Monday, March 20, 2017

गगन थापा भन्छन्- संविधान जुनसुकै बेला पनि संशोधन गर्न सकिन्छ, अहिले निर्वाचनमा जाऔं

 स्वास्थ्यमन्त्री गगनकुमार थापाले आदिवासी जनजाति, दलित, महिला, मधेसीलगायत उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्तिका लागि जतिसक्दो चाँडो संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संविधान जुनसुकै बेला पनि संशोधन गर्न सकिन्छ, अहिले स्थानीय तहको निर्वाचन अपरिहार्य छ, त्यसका लागि सबै तह र तप्काबाट सहयोगको आवश्यकता छ ।

राष्ट्रिय दलित आयोगको पन्ध्रौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री थापाले जातीय छुवाछुतसम्बन्धी कानुन निर्माण गर्ने क्रममा चलखेल हुन सक्ने भन्दै सचेत रहन समेत आग्रह गर्नुभयो ।

 “संविधान जुनसुकै बेला पनि संशोधन गर्न सकिन्छ, अहिले स्थानीय तहको निर्वाचन अपरिहार्य छ, त्यसका लागि सबै तह र तप्काबाट सहयोगको आवश्यकता छ,” उहाँले भन्नुभयो ।

प्राप्त उपलब्धिलाई जोगाउँदै थप अधिकारका लागि दलित समुदायले संसद्, सडक र पार्टीभित्र सङ्घर्ष गर्नुपर्ने उहाँको भनाइ थियो । स्वास्थ्यमा सबैको समान पहुँचका लागि आफूले स्वास्थ्य विमासम्बन्धी ऐनलाई संसद्बाट पारित गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

आयोगका कार्यवाहक अध्यक्ष राधेश्याम पासवानले राज्यले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ लाई कडाइका साथ कार्यान्वयन नगरेका कारण मुलुकका विभिन्न स्थानमा छुवाछूतका घट्ना झन्झन् बढ्दै गएको बताउनुभयो ।

 उपेक्षित, उत्पीडित, दलित वर्ग विकास समितिका उपाध्यक्ष डा बुद्धि नेपालीले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिताका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । राज्यको विकासको मूल प्रवाहमा दलित समुदायको समान सहभागितालगायत दलित समुदायको उत्थानका लागि २०५८ चैत ६ गते आयोगको स्थापना गरिएको थियो । रासस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.