Tuesday, February 7, 2017

‘विद्यार्थी कुटेकै हुँ तर भो अब ठूलो इस्यु नबनाऔं’ (प्रिन्सिपलको भिडियो अन्तर्वार्तासहित)



काठमाडौं धुम्बाराहीस्थित लुम्बिनी विगिनर्स स्कुलका प्रधानाध्यापकले ९ कक्षामा अध्यनरत छात्र सुदीप दाहाललाई कुटेको स्वीकार गरेका छन् । उनले गत आइतबार स्कुलमै पिटी गराउने क्रममा दाहाललाई कुटेको बताएका छन् । ‘सानो गल्तीमा कुट्न नहुने थियो, कुटेँ ।’ उनले भने– ‘मैलै पटकपटक पिटी गर भने, उसले मानेन् । उल्टै गर्दिन भन्यो । रिसको झोकमा मैलै गर्नु नहुने गल्ती गरेँ । त्यसको माफी मैलै मागिसकेँ ।’

स्कुलका प्रधानाध्यापक सुरेश यादवले गत आइतबार विद्यार्थी दाहाललाई अमानवीय ढंगले कुटेका थिए । दाहालको परिवारले मिडियामा प्रश्न सोधेको भरमा पिटेको भनेर गलत जानकारी दिएको समेत बताएका छन् । उनले भने प्रश्न –‘सोधेर कुटेको होइन, त्यो सबै झुट हो । स्कुल र दाहालको परिवारसँग कुरो मिलिसकेको छ । अब यसलाई ठूलो इस्यु बनाएर काम छैन ।’


नेपालआजसँग कुरा गर्दै यादवले आफू मानसिक रोगी नभएको बताएका छन् । ‘मैले धेरै माया गरेर पढाएको विद्यार्थी हो । क्लासको अब्बल, अनुशाशित र सिर्जनशिल थियो । त्यो दिन कसरी त्यस्तो गल्ती भयो ? आफैँलाई थाहा छैन ’ उनले भने – ‘अब यस्तो गल्ती कहिल्लै पनि दोहोरिदैन । यो नै पहिलो र अन्तिम गल्ती हो । हाम्रो शिक्षकहरुले कहिल्लै पनि त्यसरी कुटेका छैनन् र कुट्ने छैनन् ।’

पीडित विद्यार्थी भन्छन् –‘सर त्यो दिन धेरै तनावमा देखिनु हुन्थ्यो’

प्रधानाध्यापकबाट कुटाइ खाने विद्यार्थी दाहाल आफूले पिटी गर्न नसक्दा कुटाइ खाएको बताउँछन् । ‘ स्कुलमा पिटी कहिल्यै हुदैन थियो । फर्स्ट टाईम गर्दा अत्यन्त गाह्राे भयो । सञ्चो थिएन्, पेट र टाउको दुखेको थियो ।’ उनले भने –‘म प्रयास गरिरहेको थियो । सरले आएर कालो पाइपले कुट्नु भयो । कुटेपछि म गर्दिन भने । त्यसपछि धेरै कुट्नु भयो ।’

प्रधानाध्यापकको कुटाइबाट अहिले बिना कारण पनि डर लाग्न थालेको उनले बताए । ‘पश्चिमबाट घाम झुल्केजस्तै पहिलोपट पिटी गराउँदा कसरी सक्नु ?’ उनी उल्टै प्रश्न गर्छन । पिटेको निलडाम देखाउदै भन्छन् –‘अझै धेरै दुखिरहेको छ । विस्तारै ठीक हुन्छ होला ।’

स्कुल प्रशासन र परिवारबीच के समझदारी भयो आफू अनविज्ञ रहेको उनको भनाइ छ । त्यसरी पिटाइ खाँदा उनी मात्रै होइन, उनको परिवार र सबै जना चकित रहेको बताउछन् । ‘गल्ति गर्नेभन्दा माफी दिने ठूलो हुन्छ, त्यसैले मेरो परिवारले उहाँलाई माफी दिए होलान् ।’ उनले भने ।

मानवअधिकारवादी भन्छन्–‘बच्चा पिट्नु सरासर गलत काम हो’

स्कुलमा घटना घटेको थाहा पाएपछि मानवअधिकार आयोग, बालकल्याणका कर्मचारीहरु स्कुलमा घटना निरीक्षण गर्न पुगेका छन् । घटनाको प्रकृति हेर्दा सरासर गलत भएको मानवअधिकार आयोगका कर्मचारी मञ्जु खतिवडा बताउँछिन । ‘हामी प्रारम्भिक अनुसन्धानमा छौँ । यस्तो घटना गर्ने दोषीलाई अवश्य कारबाही हुन्छ ।’ उनले थपिन् – ‘यो स्कुलले सामान्य नियम समेत उल्लंघन गरेको छ । स्कुल प्रशासनसँग हुनुपर्ने धेरै चिजहरु हामीले माग्दा उहाँहरुले देखाउन सक्नुभएको छैन ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.