Saturday, December 5, 2015

भारतीय नागरिकले भने- मोदी नेपालीलाई दुःख दिएर ठिक गरेनौं

लमजुङ । भारतको बिहार प्रदेशका शंकरदयाल सिंह अहिले ५६ वर्षका भए । पेसाले उनी शिक्षक हुन् । माध्यमिक तहसम्म उनले गणित विषय पढाउँदै आएका छन् । उनी नेपाल बस्न थालेको ३० वर्ष भयो । दुई वर्ष उनले नेपाल भारत सीमानामा पर्ने नवलपरासीको त्रिवेणीस्थानमा एक स्कुलमा पढाए । २८ वर्षभयो उनले पश्चिम लमजुङको भोर्लेटारस्थित ईशानेश्वर उच्च माविमा पढाउन थालेको ।
नेपाल बसाईमा उनले उनले दुईपटकसम्म भारतको नाकाबन्दीले पारेको समस्या भोगे । दोस्रो पटक पनि भारतले नाकाबन्दी गर्दा उनको सारै चित्त दुखेको छ । ‘छिमेकी कमजोर हुँदा त सहयोग पो गर्ने हो,’ उनले भक्कानिँदै भने ‘छिमेकीलाई रुवाएर कहिल्यै भलो हुँदैन ।’
अहिले भएको नाकाबन्दीले उनी निक्कै समस्यामा परेका छन् । प्यारालाइसिसको बिरामी भएपनि उपचार गर्न सकेका छैनन् । ‘औषधि सकिएको छ, लिन जान पाएको छैन । भारतको पटनामा परीक्षण गराउँदै आएको थिएँ । घरमा खाना पकाउने ग्यास पनि सकिएको छ ।’ सकसपूर्ण व्यथा सुनाइरहँदा उनले बारम्बार आँसु झारेका थिए । विद्यालय नजिकै छ ।
घर भारतमै रहेका तीन छोरा र एक छोरीको चिन्ता र भारतले नाकाबन्दी लगाएर नेपाली समुदायको चित्त दुखाइको विषय उनका लागि झन् ठूलो चिन्ताको विषय बनेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.