Tuesday, March 21, 2017

जब ओलीले ‘अरु पार्टी १ केजी एमाले ५ केजी’ भने

 प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिकेन्द्रले आफ्नो पार्टीलाई घेराबन्दी गरेको आरोप लगाएका छन् ।

 अध्यक्ष ओलीले एमालेलाई एक्ल्याएर घेरावन्दी गर्न खोजेपनि एमाले घेरिएर नबस्ने चुनौती पनि दिए।

एमाले केन्द्रीय कार्यालयद्धारा मंगलबार काठमाडौमा आयोजित मेची महाकाली अभियानका सहभागीहरुलाई धन्यवाद दिन आयोजित कार्यक्रम अध्यक्ष ओलीले भने ’एमाले अव अरु जस्तो सरदर पार्टी हुँदैन।

अरु पार्टी एक केजीका चार वटा ढक एकातिर हुन भने एमाले पाँच केजीको अर्कोतिर रहेको ढक हो । जसो गरेपनि एक केजी बढी नै हुन्छ।’

अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीको बिधानबाट राजतन्त्र र हिन्दु धर्म सम्बन्धी व्यवस्था हटाउने निर्वाचन आयोगको निर्णय प्रति असहमति जनाए।महान्यायधिवक्ता रमणकुमार श्रेष्ठको गलत सल्लाहका कारण निर्वाचन कुवेलामा राप्रपाको बिधान चलाएर निर्वाचन भाँडने षडयन्त्र गरेको आरोप पनि ओलीले लगाए।

मेची महाकाली अभियान लिएर तराई मधेशमा एमाले प्रवेश गर्न नहुने तर्क गर्ने बुद्धिजीवीहरु प्रति पनि ओलीले कटाक्ष गरे। ’बुद्धिजीवी बिग्रियो भने श्रीमान गम्भीर लेख्न थाल्छ।सप्रियो भने यो नेपाली शिर उचाली लेख्छ।बुद्धिजीवीहरुलाई सप्रिन आग्रह गर्छु ।यो नेपाली शिर उचाली लेख्ने गर्नुस्,श्रीमान गम्भीर नेलेख्नुस् ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.