Saturday, February 11, 2017

पृथ्वीभन्दा ठूलो र मानव वस्ती बस्न मिल्ने ‘दोस्रो पृथ्वी’ फेला पर्यो, थाहा पाउनुहोस् ‘दोस्रो पृथ्वी’ को रोचक तथ्य



 एजेन्सी । पृथ्वीभन्दा ठूलो र मानव वस्ती बस्न मिल्ने ‘दोस्रो पृथ्वी’ फेला परेको वैज्ञानिकहरुले दाबी गरेका छन् । धेरै समयदेखि अनुसन्धानमा रहेका वैज्ञानिकहरुले प्रोक्सिमा सेन्चुरी सिस्टम भित्र दोस्रो पृथ्वी रहेको खुलासा गरेका छन् ।

सो ग्रहमा पृथ्वीको जस्तै महासागरहरु रहेको र त्यहाँ पनि जीवात्माहरु रहेको हुन सक्ने विश्वास गरिएको छ । यसअघि ब्रम्हाण्डमा हजारौं बाहिरी ग्रहहरु पत्ता लगाइएको भएपनि,प्रोक्सिमा बी जस्तो कुनैपनि नभएको वैज्ञानिकहरुको दाबी छ ।

प्रोक्सिमा बी नाम जस्तै विषेश लक्ष्णयुक्त भएको बताइएको छ । पृथ्वीभन्दा अझ केही बढि नै ठूलो आकारको रहेको र केही चट्टानी पहाड रहेको बताइएको यो ग्रह आफ्नै तारामण्डलहरुबीच घेरिएर रहेको छ ।

सो ग्रहमा पानी जस्ता तरल पदार्थको अस्तित्व समेत रहेको छ । प्रोक्सिमा बी आकारमा पृथ्वीभन्दा १।३ गुणा ठूलो रहेको छ । उसको सतहको तापक्रम पनि पानीलाई आफ्नो स्वरुपमा रहन दिनको लागि उपर्युक्त रहेको बताइएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.