Thursday, February 16, 2017

खानासाथ यी काम नगरौं

उपासना घिमिरे


सबैमा आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने चाहना हुन्छ । यसका लागि समयमा खाना तथा पौष्टिक खानेकुरा खानुपर्छ । राम्रो हुन्छ भन्दैमा एकैपटकमा आवश्यकता भन्दा बढी खानु हँुदैन । कुनै पनि खानेकुरा पच्नु तथा शरीरमा पोषक तत्व मिल्नु जरुरी हुन्छ । कुन समयमा कस्तो खाना खानु उपयुक्त हुन्छ विचार गरौं :
चिया तथा कफी पिउने बानी
कतिपय मानिसमा खाना खाएपछि चिया वा कफी पिउने बानी हुन्छ । यो बिस्तारै–बिस्तारै लत जस्तै बन्छ । यस्तो बानी तुरुन्त परिवर्तन गर्नुपर्छ ।

किन छोड्ने ?
चियामा पोलिफिनल्स तथा टेनिन्स नामक केमिकल हुन्छ । यसले खाएको खानाको पोषक तत्व नष्ट गर्छ ।
–कफीमा कफिन हुन्छ । यसले आइरनलाई समाप्त गर्छ ।
–एनिमियाका बिरामीका लागि यो बानी हानिकारक हुनसक्छ ।
–चिया–कफी खाना खाएको एक घन्टापछि मात्र पिउनु उपयुक्त हुन्छ ।
फलफूल खाने सही समय
खाना खानासाथ फलफूल खाने बानी छ भने त्यस्तो बानी त्याग्नुपर्छ । फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर खाना खानासाथ खाए हानिकारक हुन्छ ।
किन छोड्ने ?
खाएको खाना पाचनको प्रक्रिया पूरा नभएसम्म पेटमै रहन्छ । बीचमा तुरुन्त फलफूल खाए पेटमा बढी भार पर्छ ।
यसबाट अपच, पेटमा भारीपन, छाती पोल्ने तथा एसिडिटीको शिकार हुन सकिन्छ ।
–फलफूलमा बढी मात्रामा एसिड, ग्लुकोज, स्टार्च आदि हुन्छ, जसले खाना पचाउने प्रक्रिया सुस्त बनाउँछ ।
–अंगुर, नास्पाती तथा सुन्तला आदि फलफूलमा फ्लवोनाइड हुन्छ । पेटमा भएको ब्याक्टेरियाले त्यसको विभाजन गरेर थायोसायनिक एसिडमा परिवर्तन गर्छ ।
–फलफूल खाना खानुभन्दा दुई घन्टा पहिले तथा खाएको दुई घन्टापछि खानु वेश हुन्छ ।
–बिहान सबेरै खाली पेटमा फलफूल खानु फाइदाजनक हुन्छ ।
धूम्रपान गर्नु
धूम्रपान त्यसै पनि स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छ । अझ खाना खानासाथ धूम्रपान गर्नु थप हानिकारक हुन्छ ।
किन छोड्ने ?
–खाना खानासाथ एउटा चुरोट सेवन गर्नु दस पटक चुरोट सेवन गर्नु बराबर हुन्छ अर्थात् यो दस गुना धेरै घातक हुनसक्छ ।
–क्यान्सरको खतरा अझ बढ्छ ।
–खाना खानासाथ धूम्रपान गरे एसिडिटी तथा ग्यास्ट्रिकजस्ता समस्या उत्पन्न हुन सक्छन् ।
खानेबित्तिकै नुहाउनु हुँदैन
कतिपयको खानासाथ नुहाउने बानी हुन्छ । यस्तो बानी भए सावधान रहनुपर्छ । किनभने यो बानी खतरनाक हुनसक्छ ।


किन छोड्ने ?
–खाना खानासाथ रगतको संचार पेटतर्फ धेरै हुन्छ । यहाँ खाना पचाउने प्रक्रिया चलिरहेको हुन्छ ।
–नुहाउँदा शरीरको तापमान परिवर्तन हुन्छ अर्थात् तापमान नियन्त्रण गर्न रगतको प्रवाह शरीरको अन्य हिस्साजस्तो हात–खुट्टातर्फ बढ्दै जान्छ ।
–नुहाउँदा पेट वरिपरिको भागमा रगतको मात्रा कम हुन्छ जसले गर्दा पाचन तन्त्रको प्रक्रिया सुस्त बनाउँछ ।
हिँड्नुपर्छ
हिँड्नु स्वास्थ्यका लागि राम्रो हो । यद्यपि खाना खानासाथ हिँड्नु स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छ । दिउँसोको खाना खाएपछि आराम तथा रातको खाना खाएपछि केहीबेर हल्का वाक गरे स्वस्थ रहन सकिन्छ ।
किन छोड्ने ?
–खाना खानासाथ तुरुन्त हिँडडुल गरे पाचन क्रिया सुस्त हुन्छ । पाचन तन्त्रमा खानामा पोषक तत्व एब्जर्ब हुन सक्दैन ।
–खाना खाएको आधा घन्टापछि मात्र वाकमा जानु उचित हुन्छ ।
–२० मिनेटभन्दा धेरै हिँडडुल गर्नुहुँदैन ।
चिसो पानी नपिउनु
खानाको बीचमा तथा तुरुन्त पछि पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । अझ चिसो पानी त बिल्कुल पिउनुहुँदैन ।
किन छोड्ने ?
–खानासाथ पानी पिए पाचनतन्त्र प्रभावित हुन्छ ।
–खाना खाएको एक घन्टापछि पानी पिउनुपर्छ ।
–चिसो पानीको साटो मनतातो पानी पिउनुपर्छ अनि मात्र खाना छिटो पच्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.