Friday, March 17, 2017

नाम चलेका कलाकारहरू जो यौनजन्य कार्यमा फसे



 मुम्बई । बलिउडका केही चर्चित स्टार पनि यौनजन्य विवादमा मुछिएका छन् । यौनजन्य हर्कतका कारण विवादमा आई करिअर चौपट भएकामा थुप्रै अभिनेता, अभिनेत्री, निर्माता, निर्देशक मात्र नभई गायक र संगीतकार पनि छन् ।

भर्सटाइल अभिनेता इरफान खान पनि यौनजन्य हर्कतको आरोपमा परे । उनले ‘पान सिंह तोमर’को सुटिङको वेलामा ममता पटेल नामक सहअभिनेत्रीसँग शारीरिक सम्पर्क राख्ने कोसिस गरेको खबर फैलिएको थियो । ममताले इरफानले आफूलाई बलिउडमा स्थापित गराउने आश्वासन देखाएर यौनजन्य गतिविधि गरेको दाबी गरेकी थिइन् ।

बलिउडमा करिअर राम्रै चलिरहेको वेलामा अभिनेता साइनी आहुजा आफ्नो घरमा काम गर्ने नोकर्नीलाई बलात्कार गरेको आरोपमा जेल परे । सन् १९७३ मा देहरादुनमा जन्मिएका साइनीमाथि सन् २००९ मा बलात्कारको आरोप लागेको हो । घरमा पत्नी नभएको मौकामा आफूलाई साइनीले बलात्कार गरेको भन्दै नोकर्नीले उजुरी गरेकी थिइन् ।

साइनीले आफूमाथि झुटो आरोप लगाइएको दाबी गरिरहेका थिए । डिएनए परीक्षणपछि साइनीले बलात्कार गरेको पुष्टि भएको थियो । त्यसपछि उनी तीन महिना जेल परे । ५० हजार भारु धरौटीमा उनी जेलमुक्त भए । सन् २०११ मा उनलाई बलात्कारसम्बन्धी घटनामा दोषी पाइएकाले सात वर्षको जेल सजाय सुनाइएको छ ।

साइनीले यसविरुद्ध अदालतमा अपील गरेका छन् । उनको मुद्दा अदालतमा विचाराधीन छ । उनी फिल्म अभिनयमा चाहेर पनि सक्रिय हुन सकेका छैनन् ।

अभिनेता ज्याकी श्राफ बलिउडका ती स्टारमध्ये पर्छन् जो स्क्यान्डलदेखि टाढै बस्ने गरेका छन् । उनलाई असीको दशकमा एक युवतीले शारीरिक शोषणको आरोप लगाएकी थिइन् । अभिनेत्री तब्बुकी बहिनी फराहले ज्याकीले आफूलाई शारीरिक शोषण गरेको दाबी गर्दै बबन्डर मच्चाएकी थिइन् । उनले आउटडोर सुटिङका वेला ज्याकीले आफूसँग जबर्जस्ती गरेको दाबी गरेकी थिइन् । तर, ज्याकीले उनको आरोप निराधार भएको जिकिर गरेका थिए ।

फिल्म निर्देशक मधुर भन्डारकरलाई पनि बलात्कारको आरोप लागेको थियो । बलिउडमा संघर्षरत अभिनेत्री प्रीति जैनले मधुरले आफूलाई फिल्ममा अभिनय गराएबापत सन् १९९९ देखि २००४ सम्म शारीरिक शोषण गरेको आरोप लगाइन् । बलात्कारको आरोप लागेपछि मधुरको निकै बदनामी भयो । प्रीतिले पुलिसलाई दिएको बयानले बलिउडमा ठूलै हंगामा मच्चाएको थियो । पछि, मधुरलाई अदालतले सफाइ दिएको थियो ।

‘आसिकी–२’ को चर्चित गीत ‘सुन रहा हे ना तु…’का गायक अंकित तिवारी र उनका भाइलाई मुम्बई पुलिसले बलात्कारको आरोपमा पक्राउ गरेको थियो । तिवारी दाजुभाइमाथि एक युवतीले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । ती युवतीले अंकितले आफूलाई धोका दिएको, बलात्कार गरेको तथा धम्क्याएको आरोप लगाउँदै पुलिसमा उजुरी गरेकी थिइन् । अंकितविरुद्धको सो मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ ।

