Monday, March 20, 2017

बम हान्नेहरूलाई एमालेको आलोचना गर्ने अधिकार छैन : भीम रावल

काठमाडौं, ७ चैत । एमालेका सांसद भीमबहादुर रावलले जनताको माझमा नजानेहरूले एमालेको मेची महाकाली राष्ट्रिय अभियानको आलोचना गर्ने अधिकार नरहेको बताएका छन् ।

संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले लोकतन्त्रको कुरा गर्ने दलहरूले एमालेको आलोचना गरेकोमा आपत्ति जनाए । उनले भने, ‘जनताको बीचमा जाँदा बम हान्ने अनि एमालेको अभियानको आलोचना गर्ने कुरा सैह्य छैन ।’

उनले लोकतन्त्रको कुरा गर्ने दलहरू एमालेको अभियानबाट डराएको बताए । रावलले प्रधानमन्त्री पुष्पकमल दाहालको क्रियाकलाप लम्वसारवादी रहेको भन्दै निर्वाचनको वातावरण बनाउन सुझाव दिए ।

माओवादी केन्द्रका सांसद अमनलाल मोदी प्रधानमन्त्री दाहाललाई लम्पसारवादी भनेकोमा आपत्ति जनाए । उनले भने, ‘एमालेको अतिवादी चरित्रले लोकतन्त्र र निर्वाचनलाई सहयोग मिल्दैन । मधेसी मोर्चाले पनि आफ्नो हठलाई त्याग्नु पर्छ ।’

एमालेका सांसद रविन्द्र अधिकारीले सरकारले विभिन्न मन्त्रालयबाट करोडौँ रुपियाँ बजेट रकमान्तर गरेर आर्थिक अराजकता निम्त्याएको बताए ।

उनले भने, ‘रकमान्तर गर्न पाइन्छ । तर, त्यसको औचित्य पुष्टि नगरेर भएका यस्ता खालका रकमान्तरले आर्थिक अराजकता निम्त्याउँछ । अर्थमन्त्रीले यसलाई बढावा दिएका छन् ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.