Thursday, February 16, 2017

ब्रोइलर कुखुराको मासु नखानुस, ज्यानै जान सक्छ !

 
काठमाडौं । वैज्ञानिकहरुले कुखुराको मासु स्वास्थ्यका लागि हानिकारक भएको चेतावनी दिएका छन् । भर्खरै अमेरिकामा गरिएको एक अध्यनले कुखुराको मासु शरीरमा एन्टिबायोटिक प्रतिरोधी बन्ने तथ्य सार्वजनिक गरेको हो ।

अध्यन अनुसार नेपाल र भारत जस्ता देशमा औषधी खुवाएर ब्रोइलर कुखुरा पालन गरिने भएकाले ब्रोइलर कुखुरा खाँदा मानिसमा एन्टीबायोटिक विरोधी क्षमता वृद्धी हुँदै जाने देखाएको हो ।



जसले ज्यान पनि लिन सक्छ । अध्यनमा उल्लेख गरिए अनुसार नेपाल जस्ता मुलुकमा एन्टिवायोटिकबाट उत्पादन गरिएका कुखुरा खाँदा मानिसमा घातक शक्ति उत्पन्न हुन्छ ।

‘प्रसीडिङ्ग्स अफ द नेशनल अकाडमी अफ साइन्सेस’ जर्नलमा प्रकाशित अध्ययनले ब्रोइलरलाई विरामीहुनबाट बचाउँनका लागि एन्टिबायोटिक खुवाइने र त्यसबाट कुखुरामा एन्टिबायोटिक प्रतिरोधी शक्ति पैदा हुँदै जाने हुन्छ ।

जर्नलमा प्रकाशित अध्ययनमा त्यस्ता कुखुराको मासु सेवन गर्दा मानिसमा पनि एन्टिबायोटिकले काम नै गर्न छोड्ने अध्यनमा भेटिएको वैज्ञानिकले बताएका छन् ।

औषधीले काम नगरेपछि सामान्य रोगबाट समेत मानिसको मृत्यु हुन सक्ने अध्ययनको दाबी छ । एजेन्सीको सहयोगमा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.