरीमा गैरकानुनी रूपमा युरोप आउँदै गरेका सयौं अफ्रिकीको डुंगा डुब्दा मृत्यु भएको थियो। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

प्रहरीसंगको झडपमा थुप्रै सभासद्हरुको हातखुट्टा भाँचियो

काठमाडौँ, १९ साउन । विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै आज गरेको प्रदर्शनमा प्रहरी झडप भएपछि करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते हुनुभएको छ ।

दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको हो । सभासद्हरुमा मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार तथा दलित अधिकार सङ्घर्ष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडी, अधिकारकर्मी कमला हेम्चुरी, सरु सुनार, गणेश विक, पद्म सुन्दासलगायत झडपमा परी घाइते हुनुभएको छ ।

उहाँहरु अधिकांशको टाउकामा चोट लागेको र हातखुट्टा भाँचिएको छ । अहिले मीनभवनस्थित सिभिल अस्पतालमा उहाँहरुको उपचार भइरहेको छ । नेकपा (एमाले)का नेता एवम् सभासद् जितु गौतमले दोस्रो जनआन्दोलनपछि स्थापित भएका दलितका अधिकार नयाँ संविधानको प्रारम्भिक मस्यौदामा कटौती गरिएकाले त्यसलाई सच्याउन दबाब सिर्जना गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गरिएकोमा प्रहरी ज्यादती भएकाले त्यसको छानबिन गर्न माग गर्नुभयो ।

उहाँले लोकतन्त्रमा अधिकार प्राप्तिका लागि शान्तिपूर्ण विरोध तथा सभा गर्न पाइने राजनीतिक अधिकार भएको भएपनि आफूहरुमाथि भएको प्रहरी दमनको निन्दा गर्नुभयो । अधिकारकर्मी सरु सुनारले घाइतेको स्वास्थ्य उपचार गर्न सरकारलाई आग्रह गर्दै दलितमैत्री संविधानका लागि आफूहरुले विभिन्न चरणबद्ध आन्दोलन सञ्चालन गरेको र सोही अन्तर्गत आज विरोध प्रदर्शन गरिएको बताउनुभयो ।www.etajakhabar.com

श्रीमतीसँगको झगडामा विष सेवन गरी आत्महत्या

गौशाला : पत्नीसँग झगडा पर्दा महोत्तरीको धीरापुर गाविसमा गएराति एकजनाले विषादी सेवन गरी आत्महत्या गरेका छन् ।
मृत्यु हुनेमा धीरापुर गाविस–५ बस्ने नथुनी शेषका छोरा ३३ वर्षीय जसाउद्दिन शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


घरायसी समस्यालाई लिएर विगत केहीदिनदेखि पति–पत्नीबीच झैझगडा हुँदै आएको र जसाउद्दिन तनावमा रहँदै आएकामा गएराति पुनः पत्नीसँग झगडा पर्दा उनले नाम नखुलेको विषादी सेवन गरी आत्महत्या गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताए।

गएराति ९ बजेको समयमा विषादी खाएका जसाउद्दिनलाई राति ११ बजेतिर विषादीको असर देखापर्न थालेपछि परिवारले उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक राणाले बताए।

मृतक शेषको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस
annapurnapost.com

छिटो बच्चा जन्माउन चाहनु हुन्छ यसरी सेक्स गर्नुस...जानी राखौ

छिटो बच्चा जन्माउन चाहनु हुन्छ यसरी सेक्स गर्नुस मानव जीवनमा सेक्सको ठूलो महत्व छ । मानिसले सेक्स आफ्नो यौनचाहना मेटाउन तथा सन्तानप्राप्तिको लागी गर्ने गर्छ ।

सेक्सको अन्तिम प्राप्ति भनेको सन्तानप्राप्ति हो । मानिसले गर्ने सेक्स पहिले आनन्दका लागी हुन्छ भने मानिसलाई आवश्यकता महसुस भएपछि त्यही सेक्सलाई सन्तानप्राप्तिको बाटोमा लैजान्छन् सेक्स जोडी । तर सन्तान प्राप्ति हुनु त्यति सहज भने छैन् । सबै जोडीले चाहेको समयमा सन्तान प्राप्त गर्न नसक्ने अवस्थामा पनि हुन सक्छन्

। जोडीको सेक्सका दौरान हुने केहि गल्तिका कारण पनि सन्तान प्राप्त हुन गाह्रो हुन्छ । सेक्सका क्रममा प्रयोग गरिने आशनले पनि सन्तान प्राप्तिको समयलाई प्रभावित पार्न सक्छ । महिलामा पुरूषको विर्य सहज रूपमा पुग्न नसक्दा सन्तान प्राप्ति नहुने सम्भावना बढी हुन्छ । त्यसैले यसको निदानका सेक्सका समयमा केहि आशनहरू समेत ख्याल गर्नुपर्ने हुन्छ ।

 सामान्यतया सेक्स जोडीले जुनसुकै आशन प्रयोग गर्दा पनि सन्तान प्राप्तिको लागी आव्शयक विर्यको महिलामा प्रवेश हुन्छ तरपनि सहज सन्तान प्राप्तिको लागि केहि आशनहरु गर्नु अझ राम्रो हुन्छ जसले सेक्स जोडीले चाहेको समयमा सन्तान प्राप्त गर्न सक्छ । केही आशनहरू यस्ता छन्:

 १. मेसिनरी पोजिसन: सम्भोगका समयमा पुरूषमाथी र महिला तल भएर गर्दा सन्तान प्राप्तीको लागि सबैभन्दा सहज हुने बताइन्छ ।

महिलाको योनीमा पुरूषको लिङ्ग प्रवेश गराउँदा यो पोजिसनमा सबैभन्दा भित्रसम्म पुग्ने भएकाले विर्य उचित स्थानसम्म सहजै पुग्ने हुनाले यो पोजिशन निकै राम्रो मानिन्छ ।

 २. हिपलाई उचालेर: महिलाको पछिल्लो भागलाई उचालेर सेक्स गर्दा पनि विर्य उचित स्थानसम्म सहजै पुग्ने हुनाले यो पोजिशनलाई पनि सन्तान प्राप्तिको लागी राम्रो पोजिशण मानिन्छ । सिरानी या अन्य कुनै तरिकाले महिलाको पछिल्लो भाग उचालेर सम्भोग गर्नु फाइदाकर हुन्छ ।

३. डग्गी स्टाइल: डग्गी पोजिशनमा महिलाको पछाडि रहेर सेक्स गर्ने गरिन्छ । यो आशनमा पनि सहजै विर्य करभिक्समा गएर जम्मा हुने हुनाले सन्तान प्राप्तिको लागी उपयुक्त बताइन्छ ।

 ४. साइड बाइ साइड: पुरूष र महिला साइड बाई साइडको अवस्थामा बसेर सेक्स गर्नुपनि फाइदाकर हुन्छ । यहाँ जस्ता आशनलाई उपयुक्त मानिएपनि सन्तान जन्माउनका पुरूष तथा महिला दुवै परिपक्क हुनु आवश्यक हुन्छ । परिपक्क नभइ गरिएको सन्तानको इच्छाले गाह्रो स्थिति समेत पैदा गर्न सक्छ । सन्तान जन्माउनका लागि यी आशन मात्र प्रयोग गर्नु पर्छ भन्ने पनि छैन् तर यी आशनले सहजता प्रदान गर्छ भन्ने मात्र हो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

कुनै काम गर्दै हुनुहुन्छ भने यी बारलाई विशेष ध्यान दिनुस्, तपाईको कुन बार कति घातक ?

बुधबार:     कर्कट राशी लाई घातक हुन्छ  ।
बिहिबार:  तुला कुम्भ राशीलाई घातक हुन्छ।
शुक्रबार:  वृश्चिक, धनु र मीन राशीलाई घातक हुन्छ ।
शनिबार: वृष, सिंह र कन्या राशीलाई घातक हुन्छ  ।

आफुलाई घात रहेको बारमा नया काम थाल्नु राम्रो मानिदैन।
नेपाली पद्यमा
मेषको रबि  घातै छ, शनि घातक वृषको ।
सोम मिथुनको त्यस्तै बुध हो अरु कर्कको।।
सिंह कन्या दुबैलाई शनि  घातक पर्दछ ।
यात्रा नौलो नया राम्रो कामलाई बिगार्दछ।।
तुलाका गुरु छन् घातै बिच्छुको शुक्र नै भयो।
धनु लाई उही शुक्र मंगल मकर राशिको ।।
कुम्भका गुरु औ शुक्र मीनका  घातकै परे ।
यात्रा टाढा नयाँ काम घातबार नथाल्नुरे ।।
– ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

पति भन्दा पत्नि बढी उमेरका हुने बलिउड जोडी (फोटो फिचर)

एजेन्सी ।

सामान्यतया पति र पत्नि मध्ये पतिको उमेर बढी हुने परंपरा नै छ । संसारभरी नै यस्तो हुन्छ । पति भन्दा पत्निको उमेर बढी हुने सम्बन्धहरु कम नै हुन्छन् । तर यस्तै अनौठो सम्बन्ध चर्चित बलिउड जोडीहरुको पनि छ
बलिउडमा कतिपय जोडी यस्ता छन् जसमा पतिको भन्दा पत्निको उमेर बढी छ । यहाँ त्यस्तै जोडीको चर्चा गरिएको छ ।
१ ऐश्वर्या अभिषेक
बच्चन परिवारको चर्चित जोडी अभिषेक बच्चन र ऐश्वर्या मध्ये पत्नि ऐश्वर्या बढी उमेरकी छिन् । सन् २००७ को एप्रिलमा विवाह गरेका उनीहरुकी १ छोरी समेत छिन् ।

२ सोहा अली खान र कुनाल
चर्चित अभिनेता सैफ अली खानकी बहिनी एवं अभिनेत्री सोआ अली खान आफ्ना पति अभिनेता कुनार खेमु भन्दा जेठी छिन् । कुनाल र सोआले यसै वर्ष जनवरीमा विवाह गरेका थिए ।

३ फरान अख्तर र अधुना बहाबानी

चर्चित फिल्म अभिनेता तथा निर्देश फरान अख्तर र उनकी पत्नि अधुना बहाबानी मध्ये पत्निको उमेर बढी छ । सन् २००० मा विवाह गरेका उनीहरुका २ छोरी समेत छन् ।

४ फराह खान र शरिश कुन्दर
चर्चित फिल्म निर्माता एवं कोरियोग्राफर फराह खानले आफू भन्दा ८ वर्ष कान्छा शिरिशसँग विवाह गरेकी छिन् । रमाइलो कुरा त शिरिषबाट फराहले तिम्ल्याहा सन्तान समेत जन्माइसकेकी छिन् ।

५ अर्जुन रामपाल र मेहर जसिया
पूर्व सुपर मोडल मेहर जेसिया चर्चित अभिनेता तथा उनका पति अर्जुन रामपाल भन्दा २ वर्ष जेठी छिन् । उनीहरुको विवाह सन् १९९८ मा भएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

झुन्डिएको अवस्थामा एक युवकको शव फेला

सप्तरी, १९ साउन । सप्तरीको राजविराज नगरपालिका–१ स्थित कपडा पसलमा झुन्डिएको अवस्थामा सोमबार साँझ एक युवक मृत अवस्थामा फेला परेको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका–४ निवासी २८ वर्षीय वसन्त साह रहेको प्रहरीले जनाएको छ । गत शनिबारदेखि बेपत्ता रहेको साहको खोजी गर्दा आज कपडा पसलको भित्री कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

सो घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

www.etajakhabar.com

आफ्नै बुबाले १४ वर्षे छोरीलाई गर्ववती बनाएपछि

भारत। भारतको कानपुरमा कलियुगका एक बाबुले आफ्नै १४ वर्षीय छोरी लाई गर्ववती बनाएको कुरो खुलेको छ । गत जुलाई १६ मा नाबालिका छोरीले आफ्नै बुबाले ८ महिना देखि जवरजस्ती आफुलाई यौन शोसण गरेको आरोप लगाएकी थिइन ।
आमाको मृत्यु भएको केहि महिना पछि एक दिन बुबाले रक्सि खाएर आइ आफुलाई जवरजस्ती बलात्कार गरेका र कसैलाई भनेमा मर्ने धम्कि दिएका उनले प्रहरीमा बताएकी छिन् । छोरीको आरोप पछि उनका बुबालाई गिरफ्तार गरि जेलमा राखिएको थियो । आफ्नै बुबाले गर्ववती बनाएपछि १४ वर्षीय छोरीले आफुले यो बच्चा जन्माउन पाउनु पर्ने भन्दै लोकल कोर्टमा अनुरोध राखेकि छिन् । डाक्टरले आफु गर्ववती रहेको कुरो खुलाए पछि उनले अदालत संग यस्तो अनुरोध राखेकी हुन् । “मैले मेरो गर्वमा रहेको बच्चा लाई मार्न चाहन्न, यो बच्चा लाई जन्म दिन्छु अनि जुन बुवा आमाका बच्चा छैनन् तिनीहरु लाई मेरो बच्चा पालना दिन्छु ” उनले अदालतमा यसो बताएकी छिन् । तर डाक्टरहरुका अनुसार यदि उनले यो बच्चा लाई जन्म दिएमा उनको ज्यानलाई नै खतरा हुन सक्छ ।यस केसको सोमबार अदालतमा सुनुवाई भएको थियो ।एजेन्सी । स्रोत : खबरइंडियाटिभि डट कम

मन्त्रीका पि.ए.ले अस्पतालभित्र नर्ससँग यस्तो के गरे ?

