Saturday, December 5, 2015

मधेसी मोर्चाका नेताको दिल्ली भ्रमण रोक्ने भारतीय विदेश मन्त्रीको तयारी

शनिबार, १९ मंसिर
काठमाडौं । भारत सरकारमै विवाद देखिएपछि मधेसवादी दलका नेताहरुलाई भारत नआउन आग्रह गर्ने तयारी भारत सरकारले गरेको बताइएको छ ।
]भारतीय विदेशमन्त्री सुष्मा स्वराजले फोन गरि प्रतिनिधिमात्र आउनकालागि आग्रह गर्ने तयारी गरेको बताइएको छ ।
सबै मधेसवादी दलका नेताहरु दिल्ली आउँदा नकारात्मक सन्देश जाने र नेपालका मधेसवादीको आन्दोलन आन्तैबाट चलेको हो की भनेर आफुमाथि आरोप आउने भन्दै भारतीय सरकारले यस्तो यतारी थालेको बताइएको छ ।
यद्यपी यसको पुष्टिी स्वयं स्वराजले गरेकी छैनन् । आइतबार आन्दोलनरत मधेसवादी दलका सबै अध्यक्षहरु दिल्ली जाने तयारीमा छन् । राजेन्द्र महतो र महेन्द्र राय आजै भारततर्फ लागिसकेका छन् ।
nepalsandesh

मधेसी नेता दिल्ली जानुको रहस्य खुल्यो, खास कारण चाँहि यस्तो पो रहेछ

शनिबार, १९ मंसिर

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका नेताहरु एकाएक बालुवाटार बैठक छाडेर लैनचौरस्थित भारतीय दुतावास पुगे ।
उनीहरुले भारतीय राजदुतसँग बैठक गरे । अनि बालुवाटार गएनन् । उनीहरु किन यसरी लैनचौर पुगै ? यो रहस्यमय बन्यो । अझ रहस्य त सरकारसँग हैन दिल्लीसाग वार्ताकालागि उनीहरु ल्यतातीर लाग्ने सुरमा छन् ।
उनीहरु दिल्ली गएर वार्ता गर्न लागेका हुन् । सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार बालुवाटारको कुनै विश्वास नभएकाले दिल्ली जान लागिएको हो ।
उनले दिल्लीमा सरकारले सम्झौता गरिसकेको खुलासा भएकाले आफुहरु कुरा बुझ्नकालागि जानलागेको बताए । कर्णको भनाई अनुसार परराष्ट्रमन्त्रीले दिल्ली गएर विभिन्न सहमती गरेको सुनीएकाले मोर्चाका नेताहरु दिल्ली जान लागेका हुन् ।
यता मधेसमा अर्कै गठबन्धन बनाएका संघीय सद्भावनाका अनिलकुमार झाले प्रधानमन्त्री ओली, विदेशमन्त्री थापा र भारतीय विदेशमन्त्रीका विचमा भएको समझदारीबारे विश्वास लिन र नाकाबन्दी लगायतका कार्यक्रमहरुका बारेमा जानकारी लिनकालागि मोर्चाका चार नेता जानु स्वभाविक भएको बताए ।
सरकारले दिल्लीसँग कुरा गर्न सहज र मोर्चासँग असहज देखिएकाले मोर्चाका नेताहरुपनि त्यतै लागेको बताए ।
nepalsandesh

