Monday, March 20, 2017

शीर्ष बैठकमा ओलीको चेतावनी सुनेपछि प्रचण्ड गम्भीर, संशोधन रोक्न प्रस्ताव

काठमाडौं, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा आह्वान गरिएको प्रमुख दलको शीर्ष बैठकमा एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन विधेयकका कारण स्थानीय निर्वाचन विथोलिन सक्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको प्रमुख दलका नेताहरूको बैठकमा ओलीले मधेसी मोर्चाले निर्वाचन नचाहेकै कारण विभिन्न बखेडा झिकेको आरोप लगाए । स्रोतका अनुसार ओलीले संविधान संशोधन विधेयकलाई थाँती राखेर स्थानीय तहको निर्वाचन गर्नुका विकल्प नरहेको बताएका थिए ।

एमाले अध्यक्ष ओलीको कुरा सुनेपछि प्रधानमन्त्री दाहालले आफू राजनीतिक सहमति जुटाउन सक्रिय रहेको भन्दै सहयोगका लागि सबैलाई आग्रह गरेका थिए । दाहालले तोकिएको समयमा चुनाव आवश्यक रहेको उल्लेख गरे । जवाफमा ओलीले स्थानीय चुनावका लागि सहयोग गर्न एमाले तयार रहेको उल्लेख गरेका थिए ।

बैठकमा ओलीका कुरा सुनेपछि प्रधानमन्त्री दाहाल गम्भीर बनेको सहभागी एक नेताले बताए । बैठकमा अन्य नेताहरूले संशोधन विधेयकका विषयमा छिटोभन्दा छिटो राजनीतिक सहमति जुटाउन पहल गर्नुपर्ने बताएका थिए ।

बैठकमा प्रधानमन्त्री दाहालका साथै एमाले, माओवादी केन्द्र, राप्रपासहितका दलहरूको उपस्थिति रहेको नेताहरूले बताएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.