Tuesday, March 21, 2017

एयरपोर्ट भन्सारका सुब्बाहरुको सम्पती देखेर प्रहरी तिन छक्क

 ‘भन्सारको जागिर संसार’ । भन्सारमा हुने अथाहा कमाईलाई लक्षित गरी यसो भनिने गरेको हो ।

 भन्सारमा कार्यरत सुब्बाहरुको कमाई हेर्ने हो भने पनि यो कुरा पुष्टि हुन्छ । हालै सुन तस्करी प्रकरणमा पक्राउ परेका एयरपोर्ट भन्सारका सुब्बाहरुको सम्पती देखेर अनुसन्धानमा प्रहरी अधिकारीहरु समेत चकित भएका छन् ।  नेपालमा मन्त्रीहरुको समेत एउटा मात्र चालक हुन्छन् ।

 तर एयरपोर्ट भन्सारमा काम गर्ने सुब्बा श्याम श्रेष्ठले २ जना चालक राखेका थिए ।

 सेटिङमा विमानस्थलबाट सुन पास गराउदै   श्रेष्ठको चालक मात्र होइन घर, गाडि, श्रीमती  समेत २÷२ जना थिए । दुई वटा महंगा गाडि फेरी फेरी चढ्ने उनी दुवै गाडिका लागि २ जना चालक राख्दथे ।


उनका श्रीमती पनि दुईजना थिए । एउटालाई घरमा त अर्काेलाई फ्लाटमा राख्दै आएका थिए ।

 भक्तपुरमा उनका २ वटा घर छन् । मध्यपुर ठिमी अस्पतालका मुख्य लगानीकर्ता समेत उनी भएको खुलेको छ । उनको पद एक्सरे टेक्निसियन हो । वर्षाैदेखि एयरपोर्ट भन्सारमा बस्दै आएका थिए । सुन आउने बेला उनकै डिउटी हुन्थ्यो ।

 त्यस्तै तीन वर्षअघि मात्र बैदेशिक मलेसियाको बैदेशिक रोजगारीबाट फर्किएका भक्तपुरकै राजकुमार ढकालले पनि जोरपाटीमा घर किनिसकेका थिए । बैदेशिक रोजगारीबाट आएको पैसाले नभई तस्करीकै सेटिङले उनले घर किनेका हुन् ।

उनको सरकारी जागिर सुरु भएको पनि ३ वर्ष मात्र भएको छ ।

उनी पनि जेल चलान भएका छन् ।  त्यस्तै वर्षाैदेखि भन्सारमा तस्करीको सेटिङ मिलाउदै आएका तथ्याङक अधिकृत श्रीनारायण यादबले सिनामंगलमा घर बनाइसकेका छन्  । सिनामंगलमै उनको अर्काे जग्गा पनि फेला परेको छ ।

छोराको नाममा हेटौंडामा रहेको एसियन पोपलपाइन इन्ड्रटिजमा उनले लगानी गरेको सिआईबीले पत्ता लगाएको छ । सुन तस्करसहित उनीविरुद्ध सम्पती शुद्धकिरण अनुसन्धान मुद्दामा समेत कारबाही गर्न सिआईबीले सरकारी वकिलमा फाइल पठाएको छ ।

 तर, सम्पती शुद्धिकरण मुद्दामा अनुसन्धान नगर्न चलखेल भइरहेको स्रोत बताउछ ।

 तस्करका एजेन्ट र वकिलहरुले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र सिआईबीमा सम्पती रोक्का नगर्न आर्थिक प्रलोभन दिएका छन् । दृष्टि साप्ताहिकबाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.