Thursday, February 9, 2017

हरेक बिहानी भिजाएको चना खाए पाउनु हुनेछ यी १० चमत्कारी गुणहरु


मुठ्ठी भरी चना लिनुहोस् र यसलाई राम्रोसँग सफा गर्नुहोस् । त्यसमा पानी हाल्नुहोस् र रातीभरी भिज्न दिनुहोस् । बिहान चना निकालेर राम्रोसँग चपाएर खानुहोस् । चाहनुहुन्छ भने पानीलाई पनि छानेर पिउनुहोस् । यसले दोब्बर फाइदा हुनेछ ।

ताकत र ऊर्जाः
भिजाएको चना ताकत र ऊर्जाको निकै राम्रो स्रोत हो । यसको दैनिक सेवन गर्नुहुन्छ भने कमजोरी हट्छ ।

कब्जियतबाट राहतः
भिजाएको चनामा अत्यधिक फाइबर हुन्छ । यसले पेट सफा गर्छ र पाचन क्रियालाई सुधार्ने काम गर्छ ।

बढ्नेछ शुक्राणुः
बिहान १ चम्चा चिनीसँगै एक मुट्ठी चना भिजाएर खाँदा शुक्राणु बढ्छ ।

बढ्नेछ प्रजनन क्षमताः
दैनिक बिहान मुट्ठीभरी चना खाँदा प्रजनन क्षमता बढ्छ ।

पिसाबको समस्याः
भिजाएको चनासँगै गुँद खाँदा पटक–पटक पिसाब लागिरहने समस्या ठिक हुन्छ । पाइल्सबाट पनि राहत मिल्छ ।


स्वस्थ छालाः
नुन नहाली भिजाएको चना मज्जाले चपाएर खाँदा छाला स्वस्थ र चम्किलो हुन्छ । चिलाउने, डाबर आउनेजस्तो स्वास्थ्य समस्या हट्छ ।

तौल बढ्नेछः
चनाले मासु बढाउन पनि सहयोग गर्दछ । दैनिक खाँदा तौल बढ्छ र मांसपेशी बलियो हुन्छ ।

रुघा, खोकी, ज्वरोबाट बच्न सहयोगः
चनाले शरिरको रोग प्रतिरोधी क्षमतालाई बढाउने गर्दछ । रुघा खोकीजस्ता समस्याबाट बचाउँछ ।

मृगौला रोगबाट जोगाउँछः
चनामा फस्फरोस हुन्छ जसले हेमोग्लोबिनको स्तर बढाउँछ र मृगौलाबाट अतिरिक्त नुन निष्कासन गर्न सहयोग गर्छ ।

स्वस्थ मुटुः
चनाले कोलेस्ट्रोल नियन्त्रण गर्छ जसले मुटु रोगको खतरा कम गर्दछ र मुटु स्वस्थ राख्दछ ।

मधुमेह नियन्त्रणमा राख्छः
भिजाएको चना नियमित खाँदा मेटाबोलिजम तेज हुन्छ । मधुमेह लाग्नबाट जोगाउँछ ।

रक्त अल्पत्ताको कमी हट्छः
चना आइरनको निकै राम्रो स्रोत हो । यसले रगतको कमीलाई टाढा राख्नुका साथै रगत स्वस्थ बनाउँछ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.