Thursday, March 16, 2017

सगरमाथा भन्दा अग्लो हिमाल भेटाए , सगरमाथा दोश्रोमा पारेरै छोडीयो

 नेपालमा रहेको सगरमाथा विश्वकै अग्लो हिम शिखर हो भन्नेमा कसैलाई संखा नहोला । तर, पछिल्ले समय भएको एक खोजले सगरमाथा विश्वको अग्लो हिम शिखर नभएको तर्फ संकेत गरेको छ ।

विश्वका वैज्ञानिकहरुले गरेको खोजको आधारमा तयार पारिएको एक रिपोर्टका मुताविक इक्वेडरको चिमवोराजो हिम शिखर सगरमाथा भन्दा अग्लो रहेको बताइएको छ

द इन्डिपेन्डेन्टमा छापिएको सो रिपोर्टमा अन्तरिक्षबाट सगरमाथाको दुरी भन्दा चिमवोराजाको दुरी नजिक भएकाले सगरमाथा विश्वको ठूलो हिमाल नभएको जनाइएको छ ।

तर, समुन्द्री सतहबाट भने सगरमाथा ९ हजार मिटर माथि रहेकाले यसलाई अग्लो मानिएको छ ।

यसरी अन्तरीक्षबाट नाप्दा चिमवोराजा नजिक र सुमन्दी सतहबाट सगरमाथा टाढा भएपछि वैज्ञानिकहरुले यस विषयलाई गम्भीरताका साथ लिएको बताइएको छ ।

यसरी पृथ्वीको केन्द्रबाट नाप्दा चिमवोराजा सगरमाथा भन्दा अग्लो पाइएपछि विश्वकै अग्लो हिमाल भनेर चिनिने सगरमाथा कतै दोश्रोमा त पर्ने होइन भन्ने प्रश्न खडा भएको छ

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.