Thursday, February 16, 2017

धिरेन शाक्यको अपूरो आर्मी यात्रा छोरीले पूरा गर्दै



नेपाली सिनेमाका ह्याण्डसम हिरोका रुपमा चिनिने अभिनेता धिरेन शाक्यले सयभन्दा धेरै सिनेमामा काम गरेका छन् । उनले काम गरेका सिनेमा मध्ये क्रोध, जीवनदान, चिनो, सीमाना, देश परदेश, अजम्बरी माया, अर्जुन, ईन्साफ, जनम जनम लोकप्रिय बने ।

राम्रो अभिनयका साथै उनी फिटनेसका कारण पनि चर्चामा छन् । फिटनेसमा उनी यति धेरै जागरुक छन् कि उनले आफ्नै जिमखाना पनि खोलेका छन् । उनको जिमखाना जाउलाखेलमा छ ।

जिममा उनी सकेसम्म धेरै समय बिताउँछन् । त्यस्तै उनका अन्य दुईवटा अफिस, एउटा होटेल र एउटा फिल्म प्रोडक्शन कम्पनी छन् । धिरेन कामबाट थकित भएर घर जाँदा उनको थकान मेटाउन गाह्रो हुँदैन । किनकी उनी छोरीहरु देख्नासाथ सबै दुःख र पीडा बिर्सन्छन् । उनी दुई छोरी जस्मिन र जुलियानाका अभिभावक हुन् । धिरेनलाई आफ्नी छोरीहरु भएपछि केही चाहिँदैन ।

छोरीको जन्मान्तर १० वर्ष

उनका दुई छोरीहरुको जन्मान्तरमा झण्डै १० वर्षको फरक छ ।  जुन सामान्यतया धेरै मानिन्छ । धिरेनकी जेठी छोरी जस्मिन अहिले प्लस टु सकाएर बसेकी छिन् भने उनकी कान्छी छोरी जुलियाना तीन कक्षामा अध्ययन गर्दै छिन् । उनी कान्छी छोरीलाई अफिसको  कामहरु छोडेरै आफैले स्कुल पुर्याउने र ल्याउने काम गर्छन् । यस हिसाबले उनी आफैलाई एक असल पिता भएको महशुस गर्छन् ।


आर्मी बन्न चाहन्छिन् छोरी

धिरेनले हामीसँग कुराकानी गर्ने क्रममा छोरीहरुको लक्ष्यका बारेमा पनि बताएका छन् । उनकी जेठी छोरीलाई आर्मीमा धेरै रुची छ । हाल उनी आर्मी अफिसरको कोर्ष पनि गरिरहेकी छिन् । धिरेनको पारिवारिक पृष्ठभूमि आर्मी भएका कारण उनकी जेठी छोरीलाई आर्मी अफिसर हुन मन लागेको बुझिन्छ । धिरेनका बुवा भारतीय सेनामा कार्यरत थिए भने धिरेन पनि ब्रिटिश आर्मीमा थिए । तर धिरेनले बीचमै जागिर छाडेर सिनेमामा लागेका हुन् ।


बुवा सिनेमामा भएको भएपनि उनका छोरीहरुको भने सिनेमामा खासै रुची छैन । तर जेठी छोरीको आर्मीका साथै संगीतमा पनि रुची छ । तर उनको मुख्य उद्देश्य भनेको गायिका नभएर आर्मी अफिसर बन्नु नै हो ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.