Thursday, March 16, 2017

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माेर्चा नेताले भने- एमालेसँग सहकार्य हुन्छ


मोर्चा आवद्ध ४ दलले सरकारलाई दिएको समर्थन फिर्ता

 काठमाडौं। स्थानीय तहको निर्वाचन विरोधी अभियानमा जुटेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध ४ दलले सरकारलाई दिएको समर्थन औपचारिक रुपमै फिर्ता लिएका छन्।

 बिहीबार तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, राष्ट्रिय मधेश सदभावना पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिकले सिंहदरबारस्थित संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिइएको लिखित रुपमै जानकारी गराएका हुन्।

 सरकार आफैले सप्तरीमा ५ जनाको ज्यान लिएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन बाध्य हुनु परेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लालकर्णले बताए। सद्धभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले कार्यशैलीमा परिवर्तन गरेर आए एमालेसँग सहकार्य हुने प्रस्ताव अघि सारेका छन्।

उनले सरकार मधेशको समस्या समाधान गर्न तयार नदेखिएको पनि आरोप लगाए। सहअध्यक्ष कर्णले कार्यशैलीमा परिवर्तन गरेर आए एमालेसँग सहकार्य हुने प्रस्ताव अघि सारे। मधेसी मोर्चाले बुधबार संसदबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो। १५ जना सांसद रहेको मोर्चामा आवद्ध उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले बुधबारनै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सभामुख ओनसरी घर्तीलाई बुझाएको थियो ।

 सप्तरी घटनापछि सरकारसँग झनै रुष्ट बनेको मोर्चाले फागुन २५ गते स्थानीय तहको निर्वाचन स्थगित गर्नुपर्ने, संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने लगायतको पाँच बुदे माग एक हप्ता भित्र पूरा नभए सरकारलाई दिएको समर्थन स्वतहः फिर्ता हुने चेतावनी दिएको थियो । मोर्चाका आवद्ध दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकार अल्पमतमा भने परेको छैन ।

 ३७ जना सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा ल्याएपछि सरकार अल्पमतमा नपरेको हो । मोर्चा आवद्ध दलसँग ३९ जना सांसद रहेका छन । सरकारले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउन भने अधिकतम पहल गर्ने प्रतिवद्धता जनाउँदै आएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.