Tuesday, August 4, 2015

दुबई नपुग्दै दिल्लीमा समातिएका २७ युवतीलाई जहाजमा काठमाडौं फर्काइयो

काठमाडौं : दुबई लैजाने क्रममा भारतको दिल्लीमा पुर्‍याइएका २७ जना युवतीलाई उद्धार गरी मंगलबार जहाजमा काठमाडौं फर्काइएको छ।

दिल्लीस्थित नेपाली दूतावास र महिला मन्त्रालयको पहलमा उनीहरुलाई स्वदेश फर्काइएको हो। उनीहरुलाई अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा राखिएको छ। नेपाल बायु सेवा निगमको जहाजमा उनीहरुलाई अपरान्ह पौने एक बजे काठमाडौं ल्याइएको हो।


विमानस्थलबाट प्रहरीकै गाडीमा उनीहरुलाई ब्यूरोमा लगिएको छ। प्रहरी मुख्यालयका वरिष्ठ उपरीक्षक दिनेशप्रसाद गौतमले अनुसन्धान गरेर सबै कुरा बाहिर ल्याइने बताए।  एसएसपी गौतम फर्केका युवतीहरुलाई रिसिभ गर्न आफै विमानस्थल पुगेका थिए।

मानव बेचबिखनमा संलग्न गिरोहले दुबई डान्स बारमा राम्रो जागिर लगाइदिने प्रलोभन दिएर ती युवतीलाई  दिल्ली लगेको बुझिएको छ। दिल्लीस्थित प्रहरी र केही सामाजिक संस्थाको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो।

उद्धार गरेर फर्काइएका युवतीमा २० देखि ४० वर्षसम्मका छन्। ती युवतीहरुलाई भीभीआइपी गेट प्रयोग गरेर विमानस्थलबाट बाहिरि निकालिएको थियो।
annapurnapost.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.