Thursday, February 16, 2017

फिल्ममा नचलेपछि तश्विरमा रमाउँदै सुष्मा


 भनिन्छ, हिरोईन बन्न आकर्षक लुक्स, जीउडाल अनि अभिनय कला चाहिन्छ । प्रायतः उल्लेखित सबै गुणले सु-सज्जित छिन् अभिनेत्री सुष्मा अधिकारी । तर उल्लेखित कुराले मात्र हिरोईनको ट्यागले पुग्दैन् । अभिनेत्री भनेर चिनिन परिचय बनाउन दर्शकको मन मस्तिष्कमा बस्न 'भाग्य' (लक) पनि हुनुपर्छ ।

दुई बर्ष पहिले 'पिपल' फिल्मबाट डेब्यू गरेकी सुष्माले त्यसपछि 'अनौठो प्रेमकथा' नामको फिल्म गरिन् । तर दुबै फिल्म चलेनन् । त्यसयता उनमा कोहि निर्माता निर्देशकले केहि संभावना देखेनन् या अफर पुगेन् उनि फिल्ममा देखिएकी छैनन् ।

नेपाली फिल्म नपाएपछि या भनौं नेपाली रजतपटमा हिरोईनको छाप छाड्न नसकेपछि सुष्मा भोजपुरीमा समेत पुगिन्, दुई फिल्ममा अभिनय पनि गरिन् । प्रायः बोल्ड दृश्य दिन सहज मान्ने सुष्माले नेपालीसँगै भोजपुरी फिल्ममा पुग्दा पनि राम्रै खुलेर दृश्य दिईन्, तर युट्युवमा गीत र ट्रेलर हेर्ने दर्शकले 'हैट' भन्ने बाहेक उनको चर्चा कहिँकतै भएन्, छैन पनि ।


नेपाली अफर नआएपछि भोजपुरीतिर पुग्दा पनि जम्न नसकेकी अभिनेत्री सुष्मा हुन् भन्दा अन्यथा नलाग्ला । त्यसो त सुष्मा अभिनेत्री भन्दा पनि मोडल भनेर धेरैमाझ परिचित छिन् । सयौं म्युजिक भिडियोमा मोडलिङ गरेकी सुष्माले आधुनिकदेखि लोकगीत केहि पनि छुटाउँदिनन् । पैसा आउँछ भनेर हो या, हिरोईनको उपमा मिलेन पाए जति भिडियो नै गर्छु भन्ने हो, भिडियोको अफर कुनै पनि छोड्दिनन् सायद ।

युट्युवमा रिलिज हुने अनि टेलिभिजनको पर्दामा दिनकै आउने उनका फरक-फरक म्युजिक भिडियोहरु यसै बोल्छन् । खास कुरा के हो त्यो उनैले बुझुन् तर जस्तो पनि गीतमा देखिनु अनि जसको पनि अपोजिटमा मोडलिङ गर्नुले पक्का पनि उनको फिल्मी करियरलाई ओझेलमा पारेको हुनसक्छ । फिल्ममा त जमिनन्, हिरोईन भनेर धेरैले चिनेनन् पनि । तर पछिल्लो समय भने उनलाई सामाजिक सञ्जालमा भने निकै सकृय देख्न सकिन्छ । फेसबुकदेखि ईन्स्ट्राग्राममा उनले पोस्ट गर्ने तश्विरमा राम्रै लाईक कमेन्ट पनि पाउँछ, सायद उनि यसैमा रमाउँदै छिन् क्यारे, हरेक दिन जस्तो बिहान उठेदेखि वेडमा सुत्दासम्मको तश्विर उनले पोस्ट गरेकै हुन्छिन् ।

सर्च गरेर हेर्नुस् पछिल्लो समय उनले पोस्ट गर्ने प्रायः तश्विर निकै बोल्ड लाग्दा छन् । दिनका दिन खुल्दै गएकी छिन् सुष्मा । यसैपनि चर्चा र परिचय बढेन् अब बोल्ड बनेरै भएपनि चर्चामा आउँछु भन्ने त होईन सुष्मा जीको लाईन !








Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.