नेपालकै आडमा चीनले दियो भारतलाई अर्को धक्का, टिमुरे बन्नेभो नेपालको लाइफलाइन

शनिबार, १९ मंसिर
काठमाडौं । रसुवा जिल्लाको टिमुरेमा निर्माण गरिने सुख्खा बन्दरगाहको विस्तृत ‘डिजाइन’ गर्न नेपाल र चीन सरकार सहमत भएका छन् ।
सन् २०१४ को अक्टोबरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको सम्झौता तथा अप्रिल २०१५ मा अर्थ मन्त्रालयले गरेको पत्र आदान–प्रदानका आधारमा सुक्खा बन्दरगाह निर्माण गरिने सम्झौता गरिएकोहो ।
सम्झौतामा नेपालका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चीन सरकारका तर्फबाट ‘द आर्किटेक्चरल रिकानसन्स एन्ड डिजाइन इन्स्टिच्युसन अफ तिब्बत अटोनोमस रिजन’ कम्पनीका अध्यक्ष फु झिन्झाउले हस्ताक्षर गरेका छन् ।
सम्झौताबमोजिम चिनियाँ संरचनाको प्रारम्भिक नमुनासम्बन्धी कार्य तीन महिनाभित्र सम्पन्न गरी नेपाली पक्षसमक्ष पेस गरेपछि तत्काल निर्माण सुरु हुने वाणिज्य मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणमा रहेको चिनियाँ विशेष टोलीले इन्टरमोडल यातायात विकास समितिको संलग्नतामा प्रस्तावित सुख्खा बन्दरगाहको स्थलगत निरीक्षण गरी पाँच हेक्टर क्षेत्रफलमा फैलने बन्दरगाहको प्रारम्भिक नमुना पेस गरेको थियो ।
सम्झौतामा सुख्खा बन्दरगाहमा करिब पाँच हजार वर्ग किमी फैलिएको पाँचतले प्रशासनिक तथा आवास भवन, करिब ३५० ट्रक पार्किङ गर्न सकिने स्थल, ७५० वर्ग किमी क्षेत्रफलमा गोदाम भवन, दुई हजार ८० वर्ग किमी क्षेत्रफल भएको दुई मालसामान जाँच गरिने खुला टहरा, जाँचचौकी, अग्नि नियन्त्रक प्रणाली, विद्युत्, पानीलगायत अन्य भौतिक तथा आवश्यकीय संरचनाको नमुना प्रस्तुत गरिएको छ ।
भारतको चाहना विपरित चीनले नेपालको विशेष आग्रहमा यस्तो निर्णय गरेको हो । अब नेपाललाई केरुङहुँदै सामान आयात र निर्णत गर्न फाइदा हुने छ भने भारतको व्यापार यो सम्झौताले कमी हुनेछ ।
nepalsandesh

आक्रोशित प्रधानमन्त्री ओलीले भने–त्यस्ताको पनि आयु लामो हुन्छ ? कसरी मर्छ हेर्नुस्

शनिबार, १९ मंसिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैभन्दा समावेशी र सबैको सम्मान गर्ने भएको बताउँदै सरकारलाई जात र क्षेत्रविरोधी देखाउन खोज्नेहरुको आयु लामो नभएको बताउका छन् ।
किमाथांका विराटनगर यातायात तथा विकास सरोकार समितिले शनिबार आयोजना गरेको एक समारोहमा बोल्दै प्रधानमन्त्रीले दुराशयपूर्ण आरोपको आयू छिट्टै सकिने बताए ।
त्यस्तो प्रचार गर्नेको मरण पनि राम्रो नहुने उनको भनाई थियो । उनले सरकार र प्रधानमन्त्रीलाई फलानो समुदाय, फलानो क्षेत्र बीरोधी व्यक्ति वा सरकार भनेर नराम्रो प्रचार गरिएको र त्यस्ताको आय पनि नराम्रोसँग सकिने बताए ।
उनले क्षेत्रीयतावादमा रमाउनखोज्नेहरुले भुइफुट्टी देखाएको देखेर आफु दंग परेको पनि बताए । उनले केही दिन भित्रै वर्तमान संकट समाधान हुने पनि बताए । संकट समाधानपछि देख आर्थिक क्रान्तिमा लम्कने उनको भनाई थियो ।
nepalsandesh

दिल्लीको दाउमा बाुलुवाटारमा बैठक, प्रधानमन्त्रीले रौइकराई गरेपछि मधेसी नेता गइदिने

