Saturday, February 25, 2017

पोखरामा बडफ्लू भेटियो, खाल्टेमसिना र आसपास संक्रमित क्षेत्र घोषणा , पंछिजन्य बस्तु बिक्रीवितरणमा रोक



पर्यटकीय नगरी पोखरामा बर्डफ्लु भेटिएको छ । कास्कीको पोखरा – १८ खाल्टेमसिना निवासी मिना परियारले पालेका हाँस कुखुरा मरेपछि जाँच गर्दा बर्डफ्लु पुष्टि भएको हो ।



कास्की जिल्ला प्रशासनले आज बिहान खाल्टेमसिना र आसपासलाई संक्रमित क्षेत्र घोषणा गर्दै पंछिजन्य वस्तु बिक्री वितरण र ओसारपसार नगर्न अपिल गरेको छ ।

परियारको घरमा पालिएका ११ वटा लोकल कुखुरा र १७ वटा हाँस मरेपछि फागुन ६ गते सेम्पलिङका लागि क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला पठाइएको थियो ।

क्षेत्रबाट केन्द्रीय पशुरोग अन्वशेषण प्रयोगशाला पठाइएकोमा जाँच गर्दा बढी संक्रमित हुने एच–फाइव एन–वान जिवाणु भेटिएको हो । नेपालमा २०६५ साल माघमा पहिलोपटक झापाको मेचिनगरमा बर्डफ्लु भेटिएको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.