भारतको पञ्जाब राज्यका क्याबिनेटमन्त्री सुरजीत सिंह रखडाका पि.ए. पिथी सिंहलाई स्थानीय अस्पतालकी एक नर्सलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ ।

पिथी सिंहले राजिन्दरा अस्पतालकी ती नर्सलाई यौनजन्य क्रियाकलापका साथै यौन प्रस्ताव गरेको आरोप लागेको समाचारमा जनाइएको छ ।

पिथी सिंहले अस्पताल भित्रै बुधबार राति नर्सको हात समाएर बलात्कारको प्रयास गरेका थिए । तर नर्स कराएपछि नजिकै रहेका सर्वसाधारणहरू जम्मा भएका थिए । स्थानीयले उनलाई पक्राउ गरी तत्काल प्रहरीलाई बोलाएर जिम्मा लगाएको जनाइएको छ ।

पञ्जाव प्रहरीका एएसआई शम्शेर सिंहका अनुसार राजिन्दरा अस्पतालकी सुनाम निवासी नर्सले दिएको बयानमा बुधबार राति अरनौली (हरियाणा) निवासी पिथी सिंहले राजिन्दरा अस्पतालको गेटमा नर्सको हात समातेर यौनजन्य कार्य गरेका थिए ।

गेटमा नर्सले यौन प्रस्ताव नमानेपछि पिथी सिंहले अस्पतालको वार्डमै पुगेर नर्ससँग यौनजन्य कार्य गर्न प्रस्ताव गरेका थिए । नर्सले नमानेपछि पिथी सिंहले एक लाख रुपियाँ दिने आश्वासनसमेत दिएको प्रहरीले जनाएको छ ।
आरोपीले पनि क्याबिनेट मन्त्री सुरजीत सिंह रखड़ाको आफू पि.ए. रहेको बताएका छन् । प्रहरीले पक्राउ गरेपछि उनले आफू मन्त्रीको पि.ए. रहेको भन्दै धम्काएको प्रहरीले जनाएको छ ।

राजिन्दरा अस्पतालमा मन्त्रीका पि.ए. पिथी सिंहका आफन्त उपाचाररत रहेका बेला उनले नर्ससँग यौन प्रस्ताव राखेका हुन् ।

पिथी सिंहले नर्सलाई फोनमा पनि अश्लील कुरा गरेर हैरान बनाएको आरोप उजुरीमा उल्लेख छ । पिथी सिंहले यौन प्रस्ताव नमानेकी नर्सलाई मार्ने धम्कीसमेत दिएका छन् ।
– एजेन्सी
dainiknepal.com

आजको राशिफल वि.सं. २०७२ श्रावण १९ गते मङ्गलबार

आज वि.सं. २०७२ श्रावण १९ गते मङ्गलबार तदनुसार ई. सं. २०१५ अगस्ट ०४ तारिख
श्रावण कृष्ण चतुर्थी, पूर्वाभाद्रा नक्षत्र, मीन राशिको चन्द्रमा, अतिगण्ड योग, तैतिल करण
आजको व्रत/पर्व : मङ्गल चतुर्थी व्रत

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने भ्रमण, पर्यटन र मनोरञ्जनात्मक क्रियाकलापमा खर्च बढ्ने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफन्तबाट सहयोग प्राप्त हुने छ । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक बन्नसक्छ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर फुत्काउन सक्छन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मातापिताका चाहाना पूरा गनै आजको दिन अनुकूल छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नसक्छ । करकुटुम्बको आगमन हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अष्टमस्थ चन्द्रका कारण गर्नु नपर्ने कामबाट जोगिने समय हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ । दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । भोजभतेर र रमझममा सहभागी भइने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । उसको व्यवहारले तपाई प्रभावित बन्नु हुनेछ । पुख्र्यौली सम्पत्तिको विवादलाई निराकरण गर्ने दिन हो । समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ तर बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ यद्यपि आजको चिन्तनले थोरबहुत काम गर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चन्द्रमा चौथो घरमा भए पनि आज शुभ ग्रहको दृष्टि पर्नाले दिन बलियो भएको छ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ, ख्याति कमाइने छ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्योन्नतिको अवसर आउनसक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक दृष्टिले मध्यमफल प्राप्त हुनेछ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । तपाईंसँग चेलीबेटी वा कुटुम्बपक्षको सम्बन्ध चिसिन सक्छ, सचेत रहनु होला । उमंग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । धातु र गरगहनाको खरिदमा महँगोमा पर्नसक्नु हुन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । बढी चञ्चलता र उमंग देखाउनु हानिकारक बन्न सक्छ । मनोरञ्जनात्मक क्रियाकलापले अध्ययन—अध्यापन र पेसा वा व्यवसायको क्षेत्रमा प्रभाव पार्नेछ । साँझ धैर्यता धारण गर्नु राम्रो हुन्छ, पारिवारिक तनाव हुने सम्भावना देखिन्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

\

Monday, August 3, 2015

बिर्सेर पनि यी ६ खाद्यवस्तु फ्रिजमा कहिल्यै नराख्नुहोस

हामीले फ्रिजलाई खाद्द्यवस्तुहरु संरक्षण गर्नको लागि प्रयोग गर्छौँ। चलनचल्ति अनुसार फ्रिजमा जस्तो खाद्द्यवस्तुहरु राखे पनि लामो समयपछि पनि यिनीहरुको प्रयोग गर्न सकिन्छ।

तर यो तथ्य धेरै खाद्द्यवस्तुहरुमा लागु हुँदैन। कतिपय खाद्द्यवस्तुहरुलाई फ्रिजमा राख्ने आवश्यक्ता पर्दैन भने कतिपयको पौष्टिक गुणहरु फ्रिजमा नास हुने गर्दछन्। यस्तै केही दैनिक प्रयोग हुने खाद्द्यवस्तुहरु तल लेखिएका छन् जुनलाई फ्रिजमा सकेसम्म नराखे उत्तम हुन्छ।

१. टमाटर
फ्रिजले रातो र पौष्टिक टमाटरलाई स्वादविहिन बनाउन र गलाउन सक्छ। फ्रिजको साटो टमाटरलाई नाङ्लो अथवा केहि भाँडामा खुला रुपले राखे राम्रो हुन्छ। आधि काटेको टमाटर बाँकि रहेमा प्लास्टिकमा बाँधेर राख्न सकिन्छ। यदि तपाईँले फ्रिजमा नै राख्ने हो भने सकेसम्म १ २ दिनमा नै प्रयोग गरे राम्रो हुन्छ।
२. प्याज
फ्रिजको चिस्यानले गर्दा प्याज पनि टमाटर जस्तै गल्न सक्छ। यसको साटो प्याजलाई पनि खुला तर अध्यारो ठाउँमा राख्दा राम्रो हुन्छ। एकपल्ट काटिसकेको प्याजलाई चाहि प्लास्टिकमा राम्रोसँग बाधेर फ्रिजमा राख्न सकिन्छ।
३. लसुन
लसुनलाई पनि प्याजको लागि भने जस्तै तरिका प्रयोग गरेर राख्न सकिन्छ। तर फ्रिजमा राखे लसुन पनि गल्छ। गल्नुका साथै लसुनका दानाहरुबाट सानो बिरुवा पनि उम्रन सक्छ
४. पाउरोट
सुन्दा अचम्म लाग्न सक्छ तर फ्रिजमा पाउरोटीको सुक्खा हुने प्रक्रिया झन तेज हुन्छ। १ २ दिनको समय भित्र प्रयोग हुने हो भने पाउरोटीलाई फ्रिजमा राख्न सकिन्छ तर सकेसम्म प्रयोग गर्न पर्ने दिन नै पाउरोटी किने राम्रो हुन्छ।
५. आलु
चिसो तापमानमा राख्दा आलुको स्टार्च चाडैँ नै सुगरमा परिवर्तन हुने गर्दछ। यसले आलुमा चिनिको मात्रा बढाउनको साथै आलुको स्वाद पनि खल्लो हुन्छ। यसको साटो आलुलाई प्लास्टिकको झोला अथवा कुनै भाडामा खुला रुपले राख्न सकिन्छ।
६. मह
फ्रिजमा राखिएको मह चाडैँ नै ठोस क्रिस्टलमा परिवर्तन हुन सक्छ। यो क्रिस्टल रुपको महलाई फेरि तरल बनाउन धेरै गाह्रो हुन्छ र अरु केहि खाने कुरासँग प्रयोग गर्न सकिन्न। महलाई किचेन दराज जस्तो ठाउँमा राखे उत्तम हुन्छ।nepaliheadlines.com

ढाड दुख्ने समस्या बाट छुट्कारा पाउनका लागि यसो गर्नुहोस.........

ढाड दुख्ने मानिसलाई ‘न उठे सुख न बसे सुख’ भन्ने उखानै छ । ढाड दुख्यो भने जसो गर्दा पनि आराम हुँदैन ।सुविधाको खोजीमा हिजोआज हामीमध्ये अधिकांशले लगभग हिँड्न छोडिसकेका छौं । सहरतिर मात्र नभएर ग्रामिण क्षेत्रमा पनि एकै ठाउँमा बसेर लामो समय टीभी हेर्ने, कम्प्युटर चलाउने, ल्यापटपमा बस्ने, मोबाइल खेलाउने प्रचलन बढ्दो छ । लामो समयसम्म एकै ठाउँमा बसिरहँदा ढाडमा भार पर्छ । हलचल नगरेर बस्दा ढाडका मांसपेशीमा रक्त सञ्चालन र अक्सिजन पनि कम हुन्छ र ढाड दुख्ने समस्या देखा पर्छ। ढाड दुख्ने कारण धेरै हुनसक्छन् ।

 हामीले यहाँ ठाड दुखाइबाट मुक्ति पाउन अपनाउनुपर्ने केही उपायहरु उल्लेख गरेका छौ :-
* नियमित व्यायाम गर्नु ढाड दुखाइबाट मुक्ति पाउने मुख्य उपाय हो । युनिभर्सिटी अफ पिट्र्सबर्गका शोधकर्ताहरुका अनुसार ढाड दुखाइबाट पीडित मानिसहरु जो शारीरिक व्यायाम गर्दैनन् उनीहरु कहिल्यैपनि ढाड दुखाइबाट मुक्ति पाउन सक्दैनन् । ढाड दुख्ने मानिसहरुले ढाडमा बढि कसरत हुने खालका शारीरिक व्यायाम गर्नुपर्छ । यस्त्रा स्ट्रेचिङ व्यायाम गर्दाको समयमा दुखाई बढि हुने भएपछि पछि यसले फाइदा पूराउँछ ।

* मनमा भएको कुनै पनि प्रकारको रिस, तनावआदिलाई निकाल्ने हो भने पनि ढाड दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । डच्युक मेडिकल सेन्टरमा गरिएको अनुसन्धानमा यो निष्कर्ष निकालिएको हो । अनुसन्धानकर्ता जेम्स डब्लु कार्सनका अनुसार व्यक्तिको भावनात्मक स्तर तथा विचारको मांसपेशीमा हुने पीडाबीच सिधा सम्बन्ध हुन्छ ।

* लामो समयसम्म कुर्सीमा नबस्नुस् । लामो समयसम्म कुर्सीमा बस्नुपर्ने खालका जागिर गर्ने मान्छेमा ढाड दुख्ने समस्या बढि हुन्छ । लामो समयसम्म कुर्सीमा बस्दा ढाड दुख्ने समस्या मात्र होइन पेटको क्यान्सर जस्ता स्वास्थ्य समस्या देखापर्ने र मानिसको आयु पनि घट्ने एक अध्ययनले देखाएको छ ।

