Thursday, January 26, 2017

खोकी लागेको छ ? घरमै यसरी तयार पार्नुस् कफ सिरप



खोकी लाग्यो भने औषधि पसलबाट कफ सिरप किनेर खाइहाल्ने चलन हुन्छ । तर कफ सिरपको नाम लिने बित्तिकै हाम्रो दिमागमा सबैभन्दा पहिले आउने कुरा हो की यो खाएपछि बढि निद्रा लाग्छ ।

के यस्तो बढि निद्रा लगाउने कफ सिरप औषधि पसलबाटै खरीद गरेर खानुपर्छ भन्ने छ र ? छैन । तपाइँ आफैले घरमै कफ सिरप बनाउन सक्नुहुन्छ । जसको कुनै साइड इफेक्ट पनि हुँदैन र तपाइँको खोकी पनि भगाइदिन्छ । घरमै कफ सिरप बनाउनका लागि तपाइँलाई चाहिने कुराहरु हुन् अदुवा, मह, कागती ।

अदुवामा खोकी तथा चिसो भगाउने प्राकृतिक गुण नै हुन्छ । यसले यसले घाँटीभित्र हुने संक्रमणलाई पनि कम गर्छ । यसमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ र एन्टी भाइरल तथा एन्टी ब्याक्टेरियल औषधिको काम गर्छ । अदुवामा ओलेओरेसिन नामको एक यौगिक पाइन्छ जसले खोकी तथा चिसोको समस्या हटाउनमा लाभदायक हुन्छ । मह पनि औषधिय गुणले युक्त हुन्छ । यसमा एन्टीअक्सिडेन्टका साथै जिवाणु प्रतिरोधी गुण हुन्छ र संक्रमणबाट बचाउने काम गर्दछ ।

त्यस्तै कागतीमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । एन्टीअक्सिडेन्टले भरिपूर्ण कागजतीले रोग प्रतिरोधी क्षमता बढाउने काम गर्दछ । त्यस्तै ग्लिसरिनले प्राकृतिक पि्रजर्भेटिभ अर्थात् संरक्षकको काम गर्दछ ।
कसरी बनाउने कफ सिरप ?
यसका लागि तपाइँलाई अदुवा, मह, दुइवटा कागती तथा पानी आवश्यक पर्दछ । सबैभनदा पहिले अदुवालाई सफा गरेर बोक्रा छिलेर टुक्रा टुक्रा पारेर काट्नुस् । एउटा कागती निचोरेर रस निकाल्नुहोस् । एउटा भाँडोमा एक कप पानी तताउनुहोस् । त्यसमा टुक्रा पारेको अलिकति अदुवा तथा आधा चम्चा कागतीको रस मिसाउनुहोस् ।


उक्त मिश्रणलाई पाँच मिनेटसम्म उमाल्नुहोस् । त्यसपछि त्यसलाई छान्नुहोस् । छानेको उक्त घोलमा केही मह मिसाउनुहोस् । र हल्का तताउनुहोस् । त्यसपछि त्यसमा दुइवटा कागती निचोर्नुहोस् ।

उक्त मिश्रणलाई पुनः केही बेर पकाउनुहोस् र त्यसलाई उतारेर कुनै सिसा वा प्लास्टिकको भाँडोमा खन्याउनुहोस् । त्यसपछि उक्त पदार्थलाई तपाइँ रुघाखोकी तथा चिसो लागेको बेला खान सक्नुहुन्छ । यसले तपाइँको रुघाखोकी भगाउनेछ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.