अभिनेत्री ममता कुलकर्णीले आफ्नो समयमा उधुम मच्चाएकी थिइन् । उनी प्रायः विवादमै रमाउने गर्दथिन् । ममताले निर्माता तथा निर्देशक राजकुमार सन्तोषीले आफूलाई यौनजन्य गतिविधि गरेको आरोप लगाएकी थिइन् । उनको आरोपले त्यतिवेला पूरै बलिउड चकित परेको थियो । ममताले निर्देशक सन्तोषीले आफूलाई फिल्म खेलाउने बहानामा फाइदा लिने कोसिस गरेको दाबी गरेकी थिइन् । सन्तोषीले आफूप्रति लागेको आरोपको सधैँ खण्डन गरे । त्यसपछिका दिनमा सन्तोषीले ममतालाई आफ्नो फिल्ममा कहिल्यै लिएनन् । सो घटनापछि ममताको करिअरले खासै उचाइ लिन सकेन ।

अभिनेता अस्मित पटेल र अभिनेत्री रीया सेनले आफूहरूको अश्लील एमएमएस भाइरल भएपछि बदनामी कमाए । उनीहरूको सो एमएमएस ‘सिलसिले’ फिल्म प्रदर्शनको केही दिनअघि लिक भएको थियो । त्यतिवेला उनीहरूले आफूहरूलाई बचाउँदै सो एमएमएस फिल्मकै दृश्य भएको दाबी गरेका थिए । तर, वास्तवमा त्यो फिल्मको दृश्य थिएन । उनीहरूको अश्लील एमएमएसले करिअरलाई नराम्रोसँग धक्का दियो । अस्मित र रिया फेरि उठ्नै नसक्ने गरी पछारिए ।

टेलिभिजन कार्यक्रम प्रस्तोता तथा अभिनेता अमन वर्मालाई पनि यौनजन्य हर्कत गरेको आरोप लागेको थियो । ‘इन्डियाज मोस्ट वान्टेड’ स्टिङ अप्रेसनमा अमन एक युवतीलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरिरहेको अवस्थामा भेटिएका थिए । उनले आफूमाथि झुटो आरोप लागेको दाबी गर्दै आए । बलिउडका केही स्टारले पनि अमनका पक्षमा बोले । यतिसम्म कि सलमान खानले पनि अमन निर्दाेष रहेको अभिव्यक्ति दिए । भिडियोमा अमनले ती युवतीलाई यौनजन्य हर्कत गरिरहेको स्पष्ट देखिएको थियो । यौनजन्य हर्कतको विवादका कारण अमनको करिअर ओरालो लाग्यो ।

अभिनेता आदित्य पञ्चोली विवादमा आइरहन्छन् । उमेरमा मात्र होइन, बुढ्यौलीमा पनि उनलाई विवादले छोडेको छैन । आदित्यलाई पहिला नोकर्नी बलात्कारको आरोप लागेको थियो । त्यतिवेला आदित्य र पूजा वेदीबीच प्रेम चलिरहेको थियो । आदित्यलाई बलात्कारको आरोप लागेपछि पूजाले उनीसँगको सम्बन्ध तोडेकी थिइन् । पूजाले एउटा अन्तर्वार्तामा आदित्यलाई बलात्कारको आरोप लागेकाले आफूले सम्बन्ध समाप्त गरेको दाबी गरेकी थिइन् ।

अभिनेत्री श्वेताप्रसाद बासु यौन स्क्यान्डलमा फसेकी थिइन् । सन् २०१४ मा हैदराबादको बञ्जारा हिल्समा यौन व्यवसाय गरेको भन्दै श्वेताको नाम आएको थियो । सो घटनापछि उनले दुई महिना रेस्क्यु होममा बिताएकी थिइन् । पछि, उनले आफू निर्दाेष रहेको दाबीसहित हैदराबाद अदालतमा अपील गरिन् । केही समयपछि अदालतले उनलाई ‘क्लिन चिट’ दियो ।

श्वेताले ‘मकडी’, ‘इकवाल’, ‘वाह लाइफ हो तो ऐसी’लगायत फिल्ममा अभिनय गरेकी छिन् । सेक्स ¥याकेटमा फसेपछि उनले निकै बदनामी खेप्नुप¥यो । पछिल्लो समय उनी बलिउडमा पुनः सक्रिय हुने कोसिसमा लागेकी छिन् । श्वेता दक्षिण भारतीय फिल्मकी स्थापित हिरोइन हुन् । श्वेता हाल प्रदर्शनरत ‘बद्रीनाथकी दुल्हनिया’मा वरुण धवनकी भाउजूको भूमिकामा छिन् । – एजेन्सी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.