* पेनकिलर बाट बच्नुहोस् । ढाड दुख्यो भनेर दुखाइ कम गर्ने औषधि अर्थात् पेनकिलर नखानुस् । अमेरिकाको न्यू मेडिकल स्कुलका शोधकर्ताहरुका अनुसार ढाड दुख्ने मानिसहरुले दुखाइ कम गर्न पेन किलर खाँदा त्यसले झन् बढि नकारात्मक असर पूराउँछ र भविष्यमा दुखाइको मात्रा झनै बढ्छ । त्यसैले ढाड दुखेमा गरम पट्टी बाध्नु उपयुक्त हुन्छ । गरम पट्टी ढाडमा बाँध्दा दुखाइ २५ प्रतिशतले कम हुने पाइएको छ । यसले रक्तसंचार नियमित गर्नुका साथै तन्तुमा लचिलोपना पनि ल्याउँछ ।
जनचेतनाका लागि साभार गरिएको ।
www.etajakhabar.com

.मन्त्री रिजालले यौन प्रस्ताव नराखेको नम्रताको भनाइ ....आखिर के रहेछ बास्तबिक....पढ्नुहोस पुरा समाचार

नायिका नम्रता श्रेष्ठले आफूलाई सूचना तथा सञ्चार मन्त्री डा मिनेन्द्र रिजालले यौन प्रश्ताव नराखेको प्रष्ट पारेकी छिन् । मंगलबार राष्ट्रपति भवनमा आयोजना भएको राष्ट्रिय चलचित्र पुरस्कारको बिषयलाई लिएर केही अनलाइनमा आएको समाचारको खण्डन गर्दै उनले मन्त्रीले यौन प्रश्ताव नराखेको बताइन्


। केही अनलाइनले मन्त्री रिजालको यौन प्रस्ताब नमान्दा नम्रताको राष्ट्रिय अवार्ड खोसियो शिर्षकमा समाचार प्रकाशन भएको थियो । चलचित्र क्षेत्रमा महत्वको मानिने यो अवार्डलाई हरेक कलाकारको पाउने आशा राखेका हुन्छन् । त्यसो त छनौट समितिकी सदस्य समेत रहेकी करिश्मा मान्धर पनि सो अवार्डबारे असन्तुष्ट छिन् ।

हुनपनि अवार्ड छनौटका लागि सुरुमा नायिका नम्रता श्रेष्ठको नाम चयन गरिएको, त्यसमा हस्ताक्षर गरिसकेको र अन्त्यमा उनको नाम काटेर मन्त्री रिजालले ऋचा शर्माको नाम राख्न लगाएको खुलासा भइसकेको छ । यसबारे मानन्धरसंग प्रतिक्रिया लिन उनीसंग सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन भने नायिका श्रेष्ठले समाचारमा सत्यता नभएको बताइन् ।
 उनले भनिन् ‘समाचार आफुले पनि पढेको र समाचारको शीर्षक जस्तो भित्र समाचारमा केही छैन ।’ अवार्डको बेला आफू छायाँङ्कन व्यस्त रहेको उनले बताइन् । उनले भनिन् ‘समाचारमा भने जस्तो मन्त्रीजीले मलाई केहि प्रस्ताब गर्नु भएको छैन् । उहाँसग मेरो खासै नजिकको चिनजान पनि छैन् । खै कसरी यस्तो हावा कुराहरु आउँछ मलाई थाहा छैन ।’ उनले दोहो¥याइन,‘आवार्ड हो, कहिले कोले पाउछ कहिले कोले । मलाई अवार्डमा बोलाईएको थियो । म अवार्डमा गए पनि अरु कुरा मलाई थाहा भएन् ।

’ उता राष्ट्रिय चलचित्र पुरस्काबाट पुरस्कृत भएकी नायिका ऋचा शर्माले भने ‘आफु यो बिषयमा केही बोल्न नचाहेको’ बताइन् । ‘अवार्ड हो, यो बर्ष मैले पाँए, अर्को वर्ष अरुले पाउन सक्छ । अरुकुरा त मलाई केही थाहा भएन, तर सम्पूर्ण जुरीलाई धन्वाद ।’ संचार मन्त्री रिजालले भने यो विषय आफूले भन्ने विषय नरहेको बताए । ‘यो बिषयमा मैले केही भन्ने कुरा छैन, नम्रताजी सँग सोध्नु ।’ उनले भने, ‘कस कसले झूठ समाचार लेख्छ, कति जनालाई प्रतिकृया दिँदै हिँड्नु ?source .onlinechautari.com

सैनिकको विमान दुर्घटनाग्रस्त, १२ को ज्यान गयो

बेरुत, १८ साउन । सिरियाली सेनाको एक विमान सिरियाको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । सो विमानमा रहेका १२ जनाको ज्यान गएको पनि बताइएको छ ।

उत्तर पश्चिमी नगर आरिहमा सोमबार सो विमान दुर्घटना भएको बताइएको छ । सिरियामा मानवअधिकारको अनुगमन गरिरहेको एक संस्थाले सो बारेमा जानकारी दिएको छ ।

उक्त सहर विद्रोहीहरुको बढी प्रभाव रहेको क्षेत्र हो । उक्त विमान सो नगरमा बमबारीका लागि प्रयोग भएको हुनसक्ने आशङ्का गरिएको छ ।

तर यस समाचारको पुष्टि भने भएको छैन । सानो विमान भएकोले यसलाई उक्त प्रयोजनमा प्रयोग नगरिएको हुनसक्ने अनुमान छ ।

प्राप्त पछिल्लो समाचारअनुसार तर सो विमान निकै होचो भएर उडेकोले विद्रोहीले खसालेको हुनसक्ने पनि अर्को आशङ्का गरिएको बताइएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले दिएको जानकारी अनुसार सो विमान होचो भएर उडेको र त्यसमा प्राविधिक गडबडी उत्पन्न भएको हुनसक्छ ।

सिरियामा सरकारी विमानमात्र उड्ने कानुन बनाइएको छ । तर सरकारी विमान वा सेनाका युद्धक विमान पनि कयौँलाई विद्रोहीले खसालिदिएका छन् ।

जसले गर्दा यहाँको सरकारले सेनाका कयौँ साना विमान गुमाएको बताइन्छ । सिरियामा गएको कम्तीमा पनि चार वर्षदेखि गुहयुद्ध चलिरहेको छ ।

जसका कारण दशौँ हजार नागरिकले ज्यान गुमाएका छन् । रासस/एएफपी

बालकलाई बलि दिने अभियुक्तलाई कारबाहीको मागसहित जनदबाब

परासी, १८ साउन । नवलपरासीमा बालक जीवन कोहारलाई बलि दिने अभियुक्तहरुलाई कडाभन्दा कडा कारबाहीको माग राख्दै आज बालकका आफन्त र स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

दश वर्षीय बालक जीवनलाई बलि दिने कार्यमा संलग्न मुख्य योजनाकार कोदाई हरिजनसहित पक्राउ परेका सबै दोषीलाई हदैसम्मको कारबाहीको माग राख्दै स्थानीयवासीले अदालत र प्रशासनलाई दबाब दिन परासीमा प्रदर्शन गरेका हुन् ।

बालबालिकादेखि वृद्धवृद्धासम्मका व्यक्ति सयाँैको सङ्ख्यामा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीहरुले अभियुक्त कोदाई हरिजनसहित पक्राउ परेका ११ जनालाई कडाभन्दा कारबाही हुनुपर्ने माग राख्दै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउसमेत गरेका थिए ।

नवलपरासीका कुडियास्थित शिव शम्भु प्राथमिक विद्यालयमा कक्षा ३ मा अध्ययरत बालक जीवनको गत साउन ५ गते बलिको नाममा हत्या गरिएको थियो । सो घटनामा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

www.etajakhabar.comu

छोरो रोगी हुँदा आमा पोइला गएपछि…!

गोरखाबजार १८ साउन । गोरखाको थालाजुङ गाविस–३ मुगेका रामचन्द्र अधिकारी १४ वर्षदेखि एकै थलोमा हुनुहुन्छ । शारीरिक अपाङ्गताका कारणले गर्दा उहाँ हिँड्डुल गर्न सक्नु हुँदैन । उहाँलाई घरभित्र गुन्द्रीमा सुताएर परिवारका सदस्य काममा जान्छन् ।
‘बर्खाका बेला, कामको चापाचाप छ’ रामचन्द्रको ठूलीआमा सुमित्रा अधिकारीले भन्नुभयो, “दिनभर छोरालाई रेखदेख गर्ने कोही छैनन् । रोपाइँका बेला खेतमा जानुप¥यो । अधिकारी परिवारले गाउँका साहुको खेत अधियाँ कमाएका छन् । मानो खाएर मुरी उब्जाउने बेला भएकाले रामचन्द्रको हेरचाह गर्न परिवारका सदस्यले सकेका छैनन् ।”
ओल्टेकोल्टे फर्कन सक्ने रामचन्द्र हातगोडा लुलो हुँदा उठ्न सक्नु हुँदैन । “अपाङ्गता भएको छोरो छाडेर आमा अन्यत्रै पोइला गई”, सुमित्राले भन्नुभयो, “हामीले छोरालाई हुर्काएका हौं ।” रामचन्द्रको बाबुको चार वर्षअधि घरको बार्दलीबाट आँगनमा खस्दा मृत्यु भएको थियो । त्यसलगत्तै रामचन्द्रकी आमाले अर्को बिहे गरेको सुमित्राको भनाइ छ ।
“अपाङ्गता भएवापत एक हजार रुपैयाँ भत्ता त आउँछ तर त्यसले के ख्वाउने ? के लगाउन दिने ?”, सुमित्राले भन्नुभयो । आर्थिक अभावले गर्दा रामचन्द्रको उपचारमा समस्या भएको सुमित्राले बताउनुभयो । “मानिस छोरो हेर्न आउँछन् । सहयोग गर्ने आश्वासन दिन्छन्, फर्कन्छन्”, उहाँले भन्नुभयो, “छोराको रोग निको पार्ने भगवान् खोज्दैछौँ ।” सुमित्राको सासू, ससुरा वृद्धवृद्धा भएकाले उनीहरुके पनि लालनपालन गर्ने जिम्मा उहाँमाथि नै छ ।
“सास रहुन्जेल आश हुन्छ हजुर” ७२ वर्षीया बसुन्धराले रुँदै भन्नुभयो, “अपाङ्ग नातिलाई छाडेर आमा पोइल हिँडी । हामी पिँढी छाड्न नसक्ने भयाँै । नातिलाई कसरी निको बनाउने ?”
हालै गएको भूकम्पमा घरभित्रै च्यपिएका रामचन्द्रलाई परिवारका सदस्यले तीन घन्टापछि मात्रै उद्धार गरेका थिए । भूकम्पपछि घरको गाह्रो भत्केर झरेको ढुङ्गाले रामचन्द्रको शरीरमा चोट लागेको थियो । भूकम्पले वसुन्धराको एकतल्ले घर बस्नै नहुने गरी चर्किएको छ । रासस
dainiknepal.com

ललितपुरका कृष्णबहादुरको लास दाङमा भेटियो

तुलसीपुर (दाङ), १८ साउन । गत असार २८ गते लमहीको अर्नवास्थित आफ्नै ससुराली घरबाट हराएका भनिएका ललितपुरका ४० वर्षीय कृष्णबहादुर घर्तीको शव आज नजिकै रहेका चप्परखोला सामुदायिक वनमा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कुबेर कडायतले दिनुभएको जानकारीअनुसार बिहान वनमा च्याउ खोज्न गएका स्थानीयवासीले शव फेला पारेपछि प्रहरीलाई जानकारी गराएका हुन् ।
यसअघि घर्ती हराएको र मानसिक रोगीसमेत रहेको भन्दै खोजी गरिदिन उनका आफन्तजनले वडा प्रहरी कार्यालय, लमहीमा जाहेरी दर्ता पनि गराएका थिए । उनको मृत्युबारे प्रहरी थप अनुसन्धान गर्ने भएको छ । रासस
dainiknepal.com

तान्त्रिकको आदेशमा चार बालिकाको बलात्कारपछि हत्या

एजेन्सी : भारतको उत्तर उत्तर प्रदेशस्थित मथुरामा एक व्यक्तिले  आाफ्नी 'पागल' पत्नीलार्इ ठीक बनाउने नाममा बलात्कार गरी चार बालिकाको हत्या गरिदिएका छन् ।

आइतबार पक्राउ परेका ती सोनु नामका ती आरोपीले मानसिक विरामी भएकी पत्नी निको हुने कुरा तान्त्रिकले बताएपछि चार बालिकालार्इ बलात्कार गरी हत्या गरेको प्रहरीसमक्ष स्विकारेका छन् ।

