Tuesday, March 21, 2017

यसरी आकर्षित गर्नुस् आफूलाई मन परेकी युवतीलाई…




आफूप्रति महिलालाई आकर्षित गराउन चाहने पुरूषले केही कुराहरू ध्यान दिनु पर्छ । पुरूषप्रति महिलाको आकर्षणका लागी पुरूषले पनि केहि विचार गर्नुपर्छ। कस्तो अवस्थामा महिलालाई राख्न सके महिला आफूप्रति आकर्षित हुन्छन् भन्ने थाहा पाउन सके आफूले मन पराएको महिलालाई आकर्षित गर्न सहज हुन्छ । त्यस्ता केहि टिप्सहरू यस्ता छन्…

– महिलासँग पहिलो पटक भेट भएको या कसैले चिनाएको अवस्थामा ती महिलासँग आफ्ना बाल्यकालका बारेमा सबै कुरा नभन्नु राम्रो हुन्छ । सकेसम्म महिलालाई आफ्नो नाम पनि नभन्ने जबसम्म महिलाले नै आफूलाई सोध्दिनन् तथा उनले सोधे भन्दा बढी कुरा पनि उनलाई आफ्नो बारेमा जानकारी नदिने ।



– प्राय महिलाहरू रमाईलो गर्ने पुरूषको खोजीमा हुन्छन् । महिलासँग रहँदा सकेसम्म रमाईलो गर्न खोज्ने गर्नुपर्छ तर यसका लागी महिलाको केहि व्यवहार भने जान्नु पर्छ र सिमित मात्रामा मात्र रमाईलो गर्नुपर्छ । आवश्यक भन्दा रमाईलो गर्न खोज्दा पनि महिला आकर्षित नहुने हुन सक्छ ।

– महिलासँग आफू केही बेफुर्सदिलो भएको तथा उनले भनेका हरेक समयमा सामेल हुन नसक्ने अवस्था रहेको देखाउने । उनका हरेक निमन्त्रणामा उनीसामू पुग्ने नगर्दा राम्रो हुन्छ भने उनले पठाएका मेसेजहरू पनि ढिलो मात्र रिप्लाई गर्ने गर्दा पनि महिलालाई आकर्षित गर्न सकिन्छ ।

– महिलालाई सकेसम्म उनका बारेमा राम्रा कुरा गरेर खुसी राख्न सकिन्छ । उनीहरूलाई कुनै राजकुमारीको संज्ञा दिँदा पनि उनीहरु खुसि हुन्छन् । उनीहरूलाई फूल दिँदा पनि त्यो भन्दा अगाडि म तिम्रै बारेमा सोच्दैछु वा तिमीलाई यहाँ भएको हेर्न चाहन्थे जस्ता मेसेज गर्ने । यसबाट महिलाले आफूले चाहेको पुरूषले आफ्नै बारेमा सोचिरहेको छ भन्ने भान पर्छ र झन् आकर्षित हुन्छिन् ।



Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.