Sunday, February 12, 2017

चार खुट्टा र दुई लिंग सहित जन्मेको बच्चा, डाक्टरले दिए नयाँ जीवन



केही समय पहिले भारतको कर्नाटकमा एउटा अनौठो बच्चा जन्मिएको थियो । उक्त बच्चाका चारवटा खुट्टा थिए भने दुई वटा यौनांग थिए । त्यस्तो बच्चा जन्मिँदा गाउँलेहरु सबै अचम्ममा परे ।

 बच्चाकी आमा ललितम्मा र पिता चेन्नबस्वाले त बच्चालाई भगवानको उपहार नै माने । उनीहरुले उक्त बच्चालाई सोही रुपमै स्विकार्ने र सोही रुपमै बढाउने फैसला गरेका थिए । तर चिकित्सा विज्ञानमा भएको चमत्कारले गर्दा अपांग बच्चा पाल्ने बाबुआमाको बाध्यता हट्यो ।

चिकित्सकहरुले उक्त बच्चाको हालै शल्यक्रिया गरी उसलाई सामान्य जिवन दिएका छन् । कर्नाटककै विजयनगर इन्सिच्युट अफ मेडिकल साइन्समा उक्त बच्चाको शल्यक्रिया भएको हो ।

डाक्टर विरुपक्षा नेतृत्वको शल्यचिकित्सकहरुले टोलीले एक जटिल शल्यक्रिया मार्फत बच्चाका दुई अतिरिक्त खुट्टा र एउटा अतिरिक्त लिंग हटाइदिएपछि बच्चाले नयाँ जीवन पाएको छ । अहिले उक्त बच्चाले स्वास्थ्य लाभ गरिरहेको र सामान्य अवस्थामा रहेको बताइएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.