Thursday, February 16, 2017

धेरै पसिना आएर शरीर दुर्गन्धित हुन्छ ? यस्ता छन् हटाउने घरेलु उपाय

काठमाडौं । गर्मी मौसममा के तपाईँको काखीलगायत अन्य अङ्गमा अत्याधिक पसिना आएर दुर्ग्न्धित हुन्छ ? सामान्य विधि अपनाएर पनि तपाईँले आफ्नो समस्यालाई समाधान गर्न सक्नुहुन्छ ।
हुन त काखीमा दुर्गन्ध आउन नदिने एउटै उपाय भनेको त्यसलाई सकेसम्म सुक्खा राख्ने नै हो । तर गर्मीको बेलामा पसिना त आइहाल्छ, पसिनासँगै ब्याक्टेरिया पनि शरीरबाट बाहिर निस्किन्छ, जसले गर्दा नै दुर्गन्ध फैलाउँदछ । नत्र वास्तवमा हाम्रो पसिनाको कुनै गन्ध हुँदैन, गन्हाउने त ब्याक्टेरिया हो ।
त्यसैले यस्ता खराब ब्याक्टेरियाहरूलाई आउन नदिन वा हटाउन प्राकृतिक तथा घरेलु उपायहरू अपनाउन सकिन्छ ।
बच्ने उपायहरू ः

१. साधारण सरसफाइ– शरीरबाट पसिनासँगै खराब र दुर्गन्ध निम्त्याउने ब्याक्टेरियाहरू पनि बाहिर निस्किन्छन्, जसलाई नियमित सफा गरिराख्नुपर्दछ । त्यसैले गर्मीको बेलामा सकेसम्म दिनको २ पटक नुहाउनुपर्दछ, नसके कम्तीमा पनि शरीरको सबैभन्दा धेरै पसिना आउने अङ्गलाई सफा गर्नुपर्छ ।

२. लुगाको छनौट– हामीले लगाउने लुगाले पनि पसिनाको मात्रा र दुर्गन्धमा फरक पार्दछ । कालो रङ्गको सिन्थेटिक लुगाले घामको कीरणलाई परावर्तन गर्न सक्दैन र आफैले सोसेर राख्दछ । जसको कारण लुगा भित्रको शरीरको तापक्रम बढ्न थाल्दछ र पसिना आउँदछ । त्यसैले गर्मी मौसममा सेतो रङ्गको कटन तथा सिल्कको लुगा लगाउनु पर्दछ। यस्तो कपडासँग ओसिलो सोस्न सक्ने क्षमता हुन्छ र छालामा हावाको आवतजावत गराउन मद्दत गर्दछ ।

३. स्वस्थ खानेबानी– हाम्रो छालामा हुने पसिनाग्रन्थीलाई क्याफीन (कफी, चकलेट) ले सक्रिय गराउँदछ । त्यसैले गर्मीको बेलामा कफी, चकलेट, पिरो खानेकुरा, रक्सी, चिल्लो, गुलीयो तथा धुम्रपानको सेवन कम गर्नाले शरीरको दुर्गन्धमा पनि कमी हुँदै जान्छ ।

४. पर्फ्यूम– पसिना आएर दुर्गन्ध निस्कियो भन्दैमा नानाथरीका रोलर, बडी स्प्रेको प्रयोग गर्नु उचित हुँदैन । किनभने यसले हाम्रो छालामा हुने स–साना पसिनाका प्वालहरूमा असर गर्दछ र पसिनाको उत्पादनमा रोक ल्याउँदछ, जुन एकदमै खतरनाक कुरा हा । हो, पसिना नआएपछि दुर्गन्ध पनि आउँदैन, तर शरीरभित्र भएका सबै विकारहरूलाई बाहिर फाल्ने माध्यम पसिना पनि हो, जुन पिसाब तथा अन्य बाटो भएर जान सक्दैन । त्यसैले सकभर पर्फ्यूम नलगाउँदा नै सबैभन्दा उचित हुन्छ ।
घरेलु रोकथामका उपायहरू ः



५.कागती– दुर्गन्ध ल्याउने ब्याक्टेरियालाई हटाउने एउटा अचुक उपाय भनेको कागती होे । दिउँसो घाममा बाहिर निस्कने बेलामा कागती काटेर धेरै पसिना आउने ठाउँमा लगाउनुहोस् र एकछिन सुकेपछि पानीले पखाल्नुहोस् । यसो गर्दा पसिना नआउने हुँदैन, तर पसिनामा आउने ब्याक्टेरियाहरूलाई नष्ट गर्दछ र दुर्गन्ध आउनबाट बचाउँदछ ।

६. तुलसी र नीम– ब्याक्टेरियासँग लड्न सक्ने क्षमता तुलसी र नीमसँग पनि हुन्छ, जुन हाम्रो वरिपरी नै पाइन्छ । नुहाउनुभन्दा अगाडि तुलसी र नीमको पातलाई पिसेर पसिना आउने ठाउँमा त्यसले लेप्नुहोस् र केहि मिनेटसम्म छोड्दिनुहोस् । सुकेपछि नुहाउनुहोस् । करीब २ हप्तासम्म यसो गर्नाले नतिजा आफै देख्न सक्नुहुनेछ । एजेन्सीकाे सहयाेगमा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.