ती व्यक्तिले विरामी पत्नीलार्इ सन्चो बनाउन एक तान्त्रिकको सहयोग लिएको बयान दिएका छन् । तान्त्रिककै सल्लाह अनुसार आफूले ती बालिकालार्इ बलात्कार गरी हत्या गरेको बयान उनले दिएका हुन् ।

आरोपी सोनु हालै मथुरामा भएको १२ वर्षीया बालिकाको बलात्कारपछि हत्याको मामिलाका मूख्या  आरोपी लालुआ वाल्मिकीका साथी हुन्।

घटनापछि लालुआ वाल्मिकीलार्इ गत बिहीबार भीडले कुटीकुटी हत्या गरेको थियो । उनीसँगै कुटाइ खाएका सोनु भने गम्भीर घाइते भएका थिए।

आगराको एसएन मेडिकल कलेज उनको उपचार भइरहेको छ ।  प्रहरीले भने तान्त्रिकले भनेकै  आधारमा चार बालिकाको बलात्कार नभएको दाबी गरेको छ ।

पाँच वर्षअघि पहिलो बलात्कार
सोनुले पुलिसलार्इ बताए अनुसार सन् २०१० मा उनले पहिलो हत्या गरेका थिए । एक १४ वर्षीया बिहेको निम्ता मान्न साथीको गाउँ गएका बेला त्यहीँबाट उनलार्इ उठाएर सोनुले बलात्कार गरी हत्या गरेका थिए ।

त्यसको केही दिनपछि उनले फेरि चार वर्षीया बालिकालार्इ बलात्कार गरी हत्या गरे । त्यसको करिब एक वर्षपछि उनले गाउँकै ९ वर्षीया बालिकालार्इ शिकार बनाए ।

त्यसपछि उनले आफ्ना साथी वाल्मिकीसँग मिलेर १२ वर्षीया बालिकाको बलात्कार  गरी हत्या गरे ।  घटना थाहा भएपछि प्रहरीले दुबैलार्इ पक्रेर थानामा ल्यायो ।

बिहीबार आक्रोशित भीड थानामै पसेर हिरासतबाट दुबैलार्इ निकाले । त्यसपछि गाउँलेले दुबैलार्इ जमेर धुलाइ गरे । कुटाइकै कारण लालुआको घटनास्थलमै ज्यान गयो । सोनु भने गम्भीर घाइते भए ।

पुलिसद्वारा इन्कार
मथुरा पुलिसका सिओ आरके गौतमले भने तान्त्रिकले अह्राएर बलात्कार गरी सोनुले बालिकाको हत्या नगरेको दाबी गरे । छानिबनका क्रममा पनि त्यस्तो कुनै तथ्य नभेटिएको उनको दाबी थियो । कुटाइबाट मरानासन्न भएका  सोनुको मथुराकै एसएन मेडिकल कलेजमा  उचार भइरहेको छ । www.annapurnapost.comf

भर्खरै ग्यास सिलिन्डर पड्केर महिलाको मृत्यु...पढ्नुहोस पुरा समाचार

पड्केर सिरहा नगरपालिकामा गएराति एक महिलाको मृत्यु भएको छ ।

खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर पड्केर शरीरमा आगो लाग्दा सिरहा नगरपालिका–७ माड्र निवासी पप्पु मुखियाको २० वर्षीया श्रीमती बबिता मुखियाको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी बबिताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
मृतकको शव परीक्षण पश्चात अन्तिम संस्कारका लागि परिवारजनको जिम्मा लगाएको छ ।source taja khabar

नेपाली गुगल बोई आदित्यले अर्को अनौठो भबिस्यबाणी गरेर बिश्व मै तहल्का मच्चायो

यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको
सत्यकथा हो,जसले आफ्नै आँखाले नदेख्दासम्म पत्याउन
मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध
बालकसित संसारका अनेक जटिल प्रश्नहरुको उत्तर छ ।
बोल्न र हिँड्डुल गर्न नसक्ने ,कहिल्यै विद्यालय
नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको
जवाफ कलमले लेखेर दिन्छ ।


भूत,भविष्य वा वर्तमान,सबै कुरा उसको कलिलो
मस्तिष्कमा अटेको छ । सुरुमा उनको ज्ञान परीक्षण
गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरु सोध्थे ।
नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि
फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका
प्रश्नको सही जवाफ उनले दिँदै गए ।

इतिहासदेखि भुगोलसम्म,गणितदेखि
विज्ञानसम्म,धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे
विषयमा सोधिए पनि आदित्यले जे सोधे पनि
आदित्यले चामत्कारिक रुपमा उत्तर दिँदै गए । वेद र
उपनिषद्का श्लोकहरु पनि लेख्न भ्याए । नेपाली र
अंग्रेजी मात्रै होइन,चाइनिज
कोरियन,रसियनलगायत लिपीमा लेखेर उनले
प्रमाणित गरिदिए कि दुनियाँमा कुनै पनि चिज
उनको कलिलो मस्तिस्कभन्दा बाहिर छैनन् ।

आफूलाई भेट्न आउनेहरु को हुन्,उनलाई पहिल्यै थाहा
हुन्छ । एमालेका अध्यक्ष भेट्न जाँदा उनकी आमाको
नाम लेख्न लगाइयो । आदित्यले मधुमाता
लेखिदिएपछि खनाल चरम आश्चर्यभावसहित मुस्कुराए
। मुख्यसचिव लीलामणि पौडेल भेट्न जाँदा आदित्यले
लेखे,बागमतीमा सफाइ होइन,फोहोर फाल्न बन्द
गरौं ।

’पूर्वमुख्यसचिव पुग्नासाथ आदित्यले कागज मागेर
लेखे,‘माधव सर नमस्कार ।’ तिनै घिमिरेले आदित्यसित
लिखित प्रश्न सोधे,‘अब मैले के गर्दा राम्रो हुन्छ ?’
आदित्यको जवाफ यस्तो थियो,ध्यान
गर्नुहोस्,बाटो आफैं भेट्नुहुनेछ ।’ कहिलेकाहीँ
आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि
हुन्छन् ।

नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन ? भनेर सोधिएको
प्रश्नमा उनले जवाफ दिएका छन्,‘जनमत संग्रह गरौं ।’
नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा
उनको जवाफ थियो,‘नेताहरु बोल्छन मात्र काम
गर्दैनन् ।

’ उनले तिमी यो संसारमा आउनुको कारण के हो भनेर
प्रश्न गर्दा उनले लेखे,‘नट नाउ पछि कुरा गरौंला ल ?’
नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा
उनको जवाफ छ,‘नेताहरुको झगडा मिलेपछि २०७२
भित्र ।

’सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को
होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम
लेखिदिएका थिए । उनको ज्ञान परीक्षण गर्ने
आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला
यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले
जवाफ दिए,भो,आज लेख्दिनँ ।’ आफ्नो बारे पनि
आदित्यले लेख्ने गरेका छन् ।

एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले
चिन्ने उद्घोष गरेका थिए । उनका सन्देशहरु
कहिलेकाहीँ निकै साहित्यिक पनि हुने गर्छन् । गत
शुक्रबार सत्संगपछि उनले लेखेको सन्देश यस्तो थियो ।

– प्रेम यस्तो अमृत हो,जसले मृत्युको आवरणभित्र
अनावरण भएको जीवन फर्काउन सक्छ ।’ आजको नयाँ
पत्रिका दैनिकको मुख्य पृष्ठमा चिरञ्जिबी
पौडेलको विशेष सामग्री प्रकाशित छ ।

आझै घट्यो सुनको भाउ !

१८ साउन । लगातार घटी रहेको सुनको भाउ सोमवार फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार प्रतितोला २ सय रुपैयाँले घटेर सुनको मूल्य ४७ हजार ८ सय रुपैयाँमा कायम भएको छ ।
९ दिनदेखि ४८००० मा स्थिर रहेको सुनको मूल्यमा सोमवार फेरि गिरावट आएको हो । सुनको भाउ घटी रहदा चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको प्रतितोला ६ सय ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।

देशभरिका ३९ उच्च मावि खारेज

काठमाडौँ, १८ साउन । उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरिका ३९ वटा उच्च माविको अनुमति खारेज गरिदिएको छ ।

दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका उच्च माविको सम्बन्धन खारेज गरिदिएको परिषद्ले जनाएको छ ।

उच्च माध्यामिक शिक्षा नियमावली २०५२ को नियम ७ र सम्बन्धनसम्बन्धी विनियम २०५५ को विनियम ६।१ बमोजिम उनीहरुको सम्बन्धन खारेज गरिएको परिषद्ले स्पष्ट पारेको छ ।

खारेजी प्रक्रियामा रहेको भन्दै ७१ वटा उच्च माविलाई परिषद्ले गएको असार ७ गते सार्वजनिक सूचना प्रकाशित गरी १५ दिनभित्रमा स्पष्टीकरण दिन आग्रह गरेको थियो तर परिषद्को आग्रह अनुसारको स्पष्टीकरण दिन नसकेका उच्च मावि खारेजीमा परेका हुन् ।

परिषद्ले आज सार्वजनिक सूचना प्रकाशित गरी ३९ वटा उच्च मावि खारेज गरिएको जनाएको छ ।

सम्बन्धन खारेज हुनेमा सबैभन्दा धेरै ललितपुरका उच्च मावि परेका छन् । परिषद्का अनुसार ललितपुरका सात वटा उच्च माविको सम्बन्धन खारेज भएको छ ।

त्यस्तै, काठमाडौँ र मोरङका पाँच/पाँच वटा, झापा, मकवानुपर, तनहुँ र नवलपरासीका दुई/दुई वटा उच्च मावि खारेज भएका छन् । परिषद्का अनुसार इलाम, उदयपुर, धनुषा, दोलखा, काभ्रे, भक्तपुर, लमजुङ, रुपन्देही, प्युठान, रुकुम, बर्दिया र सुर्खेतका एक/एक वटा उच्च मावि खारेजीमा परेका छन् ।

खारेज हुनेमध्ये सामुदायिक विद्यालयको उच्च मावि दुई वटा, क्याम्पस १३ वटा, निजी २० वटा, संस्थागत दुई, प्लस टु मात्रै सञ्चालन गर्ने भनेर अनुमति लिएका दुई वटा रहेका छन् ।

परिषद्बाट कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउन यसअघि अनुमति लिएका ती उच्च माविलाई कुनै पनि शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना नगर्न नगराउनु समेत परिषद्ले सूचित गरेको छ । रासस

दीपक मलिकसगँ खाजा खान राजेश हमाल सिरहामा

काठमाडौं, १८ साउन । शनिबार सिरहाको धनगढी गाविस–३ नयनपुरमा स्थानीय डोम जातिका दीपक मलिकसँग खाजा खाँदै अभिनेता राजेश हमाल ।

बिबिसी मिडिया एक्सनको साप्ताहिक कार्यक्रम ‘साझा सवाल’को रेकर्डिङका क्रममा त्यहाँ पुगेका हमाल स्थानीय डोम परिवारमाथि भएको छुवाछूतको घटनाको प्रत्यक्षदर्शी बनेका थिए ।

हमालका साथमा डोम समुदायका युवक दीपक मलिक गाउँको इनारमा पानी भर्न जाँदा सारा गाउँले उल्टेर अवरोध गरेका थिए । पछि हमालले मलिकको घरमा बसेर चिया र बिस्कुट खाए । तस्बिर : मेघराज रसाइली/बिबिसी

नेपालमा पनि महिलाले भाडामा बच्चा जन्माउन थाले ! कसरी सम्पर्क गर्ने ?

