Tuesday, March 21, 2017

पेरुमा बाढीका कारण ७५ जनाको मृत्यु, ३० जना बेपत्ता, २ सय ६३ घाइते

 पेरुमा गत डिसेम्बरदेखि हालसम्म बाढीपहिरोको प्रकोप जारी रहेको छ ।

 भारी बर्षापछि आएको यस बाढीपहिरोमा परी सो समयदेखि हालसम्म ७५ जनाको मृत्यु भएको छ भने, अन्य ३० जना हराइरहेका छन् । त्यसैगरी यस घटनामा परी २६३ घाइते भएका छन ।

राष्ट्रिय आपतकालिन उद्धार केन्द्र (सिओइएन) ले सोमबार सार्वजनिक गरेको विवरण अनुसार सो जानकारीहरु दिइएको छ ।

डिसेम्बरको पहिलो हप्तादेखि सुरु भएको बाढीपहिरोले प्रभावित हुनेक्रम फेब्रुअरी सम्म बढी नै रहेको सिओइएनले जनाएको छ ।

बाढी पहिरोमा परेर ६ लाख २७ हजार ४८ जना प्रभावित भएका छन भने, १ लाख १६९ जना विस्थापित भएका छन् ।

 बाढीपहिरोले सवै भन्दा धेरै उत्तरपूर्वी क्षेत्रका तुम्बर्सस्, पिउरा, लम्बायेक, ला लिबेर्टेड एन्कास, लिमा लगायतका प्रान्तहरु प्रभावित भएका छन् ।

सिओइएनले दिएको जानकारी अनुसार बाढी पहिरोका कारण १ हजार १०९ किलोमिटर बाटो भत्किएको छ भने, ३ हजार ८४९ किलोमिटर सडक प्रभावित भएको छ । त्यसैगरी झण्डै १५९ पुल पूर्णरुपमा क्षतिग्रस्त भएका छन्, २७४ ओटा पुलमा नोक्सानी भएको छ र ३३ ओटा राजमार्ग बन्द भएका छन् ।

सिओएएनले १० हजार ६४२ ओटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको, १२ हजार १२६ ओटा घर प्रयोग गर्न नमिल्ने भएको र १ लाख ३४ हजार २९० ओटा घर घरमा पनि नोक्सानी भएको जनाएको छ । रासस/सिन्ह्वा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.