शनिबार, १९ मंसिर
काठमाडौं ।शुक्रबार साँझ निकैबेर मधेसी मोर्चाका नेताहरु वार्तामा आउने प्रतिक्षामा रहेका प्रधानमन्त्री जव निराश भए, मधेसी मोर्चाका नेताहरु बालुवाटारको साटो लैनचौर पसे ।
अनि उनले थाहापाए की अब सिधै दिल्लीसँगको पहँचमा पुग मधेसी मोर्चाका नेताहरु । तर, प्रधानमन्त्री ओलीले यतीमा हरेश खाएनन् ।
ओलीले अथक प्रयास गरेपछि शनिबार साँझ सात बजे वार्ता तय भएको बालुवाटार स्रोतको दाबी छ । संविधान जारी गर्दाका सहयात्री प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच वार्ता हुने तय भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले बताएका छन् ।
तर, वार्तामा मोर्चाका नेताहरु आउनेबारे ढुक्क हुने अवस्था भने नरहेको बालुवाटार स्रोतको दाबी छ । यस अघि दुई वटा समय खेर गएको स्मरण गर्दै बालुवाटार स्रोत भन्छङप्रमुख दलको अनौपचारिक छलफल एउटा टुंगोमा पुगेकाले मोर्चाका नेताहरु आउन सहमत भएका छन् ।
प्रधानमन्त्रीले आह्वान गरेको वार्तालाई मोर्चाका नेताहरुले औचित्यहिन भन्दै आएपनि अन्तिममा आएर सकारात्मक भएको बताइन्छ ।
बालुवाटार वार्तामा सत्तारढ गठबन्धन, प्रमुख विपक्षी नेपाली कांग्रेस र मोर्चाका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । प्रमुख तीन दलले तीन बुँदे धारणा तय गरीसकेका छन् ।
तीन दलले तयार पारेको प्रस्तावमा अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि बढाउने र सीमांकनको विषय राजनीतिक समितिमार्फत तीन महिनाभित्र टुङ्ग्याउने प्रर नागरिकताको विषय मिलाउने रहेको छ ।
मोर्चाले भने तीन दलको प्रस्ताव नयाँ बोत्तलमा पुरानै रक्सीको संज्ञा दिएको छ । दिल्ली जाने तयारीमा रहेका मधेसी मोचाएका नेताहरुले प्रमुख दल र सरकारलाई होच्याउने प्रयास गरेको बुझीएको छ ।
दिल्लीको दाउमा उनीहरु प्रधानमन्त्रीको मन राखिदिनकालागि मात्र बालुवाटार जानलागेको पक्का छ ।
nepalsandesh

भारतीय नागरिकले भने- मोदी नेपालीलाई दुःख दिएर ठिक गरेनौं

लमजुङ । भारतको बिहार प्रदेशका शंकरदयाल सिंह अहिले ५६ वर्षका भए । पेसाले उनी शिक्षक हुन् । माध्यमिक तहसम्म उनले गणित विषय पढाउँदै आएका छन् । उनी नेपाल बस्न थालेको ३० वर्ष भयो । दुई वर्ष उनले नेपाल भारत सीमानामा पर्ने नवलपरासीको त्रिवेणीस्थानमा एक स्कुलमा पढाए । २८ वर्षभयो उनले पश्चिम लमजुङको भोर्लेटारस्थित ईशानेश्वर उच्च माविमा पढाउन थालेको ।
नेपाल बसाईमा उनले उनले दुईपटकसम्म भारतको नाकाबन्दीले पारेको समस्या भोगे । दोस्रो पटक पनि भारतले नाकाबन्दी गर्दा उनको सारै चित्त दुखेको छ । ‘छिमेकी कमजोर हुँदा त सहयोग पो गर्ने हो,’ उनले भक्कानिँदै भने ‘छिमेकीलाई रुवाएर कहिल्यै भलो हुँदैन ।’
अहिले भएको नाकाबन्दीले उनी निक्कै समस्यामा परेका छन् । प्यारालाइसिसको बिरामी भएपनि उपचार गर्न सकेका छैनन् । ‘औषधि सकिएको छ, लिन जान पाएको छैन । भारतको पटनामा परीक्षण गराउँदै आएको थिएँ । घरमा खाना पकाउने ग्यास पनि सकिएको छ ।’ सकसपूर्ण व्यथा सुनाइरहँदा उनले बारम्बार आँसु झारेका थिए । विद्यालय नजिकै छ ।
घर भारतमै रहेका तीन छोरा र एक छोरीको चिन्ता र भारतले नाकाबन्दी लगाएर नेपाली समुदायको चित्त दुखाइको विषय उनका लागि झन् ठूलो चिन्ताको विषय बनेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
dainiknepal

