Wednesday, February 8, 2017

९० हजार ब्रिटिश पाउण्डमा नाग्नै घर सफा गर्ने महिला कामदार चाहियो भन्दै आयो यस्तो विज्ञापन (भिडियो)



लण्डनको ‘नेचुरिष्ट क्लिनर्स’ नामक कम्पनीले नग्न भएर घर सफा गर्ने महिला कर्मचारीको खोजी गरिरहेको छ । नीजि घरमा सफा गर्नका लागि ती महिला कामदारले चप्पल र सफा गर्ने पञ्जाबाहेक अरु केही लगाउन पाउँने छैनन् र यसो गरेबापत् उनीहरुलाई घण्टाको ५७ डलर (रु. ६ हजारभन्दा बढि) दिइने छ । यसका लागि जुनसुकै उमेर समूह र आकारका महिलाले आवेदन दिन सक्छन् । बार्षिक ९० ,००० ब्रिटिश पाउण्ड सेलरी हुने देखिन्छ ।

‘हामी महिला ‘नेचुरिष्ट क्लिनर्स’ को खोजीमा छौं जसले नग्न भएर नीजि घर सफा गर्न सक्छन्,’ उक्त जागिरको विज्ञापनमा दिइएको छ । ‘सफा गर्ने, भ्याक्युम लगाउने, बोट बिरुवामा पानी हाल्ने, बेड मिलाउने, वासिङ मेसिन चलाउने, लुगामा आइरन लगाउने र झ्याल–ढोका सफा गर्नुपर्ने छ ।’

घर मालिकले महिला कामदारलाई छुन नपाइने र सफा गरिरहेका बेला फोटो खिच्न नपाइने सर्त मान्नुपर्ने हुन्छ ।
नेचुरिष्ट क्लिनर्स करिब दुई वर्ष पहिले बेलायतमा स्थापना भएको हो । उक्त कम्पनीले बेलायतको अन्य भूभागमा पनि आफ्नो सेवा बिस्तार गर्ने सोच बनाएको बताएको छ । स्वान्सि र साउथ वेल्समा उक्त निकै राम्रो प्रतिक्रिया पाएको कम्पनीका प्रवक्ताले जानकारी दिए । ‘धेरैजसो मानिसहरु यसमा दिइने तलबका कारण आकर्षित छन् । उनीहरुले कति समय काम गर्नुपर्छ भन्ने तोकिएको छैन । यो कामको चाप र कर्मचारीको समयमा निर्भर हुन्छ ।’

एक नग्नवादी ग्राहकले महिला कामदारले काम गरिरहेका बेला आफू नग्न हुन पाउने नपाउने बारे सोधेपछि उनले यसबारे सोचेको कम्पनीकी संस्थापक लाउरा स्मिथले बताइन् । नग्न महिला कामदारको पनि खाँचो रहेछ है भन्ने दिमागमा आएपछि आफूले यसको व्यवसाय सुरु गरेको उनले बताइन् । ‘हामीले यो व्यवसाय दुई वर्ष अघि बेलायतमा सुरु गर्यौं जुन निकै चर्चित भयो त्यसकारण हामी यो बढाउँछौं,’ उनले टेलिग्राफलाई बताइन् । ‘हाम्रो धेरैजसो ग्राहक नग्नवादी हुनुहुन्छ । त्यसकारण मैले महिला कामदार पूर्ण नग्न हुनैपर्ने भन्ने विषयमा जोड दिनैपर्छ ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.