Sunday, January 29, 2017

पछाडि पर्स वा मोवाइल बोक्ने बानी छ भने यो एकपटक पढ्नुहोस



बस्दा हाम्रो शरीरको पुठ्ठा सतहमा रहन्छ । कहिलेकाहीँ बस्ने ठाउँ असहज या धेरै साह्रो हुँदा पुठ्ठामा पीडा महसुस हुन्छ । लामो समयसम्म एकै सिटमा बसिरहँदा पनि पुठ्ठामा दुखाइ हुन्छ । पछाडि खल्तीमा बाक्लो पर्स या कडा वस्तु राखेर बस्दा पीडाको महसुस झन् धेरै हुन्छ । लामो समयको बसाइपछि कुनै वेला गोडा झमझमाउने पनि गर्छ । पुठ्ठामा धेरै दबाब पर्दा शारीरिक असर निम्तिन्छ ? वरिष्ठ नसारोग विशेषज्ञ डा. जेपी अग्रवाल भन्छन्ः

रक्तसञ्चारमा समस्या

असहज बसाइ (पकेटमा बाक्लो पर्स, मोबाइल, नमिलेको सिट, कडा सतहलगायत)का कारण पुठ्ठामा दबाब पर्छ । तीन वस्तुले घर्षण दिएको बाहिरी सतहको छालासँगै त्यहाँ भएका स–साना नसामा असर पुग्छ । पुठ्ठामा साना नसा निकै धेरै हुन्छन् । नसामा दबाब परेपछि रक्तसञ्चालनमै समस्या हुन पुग्छ । यस्तो आसनमा लामो समयसम्म बस्दा दुखाइ मात्रै होइन, झमझमाउने समस्या निम्तिन सक्छ ।


गोडाको नसामा असर

पुठ्ठाको भागमा धेरै दबाब या घर्षण हुँदा स–साना नसामा परेको असर गोडामा देखिन पुग्छ । पुठ्ठामा रहेका नसाहरूको सम्बन्ध पुठ्ठाभन्दा तलको भागसँग रहन्छ । त्यसैले पुठ्ठाका नसामा दबाब पर्दा समस्या निम्तिने गोडामा हो । पुठ्ठाभन्दा माथिल्लो भागतिर यसले असर गर्दैन । पुठ्ठामा जति धेरै दबाब पर्छ, खतरा उति नै बढी हुन्छ ।

के गर्ने ?

कहीँ पनि बस्दा पुठ्ठा रगडिने गरी बस्नु हुँदैन । बस्नेक्रममा पछाडि पकेटमा कडा वस्तु राखेर टाइट पार्नु हुँदैन । बसाइलाई सहज बनाउनुपर्ने हुन्छ । असहज बसाइले पुठ्ठामा मात्रै होइन, ढाडमा पनि असर पार्ने गर्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.