टिमुरेमा अन्तर्राष्ट्रिय सुक्खा बन्दरगाह बन्‍ने

नेपाल-चीनबीच सम्झाता सम्पन्‍न
काठमाडौं: चीनसँगको व्यापार तथा पारवहन सहज बनाउन रसुवाको टिमुरेमा अन्तर्राट्रिय स्तरको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) बन्ने भएको छ।


शुक्रबार चीन र नेपालबीच सम्पन्न सम्झौताले टिमुरेमा अन्तर्राष्ट्रिय स्तरको बन्दरगाह निर्माण कार्यलाई मार्ग खुला गरेको हो।टिमुरेका वडा नम्बर ४ र ५ मा पर्ने पाँच हेक्टर क्षेत्रफलमा सुक्खा बन्दरगाह बनाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समिति र चीन सरकारको तर्फबाट द आर्किटेक्चरल रेकोनेसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीबीच सम्झौता भएको हो।

समितिका तर्फबाट कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चिनियाँ कम्पनीका तर्फबाट अध्यक्ष फु जेनझाओले सम्झौतापत्रमा हस्ताक्षर गरे। बन्दरगाह निर्माणसम्बन्धी तयार विस्तृत प्रतिवेदन खाकामा दुवै पक्षले हस्ताक्षर गरेका हुन्।

भारतको नाकाबन्दीपछि इन्धन तथा दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा आएको असहजताका कारण दैनिक जनजीवन अस्तव्यस्त बनेपछि सरकारले विकल्पको रूपमा चिनियाँ नाका सञ्चालनमा ल्याउन लागेको हो।

कार्यकारी निर्देशक बस्नेतका अनुसार बन्दरगाहसम्बन्धी अहिले सर्भे डिजाइनको काम सम्पन्न भएको छ। अब डिजाइनअनुसार आगामी तीन महिनाभित्रमा लागत खर्चको अध्ययन गरेर पुनः अर्को सम्झौता गरेर त्यसपछिको दुई वर्ष ६ महिनाभित्रमा बन्दरगाह निर्माण सम्पन्न गरिनेछ।
टिमुरेका वडा नम्बर ४ र ५ मा पर्ने पाँच हेक्टर क्षेत्रफलमा सुक्खा बन्दरगाह बनाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समिति र चीन सरकारको तर्फबाट द आर्किटेक्चरल रेकोनेसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीबीच सम्झौता भएको हो।
चीनलाई जोड्ने नाका तातोपानी भूकम्पका कारण अवरुद्ध छ। यो बन्दरगाहको निर्माण सम्पन्न भएपछि नेपाल र चीनबीच सघन व्यापारिक सम्बन्ध टिमुरेमार्फत जोडिने दुवै पक्षको विश्वास छ। 'लागत खर्च अध्ययन भएपछि खर्चको विषय टुंगो लाग्छ', कार्यकारी निर्देशक बस्नेतले भने, 'चिनियाँ पक्षले तातोपानी नाकाभन्दा यो नाकालाई बढी प्राथमिकतामा राखेर द्रुत गतिमा काम अघि बढाउन आफ्ना निकायलाई निर्देशन दिएको छ। आशा गरौं, चाडैं निर्माण कार्य सम्पन्न हुनेछ।'

