Thursday, July 30, 2015

अर्काकी श्रीमतीसँगको चक्करले एक करोड स्वाहा

अर्काकी श्रीमतीसँगको चक्करले एक करोड स्वाहा
क्रान्ति शाह |

फोटो :युरिकाको परिवारबाट ठगिएका आकाश सिकरिया । तस्बिर : क्रान्ति शाह
वीरगन्ज :  वीरगन्जका एक प्रतिष्ठित व्यवसायीका छोराले झुठो प्रेमको चक्करमा एक करोड रुपैयाँ बढीको सम्पति गुमाएका छन् ।

वीरगन्ज–१५ मुर्ली निवासी पेट्रोलियम पदार्थका व्यवसायी रामजी सिकारियाका छोरा २५ वर्षीय आकाश सिकारियाले माया प्रेमको झुठो आश्वासनमा परेर एक रोड ६ लाख रुपैयाँ गुमाएका हुन् ।


आफनो सर्वस्व नै ठानेर करोडौं रुपैयाँ खर्च गरेकी प्रेमिका अर्कैको श्रीमति भएको रहस्य खुलेपछि  आकाश अहिले घर न घाटको जस्तै भएका छन् ।

चार वर्षदेखिको प्रेमसम्बन्धलाई साकार पार्न आकाशले काठमाडौँमा रहेकी प्रेमिका युरिका दाहाललाई बिहे गर्न जेठ १० गते वीरगन्ज बोलाए । युरिका काठमाडौँबाट वीरगन्ज त आइन् तर उनले आफू अर्कैकी पत्नी भएकाले बिहे नगर्ने बताएपछि आकाश छाँगाबाट खसेझैँ भए ।

अविवाहित भनिएकी प्रेमिका विवाहित भएको थाहा पाएपछि आकाशले युरिकाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ठगीको मुद्धा दर्ता गरे । आकाशको उजुरीका आधारमा प्रहरीले असार २८ गते  युरिका, उनका बुबा हिक्मत ढकाल र भाइ मञ्जील ढकाललाई हिरासतमा राखेको छ ।

आकाशले आफुसँग पटक पटक पटक गरेर युरिका र उनका आफन्तले एक करोड ६ लाख रुपैयाँ ठगेको आरोप लगाएका छन् । ७० लाख ४० हजार रुपैयाँ युरिका र उनको दिदीको बैंक खातामा तथा बाँकी ३५ लाख ६० हजार रुपैयाँ नगद दिएको आकाशको उजुरीमा उल्लेख छ ।

‘उजुरीका आधारमा तीन जनालाई पक्रेर हिरासतमा राखेका छौं’, पर्साका प्रहरी नायव उपरीक्षक वीरबहादुर ओलीले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’  

युरिका झापाको अर्जुधारा गाविस–२ स्थायी घर भइ हाल ललितपुर उपमहानगरपालिका–१४ निवासी हिक्मत ढाकालकी कान्छी छोरी हुन् । सात वर्षअघि लोकेन्द्र राजभण्डारीसँग बिहे भइसकेकी उनका ६ वर्षीया छोरा पनि छन् ।

वीरगन्जको लिंकरोडमा अवस्थित रानीपोखरी लजमा २०६८ सालमा आकाश र युरिकाको पहिलो पटक भेट भएको थियो । आफ्ना एक साथीले लजमा पहिलो पटक युरिकासँग परिचय गराएको आकाश बताउँछन् ।

 पहिलो भेटमा युरिकाले आफू अविवाहीत भएको बताएपछि दुवैबीच निकटता बढ्दै गयो । आकाशले राखेको प्रेम प्रस्ताव युरिकाले पनि सहजै स्वीकारिन् । त्यसपछि आकाश युरिकालाई भेटन पटक पटक ललितपुर जान थाले ।

युरिकाका बुबा , दिदी र भाइले पनि युरिका अविवाहित रहेको भन्दै विहे गराइदिने आश्वासन दिएकाले आफुले युरिकालाइ पैसा दिँदै आएको आकाश बताउँछन् ।

युरिकाले आफनो घरको आर्थिक अवस्था कमजोर रहेको बताएपछि आकाशले २०७१ सालमा ललितपुरको ढोलैटीमा अढाइ तल्ले घर भाडामा लिए । त्यही घरमा युरिकाका बुबा हिक्मत, भाइ मन्जील र जेठी दिदी अरिकासहित सपरिवार बस्न थाले ।

घरमा डेढ लाखको पलङ, टेलिभीजन, फर्निचर, कार्पेट, पर्दा, भाँडाकुँडा र फर्निचर सबै आफैँले खरिद गरेर दिएको आकाशको भनाइ छ । ‘आइफोन, आइप्याड, सुनको सिक्री र ब्रास्लेट पनि गिफट दिएँ’, उनले सुनाए, ‘यो सबै र नगद जोड्ने हो भने सवा करोड भन्दा पनि बढी पुग्छ ।’

ललितपुरमा रहेको कपडा पसलमा लगानी चाहिएको भनेपछि आफूले युरिकालाई पटक पटक रकम दिएको आकाश बताउँछन् । उनकै आग्रहमा आफूले उनकी दिदी अरिकाको बैंक खातामा रकम पठाउने गरेको आकाशले सुनाए । अरिकाको बैंक खातामा पाठएको रकम युरिकाले आफ्नो खातामा सार्ने गरेकी थिइन् ।

‘मैले जे जति रकम पठाएँ, त्यो सबैको बैंक डिटेल्सको कागजात मसँग छ । मसँग भएजति प्रमाणको कागजता प्रहरीलाई दिइसकेको छु’, ‘आकाशले भने, ‘युरिकाकै प्रेम चक्करमा परेर बुबासँग अंशबन्डा गरेर छुट्टिएँ । तर बुबा र काकाबीच पैतृक सम्पतिमा अंशबन्डा नभएकाले अदालतले त्यो बदर गरिदियो ।’

युरिकाबिना बाँच्नै नसक्ने बताएपछि बुबाआमा पनि बिहेका लागि राजी भएका उनी बताउँछन् । ‘बुबाआमालाई रिझाएर मैले जेठ १० गते उनलाई बिहेका लागि वीरगन्ज बोलाएको थिएँ’, उनले भने, ‘तर काठमाडौँबाट वीरगन्ज आएपछि युरिकाले आफु अर्कैको पत्नी भएको रहस्य खोलेपछि मर्नु न बाँच्नुको स्थितिमा पुगेको छु ।’

युरिकाको अर्को पनि प्रेमी रहेको आकाश बताउँछन् । ‘काठमाडौंका सतिष तण्डुकार नामका युवासँग पनि उसको चक्कर रहेछ’, उनले भने, ‘युरिकाको मोबाइलको कल डिटेलमा सतिषको मोबाइलमा धेरै पटक फोन गरेको देखियो । प्रेमको नाटक गरेर केटा लुट्ने युरिकाको धन्दा रहेछ ।’

आफुले प्रहरीमा उजुरी दिएपछि युरिकाका पति लोकेन्द्रले आफुलाई मार्ने धम्की पनि दिएको आकाशले बताए । ‘मलाई अरु केही चाहिएको छैन’ उनले भने, ‘मलाई मेरो पैसा फिर्ता गरिदिए पुग्छ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.