Monday, August 3, 2015

सैनिकको विमान दुर्घटनाग्रस्त, १२ को ज्यान गयो

बेरुत, १८ साउन । सिरियाली सेनाको एक विमान सिरियाको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । सो विमानमा रहेका १२ जनाको ज्यान गएको पनि बताइएको छ ।

उत्तर पश्चिमी नगर आरिहमा सोमबार सो विमान दुर्घटना भएको बताइएको छ । सिरियामा मानवअधिकारको अनुगमन गरिरहेको एक संस्थाले सो बारेमा जानकारी दिएको छ ।

उक्त सहर विद्रोहीहरुको बढी प्रभाव रहेको क्षेत्र हो । उक्त विमान सो नगरमा बमबारीका लागि प्रयोग भएको हुनसक्ने आशङ्का गरिएको छ ।

तर यस समाचारको पुष्टि भने भएको छैन । सानो विमान भएकोले यसलाई उक्त प्रयोजनमा प्रयोग नगरिएको हुनसक्ने अनुमान छ ।

प्राप्त पछिल्लो समाचारअनुसार तर सो विमान निकै होचो भएर उडेकोले विद्रोहीले खसालेको हुनसक्ने पनि अर्को आशङ्का गरिएको बताइएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले दिएको जानकारी अनुसार सो विमान होचो भएर उडेको र त्यसमा प्राविधिक गडबडी उत्पन्न भएको हुनसक्छ ।

सिरियामा सरकारी विमानमात्र उड्ने कानुन बनाइएको छ । तर सरकारी विमान वा सेनाका युद्धक विमान पनि कयौँलाई विद्रोहीले खसालिदिएका छन् ।

जसले गर्दा यहाँको सरकारले सेनाका कयौँ साना विमान गुमाएको बताइन्छ । सिरियामा गएको कम्तीमा पनि चार वर्षदेखि गुहयुद्ध चलिरहेको छ ।

जसका कारण दशौँ हजार नागरिकले ज्यान गुमाएका छन् । रासस/एएफपी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.