Tuesday, March 21, 2017

मोर्चालाई मृतककी आमाको प्रश्न(पैसाले मेरो सन्तान फिर्ता आउछ ? अबस्य पड्नुहोस


काठमाण्डौ - तमलोपाका अध्यक्ष महन्थ ठाकुर सोमबार खाममा २५ हजार रुपैंयाँ हालेर सप्तरी मलेठ पुगे । उनी २३ फागुनमा मलेठमा भएको मधेसी मोर्चा र प्रहरीबीचको झडपमा मृत्यु भएका सञ्जन मेहताकी आमा शान्तिदेवीलाई सान्त्वना दिन पुगेका थिए । तर, शान्तिदेवीको प्रश्नले उनी नाजवाफ बने ।

६० वर्षीया शान्तिदेवीले महन्थ ठाकुरलाई मैथिलीमा सोधिन्, ‘पैसासँ कि हेते, हमर बेटा घुरिके थोरी येते रु’९पैसाले के हुन्छ, मेरो छोरा अब फर्केर आउन सक्छ रु० ।शान्तिदेवीको प्रश्नले नाजवाफ बनेका ठाकुरले केहीबेरपछि भने, ‘सञ्जनले मधेस र मधेसीको हकअधिकारका लागि बलिदान दिए, हामी उनको बलीदानको मूल्य राज्यसित लिएर छाड्छौं ।’

नौ महिना अघि बिहे भएकी सञ्जनकी श्रीमती सवितालाई पनि परिवारजनले नेताहरुसमक्ष लगेका थिए । तर, उनी केही बोल्न सकिनन् । श्रीमानको मृत्युपछि उनी अर्धचेतजस्तै छिन् । सरकारी जागिर खाने इच्छा रहेको बताउने उनी १२ कक्षामा अध्ययनरत छिन्  ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.