टिमुरेमा सुक्खा बन्दरगाह बनाउनेसम्बन्धमा अनुदान उपलब्ध गराउने विषयमा यसअघि पनि दुईपक्षीय सम्झौता भइसकेको छ। सन् २०११ को अगस्त १७, २०१२ को जनवरी १४ र २०१४ को अक्टोबर १६ मा चीन सरकार र वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता भएको थियो।

त्यसपछि अर्थ मन्त्रालयसँग २०१५ को अप्रिल १० मा पत्र आदानप्रदान भएको थियो । सोही सम्झौताका आधारमा सुक्खा बन्दरगाहका लागि विस्तृत डिजाइन सम्झौता सम्पन्न भएको हो।बन्दरगाह निर्माण गर्न लाङटाङको वन्यजन्तु आरक्ष केन्द्रले पनि तीन हेक्टर क्षेत्रफल उपलब्ध गराएको छ।

सम्झौताअनुसार चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पाँच हजार वर्गमिटर क्षेत्रफलमा पाँचतले प्रशासनिक भवन तथा आवास भवन, करिब तीन सय ५० ट्रक अटाउने क्षमताको पार्किङ क्षेत्र रसात सय ५० वर्गमिटरको क्षेत्रफलमा गोदाम भवन निर्माण गरिनेछ।

यसैगरी दुई हजार ८० वर्गमिटरको क्षेत्रफलमा दुईवटा मालसामान जाँच पास गर्ने खुला टहरा (अप्राइजल सेड), चेकपोस्ट, अग्निनियन्त्रक प्रणाली, विद्युत्, पानीसम्बन्धी भौतिक पूर्वाधार निर्माण गरिनेछ।चीनसँग व्यापार तथा पारवहन सहज बनाउन हालै सरकारले धादिङको गल्छीदेखि रसुवागढीसम्मको सडक स्तरोन्नति गर्न नेपाली सेनालाई जिम्मा दिएको छ।

चीनको सिगात्सेदेखि केरुङसम्म साढे चार सय किलोमिटरको दूरी छ। केरुङबाट रसुवागढीसम्मको दूरी २६ किलोमिटर छ । निर्माण गर्न लागिएको टिमुरे बन्दरगाह र रसुवागढीबीचको दूरी दुई किलोमिटर पाँच सय मिटर छ।

'बाटो स्तरोन्नति र बन्दरगाह निर्माण भएपछि चीनसँग पहिलो सबैभन्दा ठूलो व्यापारिक नाका खोलिने र उक्त बन्दरगाहको सदुपयोग गरेर नेपाली जनताले दैनिक रूपमा ठूलो परिमाणमा व्यापारिक कारोबार गर्न सक्षम हुनेछन्’, चिनियाँ कम्पनीका अध्यक्ष फु जेनझाओले भने।...
annapurnapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस

ज्ञानेन्द्र सत्तामा आउने नेपाली माता -सबिता सरु शर्मा

धनकुटा जिल्ला मा २७ वर्ष अघि ७ महिना मा आमाको कोख बाट जन्मिएर ७ बर्ष मा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौँ मा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्।

उनले अहिलेसम्म नेपाल का नाम चलेका राजनीतिज्ञ देखि लिएर चर्चित कलाकार, उधोगपति हरु र पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायीका रेखा थापा लगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी उनि बताउछिन साथै हिमानी शाहा, माधब नेपाल, शेर बहादुर देउवा तथा नायिका रेखा थापा को योग एकदमै राम्रो रहेको नि उनि बताउछिन।

