Tuesday, July 21, 2015

राजधानीमा कारबम विस्फोट, ११ जनाको मृत्यु

साना, ५ साउन । यमनको राजधानी साना सहरको विद्रोहीको नियन्त्रणमा रहेको एक क्षेत्रमा अवस्थित एक सिया मस्जिदनजिकै कार बम विस्फोट भएको छ ।
बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आइएस) समूहले लिएको छ । सिया विद्रोहीहरुले सो कुरा मङ्गलबार जनाएका छन् । सो आक्रमणमा परी कयौँ व्यक्तिको मृत्यु भएको थियो ।
सोमबार साँझमा भएको यस विस्फोटमा बालबालिकासहित आठ व्यक्ति घाइते भएका विद्रोहीको नियन्त्रणमा रहेको त्यहाँको सबा समाचार समितिले जनाएको छ ।
यमनमा गत मार्चदेखि आइएससमूहसँग आवद्ध सुन्नी अतिवादीहरुले सिया विरुद्ध भीषण आक्रमण गर्दै आएका छन् । जिहादीहरूको एक वेभसाइटमा प्रकाशित विज्ञप्तिका अनुसार सिया हुथी विद्रोही विरुद्ध बदलाको भावनाले सो आक्रमण गरिएको बताइएको छ ।
गत सेप्टेम्बरको अन्त्यदेखि यमनको कयौं क्षेत्र नियन्त्रणमा लिएका हुथी समूहका विद्रोहीहरुहमा राजधानी सानामा रातभर भएको झडपमा परी ११ लडाकूहरुको ज्यान गएको बताइएको छ ।
तर अहिले भने यमन र साउदी अरेबियाका सेनाले सो सहर आफ्नो नियन्त्रणमा लिइसकेको छ । गत आइतबारदेखि नै यमनको विभिन्न क्षेत्रमा बमलागायतका आक्रमणहरुमा दर्जनौँ नागरिक मारिएका छन् । रासस/एफपी

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.