Sunday, January 29, 2017

मलार्इ धेरै डकार र पाद आँउछ कुन रोगको कारणले होला । हेर्नुहोस डा. को जवाफ

‘मुला खाई जंगल पस्नु अदुवा खाई सभा बस्नु’ हाम्रो समाजमा चलिआएको उखान हो । हाम्रो समाजमा कसैको अगाडि डकार्नु वा पाद्नु राम्रो मानिदैन । त्यसमा पनि बच्चाको अगाडि यस्तो गर्दा लाजमर्दो नै हुन्छ । यस्तो समस्या हामी सबैले भोग्दै आएको एक सामान्य समस्या हो । तर ग्यास नआउनुभन्दा आउनु स्वास्थ्यका लागि राम्रो कुरा हो । फरक यति मात्र हो कसैको ग्याँस बढी गन्हाउछ भने कसैको गन्हाउदैंन । एक स्वस्थ व्यक्तिको २४ घण्टामा १० देखि २० पटकसम्म ग्यास आउनु राम्रो हो । ग्यास कम आउनु र धेरै आउनु पाचन प्रणालीको असरले गर्दा हुन्छ ।

हाम्रो पाचन प्रणाली मुखबाट शरु भएर मलद्वारमा अन्त्य हुन्छ । हामीले खानेकुरा खाएपछि पाचन प्रकृया शुरु हुन्छ र अन्त्यमा दिसा बनेर बाहिर निस्कन्छ । यस्तो प्रकृयामा पेटको विभिन्न ठाउँँमा ग्यास बन्छ । केही ग्यास खाना खाँदा निलेर बन्छ भने केही ग्यास केमिकल प्रकृयाबाट बन्छ साथै केही ग्यास पेटमा भएका ब्याक्टेरीयाले बनाउँछ ।


हामीले खानेकुरा खाँदा हावा पनि सँगै खान्छौं, त्यो पेटमा जान्छ र त्यो ग्यास केही मात्रामा डकारको रुपमा बाहिर निस्कन्छ । बाँकी ग्यास अगाडि बढ्दै गएर तलबाट पादको रुपमा निस्कन्छ । सामान्य रुपमा निस्कने ग्यास न्यूटल ग्यास हुन्छन् । जस्तै अक्सिजन, कार्बनडाइअक्साइड, हाइड्रोजन, नाइट्रोजन, मिथेन हुन्छन् । ती ग्यास डकार र पादको रुपमा बाहिर निस्कन्छन् भने केही ब्याक्टेरियाले उपभोग गर्छ र केही रगतमा मिसिन्छ ।

सामान्य खाएको खानाबाट ग्यास पनि जाने हुनाले डकारबाट निस्कने हो । २४ घण्टामा १० देखि २० पटक पाद आउनु सामान्य मानिन्छ । खाना राम्रोसँग पच्यो भने ग्यास कम आउछ र खाना राम्रोसँग पचेन भने ग्यास बढी आउने हुन्छ । खानामा सल्फरको मात्रा बढी भयो भने सल्फर डाइअक्साइड निस्कने हुँदा पाद गन्हाउने हुन्छ । ग्यास धेरै आउनु कुनै रोग होइन तर धेरै ग्यास आउनु र गन्हाउनु भनेको पाचन प्रणालीले राम्रोसँग काम नगरेको बुझ्नु पर्छ ।

ग्यास आउने प्रकृया खानेकुरामा पनि भर पर्छ । कुनै खानेकुरा राम्रोसँग पच्दैन । जस्तै कार्बोहाइड्रृेृटयुक्त खाना धेरै खायो भने ग्यास निस्कन्छ । साथै सल्फरयुक्त भएको खानेकुरा खाँदा र सल्फर निकाल्ने ब्याक्टेरिया पेटमा भएमा गन्हाउने ग्यास आउँछ । यसका लागि सल्फरयुक्त खाना कम खानु पर्छ ।

डा भुपेन्द्रकुमार बस्नेत, फिजीसीयन, वीर अस्पताल

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.