काठमाडौं- विकृति र समस्यापछि धेरै देशमा प्रतिबन्ध लागिसकेको ‘सरोगेसी’ (कोख भाडामा लिएर बच्चा जन्माउने विधि) लाई नेपालमा कानुनी मान्यता दिन सरकारले गुपचुमै तयारी गरिरहेको छ। सरकारले सरोगेसीलाई स्वास्थ्य नीतिमा पारेर त्यससम्बन्धी कानुन बनाउन सैद्धान्तिक सहमति दिइसकेको छ।
त्यही आधारबाट अझै अगाडि बढी स्वास्थ्य मन्त्रालयले केही अस्पताललाई आवश्यक पूर्वाधार तयार पारेर निवेदन दिन सक्ने आशयको सूचना प्रकाशन गरेको छ।
विकसित देशमा व्यावसायिक सरोगेसी सेवामा समस्या देखिएको भन्दै बन्द भइसकेको अवस्थामा नेपालमा योजनाबद्ध रूपमा कानुनी बाटो सुरक्षित गर्ने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्यका उच्च अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयले पहिलोपटक एक वर्षअघि जारी गरेको स्वास्थ्य नीतिको १२.१४ बुँदामा ‘बाँझोपनलाई सरोगेसीसम्बन्धी कानुनद्वारा व्यवस्थित गरिनेछ’ उल्लेख छ। बाँझोपनका लागि टेस्टट्युब बेबी सेवासमेत पहुँचमा पुगिनसकेको अवस्थामा अझै अगाडि बढेर सरोगेसी सेवालाई नीतिमै पारिएको थियो।
मन्त्रिपरिषदले गत असोज २ मा स्वास्थ्य नीतिमा परेको र स्वास्थ्य पर्यटनका लागि भन्दै सरोगेसीसम्बन्धी कानुन बनाउन बाटो खुला गरेको थियो। तर, त्यसको दुरुपयोग गर्दै कतिपय अस्पतालले अनुमति नै नदिई सरोगेसी सेवा गोप्य रूपमा सुरु गरिसकेको उच्च अधिकारीहरू बताउँछन्।
स्रोतका अनुसार मन्त्रिपरिषदको निर्णयसम्बन्धी फाइल लामो समयसम्म स्वास्थ्यमन्त्री खगराज अधिकारीले आफैं लुकाएर कानुन बनाउने तयारी गरिरहेका छन्। मन्त्रालयले मापदण्डसम्बन्धी सर्त सार्वजनिक गरे पनि मन्त्रिपरिषदको पूर्ण निर्णयको फाइल अझै मन्त्रीकै दराजमा थन्किएको छ।

पछिल्लो पटक केही दिनअघि स्वास्थ्य मन्त्रालयको फेसबुक पेजमा मन्त्रिपरिषद निर्णयको समेत आंशिक बुँदा राखेर सरोगेसी प्रविधिद्वारा सन्तान जन्माउन चाहने स्वास्थ्य संस्थामा हुनुपर्ने पूर्वाधारसम्बन्धी सूचना जारी गरिएको छ। सरकारले आमा–बाबु र सरोगेसी आमा (कोख भाडामा दिने महिला) समेत विदेशी भएको अवस्थामा नेपालका अस्पतालहरूले सेवा प्रदान गर्ने भने पनि सरोगेसीका रूपमा नेपालीको समेत प्रयोग गर्ने गरी कानुन बनाउने नीतिगत निर्णय गराएर माफियाले सेवा विस्तार गर्न खोजेका छन्।
मन्त्रिपरिषदको असोज २ को निर्णयमा ‘नेपालका स्वास्थ्य संस्थाबाट सरोगेसी प्रविधि प्रयोगद्वारा सन्तान जन्माउने सेवा उपलब्ध गराउने सम्बन्धमा आमा–बाबु र सरोगेट आमा सबै विदेशी नागरिक भए र उनीहरूले नेपालका स्वास्थ्य संस्थामा भर्ना भई बच्चा जन्माउन चाहे सो सेवा प्रदान गर्न सम्बन्धित स्वास्थ्य संस्थाको मापदण्डबमोजिम दस्तुर लिई निम्नअनुसारका सर्त अनिवार्य पालना गर्ने गरी सञ्चालन स्वीकृति दिने’ उल्लेख छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीले सरोगेसीसम्बन्धी कानुन बनाउन मात्रै स्वीकृति दिएको बताए। ‘मन्त्रिपरिषदको स्वीकृतिका आधारमा पनि यसका लागि दर्ता गर्ने स्थान, शुल्क, सेवा, सर्त तोक्न कानुन अनिवार्य चाहिन्छ,’ उनले भने, ‘कानुन बनाउन भने बाँकी छ।’ मन्त्रिपरिषदले सहमति दिए पनि कानुन निर्माण प्रक्रिया भने सुरु भएको छैन।
मन्त्रिपरिषदको निर्णयमा पूर्वाधारसमेत तोक्ने र मन्त्रालयले अनुगमन गर्दा मापदण्ड पूरा गरेको नदेखिए जुनसुकै बखत त्यस्तो सेवा प्रदानमा रोक लगाउन सक्ने उल्लेख छ।
स्रोतका अनुसार एक वर्षअघि स्वास्थ्य मन्त्रालयको चिकित्सा प्रमाणीकरण शाखाले सरोगेसीलाई समेत अन्य स्वास्थ्य उपचारका लागि आवश्यक डकुमेन्टसरह प्रमाणीकरण गर्ने गरेको थियो। सो आधारमा केही विदेशी कूटनीतिज्ञको समेत सरोगेसीबाट जन्माइएको बच्चा लान अप्ठेरो भएपछि हतारहतार मन्त्रिपरिषदले बाटो खोलेको थियो। तर, यो घटनासँगै स्वास्थ्य र परराष्ट्र मन्त्रालयले सरोगेसीको प्रमाणीकरण बन्द पनि बन्द गरे।
के हो सरोगेसी?
पाठेघरमा बच्चा बस्न नसक्ने/नचाहेको अवस्थामा सम्बन्धित महिलाको डिम्ब र शुक्रकिटबाट कृत्रिम गर्भाधान गराएर भ्रुण विकास गरी त्यसलाई पुनः भाडामा लिइएकी महिनाको पाठेघरमा प्रत्यारोपण गरेर बच्चा जन्माउने विधिलाई सरोगेसी भनिन्छ।
अस्पताल र चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्रै यस्तो सेवा सम्भव हुने भएकाले दम्पती र भाडामा कोख दिने महिलाबीच सम्झौता हुनुपर्छ। त्यसवापत महिलालाई कोखको भाडा दिइन्छ। बच्चा निकाल्ने शल्यक्रियापछि कोख भाडामा लगाउने महिलालाई बच्चाको मुखसमेत हेर्न दिइँदैन।
किन विवादमा छ यो सेवा?
महिलाबाट सन्तान नहुने तथा आफंै जन्माउन नचाहने व्यक्ति वा दम्पतीले अन्य महिलाको कोख भाडामा लिएर बच्चा जन्माउँदा सामाजिक विकृति निम्तिएपछि विकसित देशहरूले व्यावसायिक सरोगेसी बन्द गरेका छन्।
सबैभन्दा बढी सरोगेसी सेवा चाहनेमा तेस्रो लिंगी, समलिंगी, आफैं बच्चा जन्माउन नचाहने हुन्छन्। कतिपयले यौनशोषण र अंगको अवैध प्रयोगका लागि समेत कानुनी बाटो सुरक्षित राख्न सरोगेसी आमाबाट सन्तान जन्माएर राख्ने गर्छन्। नेपालमा जन्मिएका बच्चाको हकमा अध्यागमन विभागमा बच्चाको बाबु वा आमा भन्ने प्रमाणित गर्ने कागजात बुझाउनुपर्छ। तर, सरोगेसीका हकमा सम्बन्धित दूतावासले आफ्नो देशको नागरिक भनेर डकुमेन्ट र पासपोर्ट पठाए विभागले भिसा इस्यु गर्ने गर्छ। त्यही बाटोबाट कतिपयले नेपालमा जन्मिएका बच्चा बाहिर लगिरहेका छन्।
सरोगेसीका लागि आकर्षक गन्तव्य मानिने दुई मुलुक थाइल्यान्ड र भारतमा विकृति देखिएपछि व्यावसायिक सरोगेसी प्रतिबन्ध लगाइएको छ। भारतमा सन् २०१५ फेब्रुअरीमा उच्च अदालतले र थाइल्यान्डमा संसदले गत वर्षदेखि व्यावसायिक सरोगेसी सेवामा पूर्ण प्रतिबन्ध लगाएका हुन्। अमेरिकाका अधिकांश राज्य, क्यानडा, अस्टे्रलिया, जापान, बेलायतमा व्यावसायिक सरोगेसी बन्द छ।
अधिकांश सरोगेट आमा आर्थिक, सामाजिक र भावनात्मक रूपमा शोषणमा पर्ने गरेका र परिवारसँग भेट्न प्रतिबन्ध लगाइएको अध्ययनले देखाएका छन्। भारतमा भएको एक अध्ययनले सरोगेसीबापत टेस्टट्युबमा गर्भाधान गराउने (आइभिएफ क्लिनिक) ले ३० देखि ४० लाख भारतीय रुपैयाँ लिए पनि सरोगेट आमालाई ३ देखि ४ लाखसम्म मात्र दिने गरेको देखाएको थियो।
प्रतिबन्ध लगाइएका देशमा सेरोगेसीका कारण लिंग पहिचान र भ्रुण हत्या बढ्ने गरेको, एउटै महिलालाई श्रीमान्ले दबाब दिएर पटक–पटक सेरोगेसी बन्न बाध्य गराउने गरेको, बच्चामा ‘डाउन सिन्ड्रोम’ देखिए लान अस्वीकार गर्ने, लिंगका आधारमा पनि लान नमान्ने हुनाले सेवा दिने देशमा ठूलो झन्झटसमेत निम्तिने गरेको थियो। कतिपय देशमा बच्चा जन्माएपछि महिलाले दिन नमानेर समेत समस्या आउने गरेको पाइएको छ। अध्ययनहरूले सरोगेसी सेवा दिएका महिलामा बच्चाबाट छुटाएपछि पनि धेरै मानसिक समस्या आउने गरेको समेत देखाएका छन्।
किन नेपाल नयाँ गन्तव्य?
मन्त्रिपरिषदले समेत स्पष्ट रूपमा आमा–बाबु र सरोगेट आमा सबै विदेशी भए नेपालका अस्पतालले सेवा दिन सक्ने गरी मात्रै कानुन बनाउन बाटो खोले पनि कतिपय संस्थाले नेपाली महिलालाई समेत सरोगेट आमाका रूपमा आह्वान गर्दै विज्ञापन गरिरहेका छन्। सरोगेसी हब मानिएका अधिकांश क्षेत्रमा बन्द भएपछि माफियाले नेपाललाई नयाँ गन्तव्यका रूपमा विकास गर्न खोजेको उच्च सरकारी अधिकारी बताउँछन्।
खास गरी आर्थिक रूपमा विपन्न समुदायका महिलालाई आर्थिक प्रलोभनमा पार्न सजिलो हुने भएकाले माफियाहरूले गरिब मुलुक रोज्ने गरेका छन्। ‘कानुन नबनाई पूर्वाधार पूरा गरेको भनेर स्वीकृत दिन पाइँदैन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. लोहनी भने, ‘कहाँबाट कसरी अनुगमन गर्ने, मापदण्ड पूरा गरे/नगरेको कसरी यकिन गरी कारबाही गर्ने, अनुमति कसरी दिने, विदेशी कसरी पहिचान गर्ने भन्ने कानुन नबनी कसरी अनुमति दिन मिल्छ? यो सरोगेसीका लागि बाटो मात्रै खुला भएको हो।’
पछिल्लो समयमा इन्टरनेटमा पनि नेपालमा सरोगेसीले कानुनी मान्यता पाइसकेको भन्दै प्रचार हुने गरेका छन्। केही दिनअघि नेपालकै नोबल अस्पतालले समेत सरोगेसी सेवासम्बन्धी जानकारी दिने भन्दै निःशुल्क स्त्रीरोग शिविर गरेको विज्ञापन गरेको थियो।
कतिपय अस्पतालले गुपचुप रूपमा केही भवन नै भाडामा लिएर नेपाली र भारतीय महिलालाई प्रयोग गरी सेवा दिइरहेको जानकारी आएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। तर, उनीहरूले मन्त्री नै सहभागी भएको विषय भन्दै बोल्न हिच्किचाइरहेका छन्।
स्रोतअनुसार अहिले नेपालमा पनि दलालमार्फत विभिन्न स्थानमा घर भाडामै लिएर सरोगेट आमा राखिने गरेको छ। लोहनीले कानुन बनिनसकेकाले अहिले नेपालका अस्पतालमा भएको सेवा गैरकानुनी हुने बताए। मापदण्ड सिफारिस समितिमा समेत काम गरेका डा. लोहनीले मन्त्रिपरिषदले असोज २ गते सरोगेसीसम्बन्धी कार्यविधि बनाउने निर्णय गरेकाले त्यही आधारमा कानुनी भएको भन्न नमिल्ने बताए।
स्रोतअनुसार दलालले त्यस्ता व्यक्तिबाट करिब १ करोड रुपैयाँसम्म सेवा शुल्क लिन्छन्। एजेन्टले नेपालका अस्पताललाई ४० लाखसम्म दिने गरेको बुझिएको छ। यो सेवावापत अस्पतालहरूले सरोगेट आमालाई भने ३ देखि ४ लाख रुपैयाँ मात्र दिने गरेका छन्। नेपालमा सरोगेसी सेवा लिन आउनेमा सबैभन्दा बढी अस्ट्रेलियाली र इजरायली नागरिक छन्। नागरिक दैनिकमा समाचार छ ।
dainiknepal.com

