Thursday, January 26, 2017

थाहा पाउनुहोस् बदाम खानुका फाइदाहरु


काठमाडौं–मौसम अनुसार स्वास्थ्यको लागि कुनै न कुनै फलफुल लाभदायीक हुने गर्छ । जसमध्ये बदाम पनि एक हो । बदामलाई पौष्टिक तथा स्वास्थ्यवद्र्वक पनि मानिन्छ । हरेक मौसममा बदामको उपयोग लाभप्रद हुने गर्दछ । काँचो या पाकेको यसले मानिसलाई फाइदा पुर्याउँछ । बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ ।


जसले गर्दा बदाम चकलेट, केक र बिस्कुट जस्तै गरि खान योग्य छ । बदाम खानाले मुटुको रक्त केसिकाहरु स्वस्थ रहन्छन । बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । बोक्राका साथमा बदाम खानु अझ राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ ।
क्षमताभन्दा धेरै मात्रामा खानाले यसले प्रायजसो अपच हुन्छ र पेटलाई खराब गर्ने पनि गर्दछ । यति मात्र हैन, बदामको सेवन कोलेस्ट्रोललाई कम गर्नमा अझ प्रभावकारी हुन्छ । भिजाएको बदामको तुलनामा अकुंरित बदाम धेरै स्वास्थ्यवद्र्वक हुने गर्दछ । बदामले स्तनमा दुध वृद्धि गर्दछ । कब्जियतको पीडाबाट मुक्ति पाउनका लागि पनि बदाम खाने गरिन्छ ।

बदामले कफका साथमा रगत आउने समस्यालाई ठिक गर्दछ । बदामलाइ कुनै पनि व्यञ्जनमा राख्नाले त्यसको स्वादमा भरपूर वृद्धि हुन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.