सर्वसाधारणहरु समेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् भने उनि अहिले देश विदेश मा नेपाली माता जी को नाम बाट प्रख्यात छिन। उनि भन्छिन भविष्यबाणी हेर्ने मेरो पेशा हो मैले कुनै बिध्या किताब ध्यान गरेको होइन, मलाई स्वतः अलौकिक शक्ति आएको हो मलाई यो सबै शिब भगवान र सरस्वति माता को कृपा ले प्राप्त भएको बताउछिन।

मैले सहजै भन्नु पर्दा म सात महिनामा जन्मेको, सात बर्षको उमेरमै म माथि अलौकिक शक्ति प्राप्त हुन गयो । मलाई भगवान शिव र सरस्वती माताले म माथि अलौकिक शक्ति प्रदान गर्नुभयो । जब मैले हेर्न सुरु गर्ने समयमा माता भनेको बुढै मान्छे मात्रै हुन्छ भन्ने पनि पाएँ । तर त्यस्तो होइन । म के भन्छु भने अलौकिक शक्ति कसैलाई जन्मजात हुन्छ, कसैलाई उमेर अनुसार फरक पर्दै जाने हो । अलौकिक शक्ति जो पायो त्यही व्यक्तिले पाउन गाह्रो छ।

नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन कुनै पनि ज्ञान सकारात्मक सोच र पवित्र मन भयो भने आउने हो। पूर्व जन्ममा मैले राम्रो काम गरेको रहिछु र यो जन्ममा पनि धार्मिक काम गरेर विभिन्न व्यक्तिहरुसँग भेट भयो उहा हरु लाइ खुसि बनाउन सके अनि आफ्नो ज्ञान बाड्न सके। सबै कुरा अलौकिक शक्तिको कारण ले पनि हो। ज्योतिषमा उच्च शिक्षा हासिल गरेका गुरूहरु लाइ पनि मैले भेट्ने अवसर पाएँ उहा हरु पनि म संग सन्तुस्ट हुनु भएको छ। उहाँहरु चाही जन्म कुण्डली नक्षत्र अनुसार हेर्नुहुँदो रहिछ । त्यो पनि पला घडि मिलेको छ भने यसमा एक सय प्रतिशत मिल्छ भन्ने हो।

चिना मिलेको छ भने ज्योतिषले भनेको कुरा मिल्छ । तर मलाई चिनाहरु चाहिदैन। मैले आवाजबाट, हातको रेखाबाट, फोटोबाट हेर्दै आको छु । यसैलाई म अलौकिक शक्ति मान्छु अनि शिब भगवान को बरदान पनि यहि मेरो ज्ञान अनि पेशा ले गर्दा नै १३ लाख भन्दा बेसी को आफु ले भबिष्य हेरेको र सबै संग भेटघाट गर्न पाएको र विदेश मा बस्ने नेपाली हरु को पनि आबाज फोटो बाट उनीहरु को भबिष्य हेरेको बताउछिन। म आफै विदेश नपुगेता पनि मेरो लाखौ भक्तजनहरुको माध्यमबाट पुग्न सफल भएकी छु। तर अब चाडै नै विदेश मा बस्ने भक्तजन हरु को अनुरोध मा देश बाहिर पनि जान लागेको कुरा पनि माता बताउछिन।

उनले मानिस को मात्र पनि होइन मुलुक को पनि केहि भबिष्यबाणी गरेकी छन् उनको भनाइ अनुसार  २०७३ सालदेखि उता देशमा केही शान्ति हुन्छ भनेर पहिला पनि भनेकी थिए । यो २०७२ साल सम्म यस्तै हुन्छ किन कि २०७२ मुलुक को लागि अनिष्ट छ । २०७३ सालबाट केही शान्ति हुन्छ की भन्ने मैले देखेकी छु। अहिले रहेको संविधानसभा भवन जुन नयाँ बानेश्वरमा छ त्यसमा नकारात्मक दोष परेको छ। त्यहाँ बसेर कुनै काम सञ्चालन गर्छु भन्दा स्वतः सञ्चालन हुने, छिट्टै सम्पन्न हुने अवस्था देखिदैन। प्रधानमन्त्रि हुनेमा के.पी. शर्मा ओली को अलि राम्रो योग रहेको कुरा उनले पहिले देखि नै भन्दै आएको पनि बताउछिन।

