Tuesday, March 21, 2017

निर्वाचनमा मधेसलाई बेवास्ता गरिए देशकै लागि दुर्भाग्य हुने राजेन्द्र महतोको चेतावनी

 सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना निर्वाचन गर्ने कसैको आँट नभएको बताएका छन् ।

फत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतोले नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बेइमानीका कारण संविधान संशोधन हुन नसकेको जिकिर गरे ।

मधेसमा दुई प्रदेश दिने सहमति भएपनि त्यसको कार्यान्वयनमा ठूला दलहरुले राजनीतिक बेइमानी गरेको उनको आरोप थियो ।

उनले भने– “सीमाङ्कन नै मधेसी मोर्चाको पहिलो एजेन्डा भएकाले यसलाई थाती राखेर निर्वाचनमा जाने भन्नु मधेस र मधेसीलाई धोका दिनु हो ।”

केन्द्रीकृत शासन व्यवस्थाका कारण मधेस र मधेसी जनताले कहिल्यै पनि अधिकार प्राप्त गर्न नसकेको उनको भनाइ थियो । मधेसलाई बेवास्ता गरेर निर्वाचन गर्न खोजिए त्यो देशकै लागि दुर्भाग्य सावित हुने चेतावनी उनले दिए ।

मधेसी दललाई भारत परस्त देख्ने नेपालका राजनीतिक दलका नेता नै दिल्लीबाट सञ्चालित भएको उनको आरोप थियो ।
आफूहरु विगतमा पटक/पटक सरकारमा बसेको भएपनि सिंहदरबारको चार किल्लाले मधेसलाई अधिकार दिन नचाहेकै कारण केही गर्न नसकिएकाले आन्दोलनको बाटो रोजेको बताउँदै उनले अधिकार प्राप्तिका लागि अब जनतालाई दुःख नहुने दबाबमूलक विरोध कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए । रासस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.