Friday, March 17, 2017

अभियान बीचैमा छाडेर सुटुक्क काठमाण्डु आएका ओलीले बालुवाटारमा भारतविरुद्ध प्रचण्डलाई उक्साएको खुलासा



कञ्चनपुर, ४ चैत– अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्ना सुरक्षाकर्मीबाट कञ्चनपुरका गोविन्द गौतमको हत्या गरेको विषयमा भारतले नेपाल र नेपालीसँग माफी माग्नैपर्ने बताएका छन् ।


मेची–महाकाली अभिनायअन्तर्गत अन्तिम सभालाई बिहीबार मेहन्द्रनगरमा सम्बोधन गर्दै ओलीले सरकारलाई दह्रोसँग उभिन आग्रह गरे । आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेरै भारतलाई माफी मगाउन भनिसकेको उल्लेख गर्दै उनले सरकारले लटरपटर पारेर घटना सेलाउन नपाउने बताए ।

‘कञ्चनपुर गोली काण्डमा भारतले नेपाल र नेपालीसँग माफी माग्नुपर्छ’, ओलीले भने, ‘मैले प्रधानमन्त्रीलाई भेटेरै यो कुरा भनिसकेको छु ।’

ओलीले भारतले गौतम परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र त्यसका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा ओलीले गौतम परिवारलाई पार्टीका तर्फबकाट पाँच लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

ओली अभियान बीचैमा छाडेर ‘जरुरी काम छ’ भन्दै केही दिनअघि भैरहवाबाट सुटुक्का काठमाण्डु आएर प्रधानमन्त्री भेटेर फर्केका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.