उनि संग राजनीतिज्ञ, ब्यापारी, सर्बसाधारण देखि गुन्डा गर्दी मा संलग्न सबै खाल का मानिस हरु आफ्नो भबिष्य देखाउन आउछन भने कति ले धम्कि पनि दिन्छन नराम्रो पनि भन्छन, कति ले बाहिर नराम्रो काम गरेर अब मेरो के हुन्छ भनेर पनि देखाउन आउछन तर सबै लाइ सकारात्मक सदमार्ग देखाएर पठाउने गरेको उनि बताउछिन। उनि भन्छिन मुलुक मा २०७८ सालसम्म केही न केही समस्या आइरहन्छन् । २०७२ साल देशकालागि एकदमै डरलाग्दो साल हो।

माता भन्छिन अलौकिक शक्ति धेरै सँग हुन्छ तर चिन्न सक्नु पर्छ। अलौकिक शक्ति एकै ठाउमा रहेर यसलाई निर्धारण गर्नु पर्यो । यसलाई विकृतिको रुपमा लिनुहुँदैन। अहिले मानिस हरु मा बिकृति हरि फैली रहेको छ यस लाइ सकारात्मक संदेश दिएर मुलुक अनि जनता हरु लाइ अग्रगामी दिशा तर्फ उन्मुख गर्दै सबै ले हत्या हिम्सा लाइ त्यागेर शान्ति को मार्ग मा लाग्नु पर्ने बताउछिन।

नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन यो मेरो पेशा हो, यो भित्र नि नियम छ म सबै लाइ उतिकै माया गर्छु मेरो नि आफ्नै दायरा छ नेपाल भित्र बाट मात्र नभएर विदेश बाट पनि तपाई हरु ले सम्पर्क गर्न सक्नु हुनेछ। यदि तपाई हरु पनि नेपाली माता सबिता सरु शर्मा आचार्य संग भेट घाट गर्न चाहनु हुन्छ अन्य बिस्तृत जानकारी लिन चाहनु हुन्छ भने उहा को यो मोबाईल नम्बर ९८४२२१७१६२ मा फोन गर्न सक्नुहुन्छ।