आजको राशिफल वि.सं.२०७२ साल श्रावण १८ गते सोमबार,

durga_jyotishआजको राशिफल
आजको पंचांग 
वि.सं.२०७२ साल श्रावण १८ गते सोमबार,
इ स २०१५ अगष्ट ३ तारिख,


नेपाल संवत् ११३५ दिल्लाथ्व,

श्रावण कृष्णपक्षको तृतीया  तिथि दिवा १०:१६ बजे सम्म उपरान्त चतुर्थी,
शताभिषा नक्षत्र बिहान०७:०० बजेसम्म,पुर्बाभाद्रपदा रात्री ०५:२१ बजेसम्म,
शोभन योग ०८:२१ बजेसम्म,अतिगंड रात्रि ०५:१८ बजे सम्म,
भद्रा करण बिहान १०:१६ बजेसम्म,बब रात्रि ०९:०३ बजेसम्म उप्रान्त बालब,
आनन्दादियोगमा अमृत योग,
चन्द्रमा कुम्भ राशिमा रात्रि ११:४७ बजे देखि मीन राशिमा,
काठमाडौंमा सूर्योदय ५:२८ बजे, सूर्यास्त ६:४७ बजे,
दिनमान ३३ घडी २५ पला
राहुकाल बिहान ०७:०८ देखि ०८:४८ बजेसम्म । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
आर्थिक उन्नति संगै आफन्त बाट सहयोगको अपेक्षा हुनेछ,मिष्ठान्न भोजनमा सरिक भइनेछ सामाजिक र राजनैतिक क्षेत्रमा प्राप्त सम्मानको सदुपयोग गर्न गार्हो पर्न सक्ने देखिन्छ,पशुजन्य व्यवसायमा उन्नति मिल्नेछ,स्वास्थ्यमा साझपछी भने केहि खराब परिणाम देखिन सक्छ,आजको लागि शुभ अंक ४,शुभ रंग मिश्रित हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शं शनिश्चराय नमः यो मन्त्र २३ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
नोकरी तथा व्यवसायमा लाभ संगै पदोन्नतिको सम्भाबना देखिन्छ,प्रतिष्ठित व्यक्ति संगको उठबस बढ्नेछ,नया योजना बनाएर अगाडी बढिने चाजो पाजो मिल्नेछ,पढाइ लेखाइमा भने समय दिन नसकिएला,समयको ब्यबस्थापन गर्न सुखमय र उन्नति दायक दिन रहनेछ,आजको लागि शुभ अंक १,शुभ रंग नीलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ईष्टदेवताको स्मरण पुजा र मन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
मुद्दा मामिलाबाट छुटकारा मिल्नेछ,धार्मिक क्षेत्रको यात्रा सम्भाबना देखिन्छ,भाग्य स्थानमा शुभ ग्रहको सकारात्मक प्रभाब रहनाले चिठ्ठा जस्तै आकस्मिक लाभको सम्भाबना पनि देखिन्छ,धैर्यता भने कमजोर हुनेछ,अरुले गरेका खराब कामको अपजश आइलाग्न सक्छ,आजको लागि शुभ अंक ४,शुभ रंग मिश्रित हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शं शनिश्चराय नमः यो मन्त्र २३ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  
जोश जाँगरमा कमि आउनेछ,आलस्यताले शरीरलाई बन्धक बनाउन सक्ने देखिन्छ,शारीरिक र मानसिक कष्टले मनोबल कमजोर बनाउनेछ,साबधानी पुर्बक अगाडी बढ्नुहोला,कुल कुटुम्बमा खटपट आउन सक्छ,इष्टदेवको दर्शन पुजा गरेर मात्र अगि बढ्नुहोला,आजको लागि शुभ अंक ५,शुभ रंग कालो हो भने कुनै कामको प्रारम्भ गर्नु पुर्ब हनुमानको दर्शन तथा स्तोत्र पाठ गरेर अगाडी बढे सफल भइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
ब्यापार व्यवसायमा प्रागति यथावत रहेनेछ,पढाइ लेखाइमा अल्छी पन हाबी हुनेछ,रमाइलो यात्रा संगै मिष्ठान्न भोजनको अवसर जुट्नेछ,पुराना साथि संगी संगको भेटघाटको अवसर जुर्नेछ,साझ पछिको समय कमजोरछ असावधानीले धनमाल तथा बहुमुल्य बस्तु हराउन सक्ने देखिन्छ,आजको लागि शुभ अंक १,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ गं गणपतये नम: यो मन्त्र जपेर अगाडी बढे सफल भइनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
प्रणय सुत्र अझ बलियो बन्नेछ,मनमा सुविचार आउनेछ,सजिलै अरुको बिस्वास जित्न सकिनेछ, शत्रु पक्षबाट भने चनाखो रहनु पर्ने देखिन्छ,कुरा काट्नेहरु फेरी सक्रिय हुन सक्छन,बैदेशिक क्षेत्रबाट मनग्य लाभ मिल्नेछ,लामो दुरीको यात्रा सम्भाबना देखिन्छ,आजको लागि शुभ अंक ३,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पहिले ॐ कें केतवे नमः यो मन्त्र १७ पटक जप गरेर अगाडी बढे उत्तम फल हात लाग्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
पढाइ लेखाइमा उल्लेखनीय सुधार आउनेछ,स्वास्थ्यले भने खासै साथ दिन नसक्ने देखिन्छ,जग्गा जमिनको कारोबार फाइदा जनक रहनेछ,खेलकुदमा सोचे अनुरुप प्रगति गर्न निकै ठुलो मेहनत गर्नु पर्ने हुन्छ,साहित्यिक क्षेत्र भने निकै राम्रो देखिन्छ,आजको लागि शुभ अंक ६ शुभ रङ्ग हल्का रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सों सोमाय नम: यो मन्त्र १६ पटक जपेर अगाडी बढे शुभ हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
राम्रै सोचका साथ गरेका काम र कुराले आज उल्टो अर्थ दिलाउन सक्छ,कुटनीतिक क्षमतामा ह्रास आउनेछ,सवारी साधनबाट चोटपटकको सम्भावाना देखिन्छ,साँझ पछिको समय केहि सुधारोन्मुख रहनेछ,बुध्दी बिबेकले सहि काम गर्नेछ,आर्थिक कारोबार सुध्रिनेछ। आजको लागि शुभ अंक ८,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब बिष्णु भगवानको स्मरण दर्शन पूजा गरेर अगाडी बढे उत्तम हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
प्रतिस्पर्धात्मक समय रहनेछ,खेलकुद क्षेत्रमा अपेक्षित सफलता हात लाग्नेछ,मनोरन्जनात्मक भेटघाट हुनेछ,आम्दानि र खर्चको सामजस्यता नमिल्दा खासै सफलताको अनुभूति गर्न सकिन्न, साझपछी भने आलस्यता संगै आरोप प्रत्यारोपको सामना गर्नु पर्ने हुन सक्छ,आजको लागि शुभ अंक ४ शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब गणपतिको दर्शन पूजा गरेर कामको सुरुवात गरेमा सफलता हात लाग्नेछ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
संचित धनको क्षय हुन सक्छ,बोलीले ठिक्क पर्ने तर काम बिगार्ने व्यक्ति देखि साबधान रहनु होला,प्रेम सम्बन्ध मिठासपूर्ण रहनेछ,बिस्वासिला भनिएका आफन्तबाट अन्तर्घात हुन सक्छ,छिटो आक्रोसित हुदा काममा बिध्न आउन सक्छ,संयमित रहनु होला,आजको लागि शुभ अंक ५,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमो भगवते वासुदेबाय नम: योमन्त्र जप गरेर अगाडी बढे शुभफल हात लाग्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
सामाजिक सहयोगको भाबना जागृत हुनेछ,दिन-दुखीको सहयोगमा मन रमाउनेछ,मान्यजनको आशिर्बाद मिले संगै काममा निकै सुधारको आभास हुनेछ,धन सम्पति संचय गर्न सकिनेछ, बहुमुल्य रत्न तथा गर-गहनाको प्राप्ति हुनेछ,बोलीको सामर्थ्य बढ्नेछ,आजको लागि शुभ अंक ७,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबी भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,आज बादबिबादमा नपर्नु बुध्दिमानी हुनेछ,पारिवारिक झमेला बढ्नु को साथै अनाबस्यक रिसले आफैलाई हानि गर्नेछ,गरिरहेको काममा अबरोध आउन सक्छ साँझ बाट समयमा निकै सुधार आउनेछ,,आजको लागि शुभ अंक ८,शुभ रंग गाढा रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब सुर्य भगवानको दर्शन पूजा गरेर अगाडी बढे शुभ हुनेछ।

एकैपटक खान नहुने खानेकुराहरु

बिश्वमा खान नपाएर भन्दा पनि खान नजानेर बढी मान्छे मर्ने गरेको एक सर्वेक्षणले देखाएको छ । यी त भए खानेकुराको अनुपात मिलाउन नजान्दा ज्यान गुमाउनेहरुका कुरा तर कतिपय खानेकुराहरु यस्ता हुन्छन जुन एकैसाथ् खाँदा ज्यानै पनि जान सक्छ  । हेर्दा सानातिना जस्ता यस्ता कुराहरु ख्याल नगर्नाले ठूलो मूल्य चुकाउनुपर्ने अबस्था आउछ तसर्थ ख्याल गरौ कुन कुन खानेकुराहरु एकसाथ खान हुदैन ।

दही र माछा : दही चिसो चीज हो । यसलाई कहिल्यै पनि तातो चीजसँग प्रयोग गर्नु हुँदैन । माछा पनि गर्मी चीज हो । यी दुई एकसाथ खानाले वायु, एलर्जी र छालासम्बन्धी समस्या देखा पर्न सक्छ । दहीसँगै मह पनि गर्मीचीजसँग नखानु राम्रो हुन्छ ।

चिकेनसँग मिठाई : चिकेनको साथमा जूस या मिठाई आदि खाने मानिसलाई पनि पेटको समस्या देखिन्छ ।

आलू र चामल : केही मानिसहरू आलू र चामलको शौखिन हुन्छन्, तर यस्ता मानिसले के ध्यानमा राख्नु पर्छ भने यी दुई चीज एकसाथ खानु स्वास्थ्यका लागि राम्रो हुँदैन । यसले कब्जियतको समस्या ल्याउँछ ।

प्याज र दुध : प्याज र दूध एकसाथ खानु हुँदैन । प्याजको साथमा दूधको प्रयोग गर्नाले छालासम्बन्धी रोगले सताउन सक्छ । दाद, लुतो, एग्जिमा सोराईसिस आदीको सम्भावना बढ्ने गर्छ ।

दूधसँगै दही : दूधसँग दही खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । दुध र दही एकसाथ खानाले पेटको समस्या निम्तिन सक्छ ।

खानासँग फलफूल : आयुर्वेदका अनुसार खानाको साथमा फलफूल खानु हुँदैन । दुवै चीजको कार्बोहाइड्रेट र प्रोटिन पाचन गर्ने तरिका फरक-फरक हुन्छ । कागती, सुन्तला आदी फल एसिडिक हुन्छन्, दुवै एकसाथ खानाले कार्बोहाइड्रेटको पाचन प्रक्रिया ढिलो हुन्छ । यसले कब्जियत, झाडापखाला र अपचको समस्या देखिन्छ ।

दूधसँग कागती : दूधसँग कागती खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । दुवैलाई एक साथ खानाले इसिडिटी बढाउँछ ।

कालो दाल र दही : कालो दाल र दही एकसाथ खानु स्वास्थ्यका दृष्टी फाइदाजनक हुँदैन । लगातार सेवन गर्नाले मुटुसम्बन्धी रोग लाग्न सक्छ ।

दहीसँग पराठा : दहीसँग पराठा या अन्य तेल भएको चीजको प्रयोग गर्नाले स्वास्थ्यमा समस्या थपिन सक्छ । दहीले फ्याटको पाचनमा रोक्ने हुँदा दहीसँग पराठा लगायतका चीजहरू नखानु नै राम्रो हुन्छ ।

चिसो पिएपछि पान: चिसो पेयपदार्थ पिएपछि कहिल्यै पनि पानयुक्त खाने कुरा खानु हुँदैन । चिसो र पानयुक्त खानेकुरा मिल्यो भने साइनाइड उत्पादन हुन्छ, जसले विष जत्तिकै असर गर्ने गर्छ ।

onlinepatrika.com

Sunday, August 2, 2015

प्रेममा धोका खाँदा किन पागल हुन्छ मानिस ?

