Sunday, January 29, 2017

रगतको क्यान्सर : एघार लक्षण एघारै उपचार



ब्लड क्यान्सर अर्थात रगतको क्यान्सरको एउटै प्रकार भित्र विभिन्न ११ वटा समूह रहेको एक अध्ययनले देखाएको छ । ब्लड क्यान्सर मध्येको प्रमुख एक्युट मायलोइड ल्युकेमिया एएमयु विभिन्न ११ प्रकारको रहेको न्यु इंग्ल्याण्ड जर्नलमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

एएमयुका विरामीमा रहेको आनुवांशिक भिन्नताका आधारमा यसलाई विभिन्न ११ समूहमा विभाजन गर्नु पर्ने अनुसन्धानकर्ताले बताएका छन् । एएमयुका विरामीमा गरिएको अनुसन्धानबाट कम्तिमा ११ समूहमा विभाजन गर्नु पर्ने देखिएको हो ।

हरेक समूहका बिरामीमा आनुवंशिक परिवर्तन र लक्षण तथा विशेषता फरक फरक रहेको अनुसन्धानबाट देखिएको छ । यसले गर्दा एएमयुका बिरामीमा एउटै खालको उपचार तथा औषधिको प्रभाव फरक फरक देखिने गरेको तथ्य खुलेको वैज्ञानिकको भनाई छ ।

अनुसन्धानले उपचारको नयाँ पद्धति तथा औषधिको मात्रा बिरामी अनुसार फरक गर्नु पर्ने देखाएको छ । अनुसन्धानले क्यान्सरको उपचार तथा त्यसका सम्बन्धमा नयाँ कुरा बाहिर ल्याएको अनुसन्धानकर्ता संस्था क्यान्सर रिसर्च सेन्टर युकेले जनाएको छ ।

यो अनुसन्धानले एएमयुका बिरामीको अवस्था कस्तो छ र उनीहरुमा उपचारको प्रभाव कस्तो परिरहेको छ भन्ने बारेमा थाहा पाउन चिकित्सकलाई सहयोग गर्ने प्रमुख अुसन्धानकर्ता डा. पिटर क्याम्पबेलले बताउनुभयो ।

एएमयु उमेर ढल्किँदै गएका बिरामीमा बढी आक्रमक हुन्छ । एएमयुका २० प्रतिशत बिरामी मात्रै उपचारबाट निको हुने गरेको तथ्यांक छ ।

– एजेन्सीको सहयोगमा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.