संघीयता खारेज गर्न एमालेका वरिष्ठ नेता खनालको प्रस्ताव

काठमाडौं, १९ मंसर । एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मधेसी मोर्चाका गतिविधिले संघीयता विफलताको बाटोमा हिँडिरहेको बताउनुभएको छ ।
उहाँले मधेसी मोर्चाका केही नेताहरूले भने अनुसार संघीयताको सिमाङ्कन हुनै नसक्ने बताउनुभयो । ‘मधेसी मोर्चाले माग गरे अनुसार सहमति हुँदैन’, खनालले भन्नुभयो, ‘यस्तै अवस्था रहे संघीयता विफल हुन्छ । खारेज हुन सक्छ ।’
मधेसी मोर्चाले समथल मैदानभरि मधेसी प्रदेश माग गरेको विषयप्रति आक्रोशित बन्नुभएका एमालेका वरिष्ठ नेता खनालले भन्नुभयो, ‘समथल मैदान खोज्ने हो भने बिहार, उत्तर प्रदेश सिङ्गो भारत समथल छ । त्यो पनि ल्याए हुन्छ ।’
उहाँले बिगतमा मधेसी मोर्चासँग भएको सहमतिमा झापादेखि कञ्चनपुरसम्मको भू–भाग मधेसी प्रदेश दिने भनेर कुनै सहमति नभएको बताउनुभयो ।
‘मधेसी मोर्चाले माग गरे अनुसार स्वायत्त मधेस प्रदेश सप्तरीदेखि पर्सासम्म प्रदेश बनेको छ’, नेपालवाणी रेडियो नेटवर्कमा आज (शनिबार) बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै भन्नुभयो, ‘उनीहरूको सीमाङ्कनको माग कदापि पूरा हुँदैन ।’
नेपालभित्रको समस्यामा भारतले अनावश्यक हस्तक्षेप गरेको बताउनुभएका खनालले भन्नुभयो, ‘दिल्लीको चाबीले समस्या समाधान गर्न सक्दैन ।’ उहाँले अगाडि भन्नुभयो, ‘विभिन्न ठाउँतिर चाबी खोज्न मधेसी नेताहरू हिँडेका छन् भने त्यो पुरानो चाबीले काम गर्दैन ।’ उहाँले नयाँदिल्लीले नेपालमा सहमति खोज्ने विषय पुरानो भइसकेको उल्लेख गर्नुभयो ।
अहिलेसम्म मुलुकमा सुरक्षा निकायले गरेको कार्यको प्रसंशा गर्नुभएका खनालले आवश्यक पर्दा राज्यका सबै सुरक्षा अंग परिचालन हुने चेतावनी दिनुभयो । ‘आवश्यक परे राज्यका सबै सुरक्षा अंग चल्छ’, उहाँले भन्नुभयो ।
मधेसी मोर्चाले नाकाबन्दी गर्ने क्षमता नराख्ने एमालेका वरिष्ठ नेता खनालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मधेसी मोर्चाले नाकाबन्दी गर्न सक्छ की सक्दैन त्यो त उनीहरूको ‘खुट्टी’बाट सबैले थाहा पाएका छौँ । नाकाबन्दी गर्ने मधेसी मोर्चाको ‘खुट्टी’ देखिएको छ ।’
उहाँले दशगजामा चार जना बसेर रक्सौलमा अबरोध गरेको उल्लेख गर्नुभयो । ‘दशगजामा चार जना बस्ने । प्रहरीले हस्तक्षेप गर्दा भारत भागेर जाने । पेट्रोल बम हान्ने । ढुङ्गा हान्ने गैरराष्ट्रवादी चरित्र हो’, खनालले भन्नुभयो ।
भारतले नाकाबन्दी लगाएर नेपाललाई चीनसँग व्यापार गर भनेर दबाव दिइरहेको बताउनुभयो । उहाँले चीनसँग पनि ब्यापार सम्झौता गर्नुपर्ने बताउनुभयो ।
dainiknepal

Friday, December 4, 2015

भारतीय दूतावासमा मोर्चा नेताहरुले के-के गरे ?

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रिपक्षीय वार्ता छाडेर भारतीय राजदूतावास पुगेका मधेसी मोर्चाका नेताहरुले मधेस आन्दोलनबारे छलफल भएको बताएका छन् ।
बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेशराय यादवले भने– हामी व्यक्तिगत भेटघाटमा गएका हौं । मधेस आन्दोलन र सर्लाहीमा विहीबार भएको सरकारी दमनबारे भारतीय राजदूत रञ्जीत रेलाई जानकारी गरायौं ।’
उनले मोर्चाका नेताहरु एकैसाथ दूतावास नपुगेको बताए । व्यक्तिगत भेटघाट गर्न समूह नै चाहिन्छ भन्ने प्रश्नमा उनले भने- ‘मलाई दूतवासले बोलाएको थियो । संयोगबंश महन्थ ठाकुर र उपेन्द्र यादवपनि त्यही हुनुहुदो रहेछ । हामी विशुद्ध व्यक्तिगत भेटघाटमा गएका हौं ।’ उनले भारतीय राजदूत रेलाई सबै नेताले पालैपालो मधेस आन्दोलनमा भइरहेका प्रगतिबारे जानकारी गराएको बताए ।
यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्लाहीमा भएको सरकारी दमनको विरोधमा वार्तामा नगएको बताए ।
dainiknepal