बोनिस कोईराला

के तपाईँले प्रेममा धोका पाउनुभएको छ? छ भने यो दुखःको पिडा कति हुन्छ भनेर तपाईँलाई राम्ररी थाहा होला। यस्तो बेलामा मुटु दुख्या जस्तो हुनु र पागल जस्तो व्यवहार गर्नु सामान्य हो।

यो दुखःले तपाईँलाई केहि क्षणमा नै आफ्नो धोकेबाज प्रियलाई सयवटा मेसेज पठाउने जाँगर दिन्छ।  कसैलाई रक्सीको लत लाग्छ भने कसैले आफ्नो दैनिक क्रियाकलापमा राम्ररी ध्यान दिन सक्दैनन्। किनभने यस्तो क्षणमा आफ्नो सबैभन्दा प्रिय मानिस नहुँदा कसैको अथवा केहि कुराको वास्ता हुँदैन।

यस्तो व्यवहार मानिसमा उत्पन्न हुनु कुनै असामान्य कुरा हैन। विज्ञानको हिसाबले पनि यस्तो क्षणमा मानिसमा  हुने  व्यवहारको कारण छ। यस्तो व्यवहारसँग मानिसको शरिरमा हुने हर्मोनहरुको पनि मुख्य भुमिका छ। आश्चर्यको कुरा के हो भन्दा यिी हर्मोनहरु तिनै हुन् जस्ले प्रेम परेको बेला मानिसलाई खुसि  महसुस गराउछ।

कसरी प्रेम बिछोडले मानिसको शरिरको हर्मोन सन्तुलनमा फरक ल्याउछ त? भर्खरै बिछोड भएकाहरुको दिमागी भागमा हुने गतिविधी समान्य हुदैनन् भन्ने कुरा एमआरआई स्क्यानहरुबाट थाहा पाउन सकिन्छ। यसले गर्दा मानिसले शारिरिक दुखाई पनि महसुस हुन्छ। यस्तो बेलामा शरिरले स्ट्रेश र अड्रनलिन हर्मोनहरु सक्रिय गर्छ जसले साँस फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने र मुटुको क्षेत्रको मांसपेशीहरु कमजोर हुने गर्छ। यसतो अवस्थालाई चिकित्सकहरुले ताकोत्सुबो कार्डियोमायोप्याथि नाम दिएका छन् र यो अवस्था कहिलेकाहि खतराजनक पनि हुन सक्छ

यो बेलामा यि हर्मोनहरु मात्र सक्रिय हुदैनन्। २०१०मा गरिएको एक अनुसन्धानमा भर्खरै बिछोड भएका १० महिला र ५ परुषहरुको एमआरआई स्क्यान गरिएको थियो। यि मानिसहरु भर्खरै बछोड भएपनि आफ्नो प्रेमि वा प्रेमिकासँग अझै माया गरिरहेका थिए। यो अनुसन्धानको निश्कर्ष आश्चर्यजनक थियो। यि मानिसहरुको दिमागी गतिविधि कुनै लागूपदार्थको सेवन गर्ने मानिससँग धेरै मिल्दोजुल्दो थियो। यसैकारण भनिएको होला कसैको प्रेममा फस्नु लागूपदार्थको नसामा धुत हुनु जस्तो हुन्छ।

कसैलाई प्रेम गरेको बेला दिमागको ‘रिवार्ड न्युरोन’हरु सक्रिय हुन्छन् जस्ले शरिरमा डोपामाइन हर्मोनहरु सक्रिय गर्छ। डोपामाइनले दिमागलाई चाहिएको भन्दा बढि खोज्ने उत्सुकता दिन्छ जसले गर्दा तपाईँ पुरै दिन आफ्नो प्रेमिसँग समय बिताएपनि छुट्ने बेलामा साथ छोड्न मान्नुहुन्न। प्रेम सम्बन्धमा रहेको बेला दिमागको ढाँचा अझ स्थिर हुन्छ र आफ्नो प्रेमि सँगै भएको बेला डोपामाइन निरन्तर सक्रिय भइरहेको हुन्छ।

यसकारण अचानक प्रेमिले धोका दिएपछि डोपामाइनको मात्रा अत्याधिक हुन जान्छ जसले दिमागी सन्तुलन खलबलाउछ। ‘रिवार्ड न्युरोन’को यो प्रणाली दिमागको मुख्य भागहरुमध्ये रहेकोले यसले हाम्रो शरिरमा भोक, प्यास जसतो चेतनहरु पनि जगाँउछ। यसकारण धोका पाएका व्यक्तिहरुमा असामान्य व्यवहार उत्पन्न हुन्छ।

तर चिन्ता नगर्नुहोस, यसतो व्यवहार केहि पलको लागि मात्र रहन्छ। समयसँग दिमागले आफ्नो गतिविधिहरु आफै मिलाउछ। एक अनुसन्धान अनुसार मानिसको दिमागी सन्तुलन सामान्य हुन अथवा बिछोडको पिडा हटाएर अगाडि हेर्न मानिसलाई औसत ३ महिना जति लाग्छ। मानिसको दिमाग स्वाभाविक रुपले अगाडिको सोच्ने प्रवृत्तिको हुन्छ। बिछोडले परेको शारिरिक दर्दबाट छुट्कारा पाउन प्यारासिटामोल लिँदा हुन्छ। तर सबै दुखः भुलाउन आफ्नो मनको कुराहरु मिल्ने साथीहरुलाई भन्नु सबैभन्दा उपयुक्त हुन्छ।

युवक नपाएपछि पोखरामा महिलाहरुले यसरी पूरा गर्न थाले यौन सन्तुष्टि

पोखरा । पोखरामा महिलाहरुले यौन सन्तुष्टि पूरा गर्न नयाँ तरिका अपनाएका छन् ।
आफ्ना श्रीमान विदेश गएको र गाउँका अविवाहित युवा समेत विदेश पलायन भएकाले यौनसन्तुष्टि प्राप्त गर्न यहाँका महिला तथा युवतीहरुले यस्तो तरिका अपनाएका हुन् । त्यो हो सेक्स टोयको प्रयोग ।

कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेका छन् ।
पोखरामा यौनसन्तुष्टि प्राप्त गर्न प्रयोग गरिने कृत्रिम यौनसामग्री सेक्सटोयको प्रयोग ह्वात्तै बढेको ब्यापारीहरुले बताएका छन् । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा रहेका पसलमा सेक्सटोय खरिद गर्ने र यसको बारेमा जानकारी लिन आउनेहरुको भीड लाग्ने गरेको छ ।

कतिपयले फोनबाट यसको बारेमा जानकारी लिन्छन् र खरिद गर्छन् भने कतिपय पसलमै आएर लैजाने गरेका छन् । सेक्सटोय खरिद गर्नेमा महिलाको संख्या बढी छ । कुल ग्राहकको ६० प्रतिशत महिलाहरु रहेको पसल सञ्चालक सुवास भट्टराईले बताए । दुई बर्षअघि पोखरामा सुरु भएको सेक्सटोयको ब्यापार सोचेभन्दा बढी फष्टाएको उनले बताए ।


पुरुषको तुलनामा महिलाहरु यसको बारेमा जिज्ञासु देखिएको उनको अनुभब छ । यसको ३० प्रतिशत ग्राहक बिदेशी पनि छन् । अधिकांश बिदेशी पर्यटक आफैले लिएर आउने भएकाले नेपाली ग्राहकको संख्या अत्याधिक भएको सञ्चालकले बताएका छन् । नेपाली कुल ग्राहक मध्य पनि ४५ प्रतिशत पोखराकै स्थानीय छन् । नेपालका बिभिन्न स्थानबाट पोखरा घुम्न आएकाहरुले पनि खरिद गरेर लैजाने गरेका छन् । काठमाडौंको सुन्धरा र पोखराको लेकसाईडमा मात्रै पसल भएपनि अर्डर अनुसार निःशुल्क होम डेलिभरिको सुबिधा पनि रहेको भट्टराईले जानकारी दिए ।

सुरक्षित यौन क्रियाकलापको लागि सेक्सटोय अतिनै उपयोगी हुने दाबी गरिएको छ । ‘एउटा प्रेमिकाबाट पाउने प्रेम सहितको सेक्स त हुदैन तर एउटा यौनकर्मीबाट पाउने आनन्द यसबाट प्राप्त हुन्छ ।’ पसल संचालकको भनाई । कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेको उनले सुनाए । यौन चाहना भएर पनि बाहिर खुल्न नसकेकाको लागि यो उपयुक्त साधन मानिन्छ ।
dainiknepal.com

विदेशमा कमाएको ३४ लाखको सम्पत्तिसहित श्रीमती अर्कैसँग भागेपछि...पुरा पढ्नुहोस ।


- आफूले विदेशमा दुख गरेर कमाएको ३४ लाख रुपैयाँ बराबरको सम्पत्ति लिएर श्रीमतीले अर्कैसँग विवाह गरेपछि नेपालगन्ज उपमहानगर पालिका–२४ कारकादौंका दानबहादुर शाही न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय बाँके पुग्नुभएको छ ।

 दानबहादुरकी श्रीमती रुक्माकुमारी शाहले एक हप्ता अघि बाँकेको बागेश्वरी–२ खजुराका हरि पाण्डे भनिने सोमनबहादुर पाण्डेसँग भागेर विवाह गरेकी हुन । विदेशमा कमाएको साढे १५ लाख रपैयाँ, बैंकमा घर धितो राखेर झिकेको पाँच लाख ५५ हजार रुपैयाँ, स्थानीय समूहबाट ऋण लिएको सात लाख रुपैयाँ नगद, आठ तोला सुन, आइफोन र ल्यापटप लिएर श्रीमतीले अर्कैसँग विवाह गरेको दानबहादुरको दावी छ । कारकादौंमा श्रीमतीको नाममा रहेको घर ग्रामीण विकास बैंकमा धितो राखी ऋण लिएको उहाँले

बताउनुभयो । अर्काकी श्रीमती भगाउने पाण्डे समेत विवाहित हुन् । उनका एक छोरा र दुई छोरी छन् । आसाङ मोटर कम्पनीको सिङ्गापुर र मलेसिया शाखामा कार्यरत दानबहादुर श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको सुइको पाएर केहीदिन अघि मात्र घर फर्कनुभएको थियो । उहाँले भन्नुभयो ‘म घर आइपुग्दा पाण्डे पनि मेरै घरमै थिए । म आएको केहिबेरमै उनीहरु दुवै सँगै भागे ।

’ उनीहरुलाई पक्राउ गरी आफूलाई न्यान दिन प्रहरीकोमा निवेदन दिएपनि प्रहरीले चासो नदिएको आरोप शाहीको छ !
तस्विरमा : क्याप लगाउने एकल तस्बिरमा दानबहादुर शाही ।
चस्मा लगाने युगल तस्विरमा रुक्माकुमारी शाह र हरि पाण्डे भनिने सोमनबहादुर पाण्डे ।

जीवनमा पहिलो पटक नेपाली हुनुमा लज्जास्पद महसुस भयोः राजेश हमाल

काठमाडौं, साउन १७ । नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमालले आफुलाई पहिलो पटक नेपाली हुनुमा लज्जास्पद महसुस भएको बताएका छन्।
नायक हमालले फेसबुकमा स्टाटस लेख्दै यस्तो महशुश पहिलो पटक भएको जनाएका हुन् । सिराहा जिल्लाको धनगढी गाविसको वडा नम्बर ३ स्थित नयनपुरमा डोमलाई उच्च जातका मानिसहरुले इनार छुन नदिएपछि त्यहि ठाउँमा रहेका नायक हमालले आफूलाई नेपाली हुनुमा पहिलो पटक लज्जास्पद महसुस भएको स्टाटस मार्फत जनाएका हुन् । साउन १६ गते शनिबार विविसी साझा सवालको कार्यक्रमका लागि नायक राजेश हमाल त्यस ठाउमा पुगेका थिए । नायक राजेश हमालको साथमा हिड्दै दीपक मलिक(डोम) जब इनारतर्फ खानेपानी भर्नलागे, गाउँभरीका महिलाहरुले पानी भर्न नदिने भन्दै इनार घेरेका थिए । यस्तो देखे पछि हमालले नेपालभित्र नै यस्तो अवस्था देख्दा आफूलाई नेपाली हुनुमा ‘लज्जास्पद’ महशुश भएको फेसबुकमार्फत बताएका हुन् । फाइल फोटो www.etajakhabar.com

.उत्तराधिकारी हिमानी !पूर्वराजपरिवारको किचलो....


