Friday, July 31, 2015

संविधान बनाउन छाडेर बर्लिनमा साइक्लिङ गर्दै गगन थापा

१५ साउन, काठमाडौं ।
गगन थापा नेपाली काँग्रेसका युवा नेता । उनको भाषण र तर्ककला देखेर नै होला अधिकाशं नेपाली युवा उनका प्रशंसक छन् । तर गगनका कमै प्रशंसकलाई थाहा छ कि उनी अहिले संविधान बनाउने निर्णायक घडिमा नेपाल छैनन् । उनको बिदेश भ्रमण झलनाथ खनालको जस्तो उपचार बहाना होइन कि उनी काँग्रेसका एक संगठनको कार्यक्रममा भाग लिन जर्मनी पुगेका छन् ।

गगन काँग्रेसका बुढा नेताहरुले पक्ष लिंदै आएको परम्परागत असफल शासकीय स्वरुपको विपक्षमा छन् । अर्थात् काँग्रेस संसदबाट निर्वाचित प्रधानमन्त्रीको पक्षमा छन् । संविधानको पहिलो मस्यौदामाथि राय सुझाव दिनेमध्ये अधिकांशले वडादेखि केन्द्रसम्म प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा मत जाहेर गरे ।

तै पनि काँग्रेसको मुख्य नेतृत्वले संसदीय व्यवस्थाको विकल्प खोज्न आवश्यक ठानेन । जनमतलाई जनमत संग्रह मान्न नसकिने तर्क गरेर ऊ पन्छियो ।

तर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत गर्दै आएका गगन भने आफूले समेत समर्थन जनाउँदै आएको मुद्धामा बहस चर्केका बेला स्वदेशमा छैनन् ।

पार्टी सम्वद्ध नेपाली जनसम्पर्क समितिको कार्यक्रमको सिलसिलामा जर्मनीमा छन् ।

मुलुकमा संविधान लेखनकार्य अन्तिम चरणमा पुगेका बेला आफ्नो जिम्मेवारी छाडेर गगन थापा बर्लिनका सहरहरुमा साइकलिङ र फोटो सुटमा व्यस्त छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.