काठमाडौ, श्रावण १७ - केही वर्षअघि आफू बिरामी हुँदा पति पारस शाहले स्नेहपूर्वक भरथेगका लागि समातेर डोर्‍याउँदै गरेको तस्बिर फेसबुकमा राख्दै १२ वैशाख ०७० मा पूर्वयुवराज्ञी हिमानीले पतिलाई यसरी सम्झेकी थिइन्, ‘खुसी र दु:खहरू सँगसँगै हिँड्छन् र जीवनलाई पूर्ण बनाउँछन् । (पतिले) साथ दिँदाको एक झलक, जब म बिरामी थिएँ ।’


राजनीतिक उद्देश्य होस् वा व्यक्तिगत सोख, हरेक अवसरका तस्बिर खिच्न र तत्काल फेसबुकमा अपलोड गर्ने सोख छ हिमानीको । भूकम्पपीडितहरूलाई पाल बाँडिरहँदाको होस् वा वृद्धाश्रम र अस्पतालमा पुगेर बिरामीहरूलाई आफ्नै हातले खाना खुवाउँदाको, यस्ता घटनाका तस्बिर फेसबुकमा राख्न अक्सर छुटाउन्नन् हिमानी ।

‘एक कार्यक्रममा सँगै हामी’ भन्दै मुस्कुराइरहेका पारससँगै लजाएजस्तो गरी आफू बसिरहेको तस्बिर ८ जेठ ०७० मा पोस्ट गरेयता उनले पारससँग बसेको कुनै तस्बिर पोस्ट गरेकी छैनन् । मुटुको व्यथा बल्झिएपछि १० साउनमा नर्भिक अस्पताल भर्ना भएका पारसलाई भेट्न भोलिपल्ट पुगेको तस्बिर सार्वजनिक गर्न पनि उनले उचित सम्झिनन् ।

त्यसो भए के यो बाहिर चर्चामा आएजस्तो पारसको पत्नी हिमानी र बाबुआमासँगको सम्बन्ध अझै तीतो छ र हिमानी पारसप्रति यति उदासिन देखिएकी हुन् ? पारस निकटस्थहरूचाहिँ दुई जनाबीचको सम्बन्ध अहिले पहिलेजस्तो तीतो नरहेको दाबी गर्छन् । तर, निर्मल निवास भने हिमानी–पारस सम्बन्ध पहिलेजस्तै तीतो रहेको र त्यही कारण पारसका लागि निर्मल निवासको दैलो अझै नखुलेको सन्देश दिइरहन चाहन्छ ।

चार वर्ष थाइल्यान्डको बसाइपछि १९ चैत ०७१ मा काठमाडौँ फर्केका पारस तीन साता धुम्बाराहीस्थित कुण्डलिनी क्लबमा बसे । १२ वैशाखको भूकम्पपछि चाहिँ बहिनी प्रेरणाको छाउनीस्थित निवास विजयावास पुगे । त्यहाँ झन्डै एक महिना बसेर उनी दिवंगत काका धीरेन्द्रका छोरीहरूको स्वामित्व रहेको जीवनकुञ्जमा बसोवास गरिरहेका छन् । १० साउनमा उपचारका लागि नर्भिक अस्पताल पनि जीवनकुञ्जबाटै गएका थिए ।

जीवनकुञ्ज–निर्मल निवास एकै

काठमाडौँै फर्केको चार महिनासम्म कुण्डलिनी हुँदै विजयावास र अहिले जीवनकुञ्जमा बसिरहेका पारसको नियति हेर्दा (बिरामी हुँदा पूर्वराजारानी र हिमानी ११ साउनमा भेट्न अस्पताल गएबाहेक) साँच्चिकै पूर्वराजपरिवारले पारसलाई निर्मल निवासमा खुट्टा हाल्ने अवसर नदिएजस्तो देखिन्छ । तर, वास्तविकताचाहिँ त्यस्तो नरहेको बताउँछन् जानकारहरू । उनीहरूका भनाइमा पारस जीवनकुञ्जमा रहनु नै निर्मल निवासमा रहेसरह हो ।

धीरेन्द्रका तीन छोरीका अभिभावक अहिले पनि पूर्वराजा ज्ञानेन्द्र नै हुन् । कुनै महत्त्वपूर्ण निर्णय गर्नुपरे उनीहरू ज्ञानेन्द्रकै सम्मति लिन्छन् । उनको सम्मतिबिना उनीहरूले कुनै पनि निर्णय गर्दैनन् । स्रोतका भनाइमा यदि पारसका लागि पूर्वराजारानीले निर्मल निवासको ढोका बन्द गर्न चाहेका थिए भने पारसका लागि जीवनकुञ्जको ढोका पनि खुल्ने थिएन ।

किनभने, निर्मल निवाससँग पर्खाल जोडिएको त छ नै, जीवनकुञ्जबाट निर्मल निवास आवतजावत गर्न सकिने छुट्टै भित्री ढोका पनि छ । आवतजावत गर्नुपरे त्यही भित्री ढोका प्रयोग गर्छन् निर्मल निवास र जीवनकुञ्जका सदस्यहरू ।

पारसको बसोवास जीवनकुञ्जमा हुन थालेपछि धीरेन्द्रका छोरीहरूप्रति हिमानीको स्नेह घटेको पनि देखिन्न । हिमानी ट्रष्टले आयोजना गरेका हरेक कार्यक्रममा हिमानीसँगै हातेमालो गरिरहेका देखिन्छन्, धीरेन्द्रका छोरीहरू पनि । पूर्वराजपरिवार निकट एक अधिकारी भन्छन्, “पारस जीवनकुञ्ज आएको हिमानीले नरुचाएको भए धीरेन्द्रका छोरीहरूसँगको उनको सम्बन्ध बिग्रनुपर्ने हो । तर, सम्बन्ध पूर्ववत् नै देखिन्छ ।”
मिसन राजतन्त्र पुन:स्थापना

खासमा विवादित छविका पारसलाई अहिले नै निर्मल निवासमा प्रवेश दिइएको सन्देश प्रवाहित हुँदा राजनीतिक रूपमा हानि पुग्ने भएकाले उनलाई जीवनकुञ्जमा सीमित गरिएको हो । स्रोतका भनाइमा राजतन्त्र पुन:स्थापनाको माहोल बन्दै गएको विश्लेषण गरिरहेका छन् पूर्वराजा । तर, छोरालाई निर्मल निवासको मूल ढोका खोलिदिँदा अनुकूल बन्दै गएको वातावरण बिग्रन सक्ने भय उनमा छ ।

स्रोतका अनुसार दुई–दुईपटक राजा भइसकेकाले ज्ञानेन्द्रमा तेस्रोपटक राजा हुने र पहिलेजस्तै शक्तिको अभ्यास गर्ने चाहना त्यति प्रवल छैन । बरू आफ्नै पालामा राजतन्त्र पुन:स्थापना होस् र आफ्नो गल्तीका कारण राजतन्त्र समाप्त भएको भन्ने कलंक मेटियोस् भन्ने उनी चाहन्छन् । तर, विवादित छविका कारण पारसलाई अघि सारेर राजतन्त्र पुन:स्थापना गर्न सकिने विश्वास पूर्वराजालाई पनि छैन । नाति हृदयेन्द्र नाबालक छन् । बरू हिमानीलाई राजतन्त्रको उत्तराधिकारी बनाउन तयार देखिन्छन् ज्ञानेन्द्र । बेदाग छवि र दक्षिणी छिमेकीको पनि समर्थन प्राप्त हुन सक्ने भएकाले हिमानीलाई अघि बढाउँदा परिणाम सकारात्मक हुने उनको ठम्याइ छ ।

बुहारी हिमानी शाहका नाममा स्थापना गरिएको हिमानी ट्रष्टलाई नै अघि सारेर निर्मल निवासले सामाजिक कार्य गर्नुको कारण पनि यही हो । जबकि, कुनै शाही महिलाका नाममा ट्रष्ट नै स्थापना गर्ने हो भने निर्मल निवाससँग त्यस्तो नामको अभाव थिएन । जस्तो : पूर्वमुमाबडामहारानी रत्न र पूर्वबडामहारानी कोमलका नाममा ट्रष्ट बनाएर यस्ता गतिविधि गर्न सकिन्थ्यो ।

भारत राजतन्त्रको विरोधमा गइदिएपछि राजतन्त्र समाप्त भएको ठहर गर्दै आएका छन् पूर्वराजाले । त्यसैले उनका ‘मुभ’ भारतीय संस्थापनलाई पनि पक्षमा ल्याउनेतर्फ केन्द्रित देखिन्छ । यही कारण प्रत्येक वर्षजस्तो भारत भ्रमणमा जाँदा हिमानी पनि साथै जाने गरेकी छन् । उच्च राजनीतिक भेटघाटमा उनले बुहारी हिमानीलाई भारतकै चेलीका रूपमा चिनाउने गरेका छन् ।

अहिल्यै पारसले निर्मल निवासमा प्रवेश पाउँदा त्यसको सबैभन्दा ठूलो असर हिमानीको छविमा पर्ने आशंका छ निर्मल निवासको । किनभने, थाई युवती कन्निका चाइसनको भौतिक मोहपासबाट छुटे पनि मानसिक मोहपासबाट उनी अझै मुक्त हुन नसकेको आकलन निर्मल निवासको हुन सक्छ । यो अवस्थामा हिमानीमाथि नै प्रश्न उठ्न सक्छ, ‘यस्ता अनैतिक पति नसुधिँ्रदै स्वीकार गर्ने महिला कसरी राजतन्त्रको उत्तराधिकारी हुन सक्छिन् ?’

हिमानीले जब पारसको बेवास्ता गरिन्
०७१ साउन पहिलो साता
थाइल्यान्डको सुखुम्भितस्थित डेभिस होटलबाट पक्राउ (२६ असार ०७१) परी छुटेलगत्तै नेपाल फर्कन खोजे पनि प्रेमिका कन्निका चाइसनसँगै आउन लागेको भन्दै निर्मल निवासमा प्रवेश नदिने सन्देश साउन पहिलो साता प्रवाह । त्यसपछि पारस उतै रहे ।
२९ माघ– ६ फागुन ०७१

जेलमा रहेका पारसप्रति चासो नदेखाएको भन्दै निर्मल निवास र पत्नी हिमानीको आलोचना हुन थालेपछि २९ माघमा हिमानी पारसलाई भेट्न थाइल्यान्डतर्फ । एक सातापछि ६ फागुनमा काठमाडौँ फर्के पनि उनी पारसलाई नभेटी फर्केको आशंका ।

२६ फागुन ०७१

२३ फागुनमा गाँजासहित पक्राउ परेका पारसलाई नोङ्खाई प्रान्तीय अदालतद्वारा ४५ लाख जमानत दिने सर्तमा धरौटीमा रिहा गर्न आदेश । तर, निर्मल निवासद्वारा धरौटी रकम नपठाइदिँदा थप तीन साता जेलमा । जसका कारण १५ चैतमा तय गरिएको भान्जा पार्थव सिंहको व्रतबन्धमा सहभागी हुन सकेनन् ।

१९ चैत ०७१

चार वर्ष लामो थाइल्यान्ड बसाइपछि काठमाडौँ फिर्ता । तर, निर्मल निवासमा प्रवेश नदिइने भएपछि धुम्बाराहीस्थित कुण्डलिनी क्लबमा बसोवास । १२ वैशाखको भूकम्पपछि छाउनीस्थित बिजयावासमा र त्यसपछि हालसम्म जीवनकुञ्जमा ।

२७ चैत ०७१

छोरा पारसलाई नभेटी पूर्वराजारानी ज्ञानेन्द्र र कोमल छोरी, नातिनातिनाका साथ दिल्ली प्रस्थान । त्यसअगावै हिमानी पनि पारसलाई नभेटी २१ चैतमै नयाँदिल्ली प्रस्थान । यद्यपि, १२ वैशाखको भूकम्पका कारण निर्धारित समयअगावै २ जेठ ०७२ मा पूर्वराजपरिवार काठमाडौँ फिर्ता ।

१०–१३ साउन ०७२

मुटुसम्बन्धी रोगका कारण नर्भिक अस्पतालमा भर्ना भएका पारसलाई ११ साउनमा पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल र पत्नी हिमानीले अस्पतालमै गएर भेटे पनि १३ साउनमा डिस्चार्ज भएपछि पारस निर्मल निवास गएनन् । अहिले उनको जीवनकुञ्जमा बसोवास छ ।source taja khabar