Thursday, March 23, 2017

अब वडा कार्यालयमा पाइने सुबिधाहरु: जानकारी सक्दो शेयर गरिदिनुहोला

यी हुन् वडा कार्यालयमा पाइने सुबिधाहरु

 काठमाडौं । नयाँ संरचनाअनुसार स्थानीय तह कार्यान्वयनमा आएपछि सेवाग्राहीहरु अन्योलमा परेका छन् ।

विशेष गरी गाउँ पालिकाको नयाँ व्यवस्थासँगै गाविसबाट हुँदै आएको काम कारबाही र उपलब्ध सेवा बारे नागरिकमा अन्योल बढेको हो ।

नयाँ व्यवस्थाअनुसार गाविसले पहिले प्रदान गर्दै आएको सेवा अब गाउँपालिकाको वडाबाट उपलब्ध हुनेछ ।

अब वडा कार्यालयमा पाइने सुबिधाहरु निम्न छन्ः

१) नाता प्रमाणित,

२) नागरिकता र प्रतिलिपी सिफारिस,

३) घर बहाल कर शिफारिस,

४) मोहि लगत कत्ता शिफारिस,

५) घर जग्गा कर,

६) जन्ममिति प्रमाणित,

७) व्यापार व्यवसाय खोलेको बन्द गरेको,

८) मिलापत्र,

९) विवाहित अविवाहित,

१०) निशुल्क उपचार सिफारिस,

११) अङ्ग्रेजी भाषामा सिफारिस,

१२) घर जग्गा प्रमाणित,

१३) व्यक्तिगत प्रमाणित,

१४) घरपुर्जा प्रमाणित,

१५) पुर्जा हराएमा प्रमाणित,

१६) कित्ताकाट सिफारिस,

१७) नामथर जन्म मिति संशोधन,

१८) मृत्युु दर्ता, हकदार नामसारी,

१९) उद्योग नामसारी, ठाँउसारी,

२०) पूर्व प्रथामिक विद्यालय खोल्ने सिफारिस,

२१) जग्गा ,धितो मुल्यांकन,

२२) विद्यालयको कक्षा थप्ने,

२३) पोषण सम्बन्धि,

२४) वैवाहित अङृकृत सिफारिस,

२५) गरिब, बिप्पन प्रमाणिात,

२६) विद्यालय ठाँउसारी,

२७) धारा , विद्युत, ढल जडान,

२८) अन्य

आजको राशीफल : २०७३ साल चैत्र १० गते बिहिबार


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

प्रयासहरु सकारात्मक रहनेछन । घरायसी काममा रुची बढ्नेछ । शत्रुहरुले काममा अबरोध पुर्याउने देखिन्छ भने मन खिन्न रहनेछ ।
   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

तपाइको इमान्दारिता र लगनशीलताको धेरैले प्रसंसा गर्नेछन । सामाजिक मानसम्मान मिल्नेछ । यात्रामा दुख पाउने योग रहेको छ ।
 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

भाग्य बलियो भएकाले धेरै कामहरु सफल हुनेछन । सोचेको आटेको कामहरु पूरा हुनेछन । बैबाहिक कुरा अगाडी बढ्नेछ ।
 
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बौद्धिक काममा सफलता मिल्नेछ । ठुला व्यक्तिको सल्लाहमा गरिएको काममा प्रगति हुनेछ । लेनदेनमा विवाद उत्पन्न हुनेछ ।
   
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

भेटघाटमा मन प्रसन्न रहनेछ । घरायसी काममा रुची बढ्नेछ । प्रयाश गरेको काममा सफलता मिल्नेछ । विश्वास गरेकाले धोका दिने देखिन्छ ।
   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । धार्मिक काममा रुची बढ्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । साझेदारी काममा विवाद बढ्नेछ ।
   
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 

पारिवारिक सद्भाव बढ्नेछ । साथीभाईले काममा सहयोग गर्नेछन । समाजमा बोलीको कदर हुनेछ । शत्रुले दुख दिनेछन ।
   
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

लामो रमाइलो यतारको योगना बन्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । खर्च बढे पनि लगानी उचित ठाउँमा हुनेछ ।
   
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

स्वास्थ्यमा समस्या बढ्नेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।
   
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सानै प्रयाशले पनि काममा ठुलो सफलता मिल्नेछ । नयाँ काम पाउने सम्भावना रहेको छ । दाम्पत्य जीबनमा खटपट आउनेछ ।
   
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 

काम गर्नें जोश, जाँगर र आत्मबल बढ्नेछ । आम्दानीका श्रोतहरु धेरै हुनेछन । बिनाकारण विवाद बढ्न सक्नेछ ।
   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 

अध्ययन अध्यापनमा प्रगति हुनेछ । राज्यबाट मानसम्मान मिल्नेछ । साथीभाईको सहयोगमा बिबाहको कुरा अगाडी बढ्नेछ ।

Wednesday, March 22, 2017

यौनसम्बन्ध नराखेको भन्दै रीताले यसरी काटिदिइन श्रीमानको लिङ्ग



काठमाडौं । छिमेकी मुलुक भारतमा एक जना महिलाले विवाह भएको १० वर्ष बितिसक्दा पनि आफ्नो कोखबाट सन्तान नजन्मेको भन्दै श्रीमानको लिंग काटिदिएका छन् । राजधानी दिल्लीसँग जोडिएको उत्तरप्रदेशको गाजियाबाद जिल्लामा यो घटना भएको हो । समाचारमा उल्लेख भएअनुसार, आफ्नो कोखबाट बच्चा नजन्मेपछि ती महिला मानसिकरुपमा विक्षिप्त थिइन् । विवाह भएको १० वर्ष बितिसक्दा पनि बच्चा नहुनुमा श्रीमान दोषी रहेको उनको ठहर थियो ।

बच्चा नजन्मेको भन्दै ती महिलाले आफ्नो श्रीमानसँग अधिकाँश समय झगडा गर्ने गर्थिन् । उनले झगडाका क्रममा श्रीमानको लिंग काम नलाग्ने जस्ता बचन लगाउँथिन् । रिता नाम गरेकी ती ३० वर्षीया महिलाले बुधबार विहान भने श्रीमानसँग ठूलै झगडा गरिन् । झगडाको क्रममा उनको रिस झन बढ्दै गयो । त्यसपछि उनले चक्कु ल्याएर श्रीमानको लिंग नै काटिदिइन् । श्रीमतीले लिंग काटिदिएपछि उनका श्रीमान गुहार माग्दै रोइकराइ गरेका थिए । छिमेकीले थाहा पाएपछि उद्धार गरेर उनलाई अस्पतालमा लगिएको थियो ।

घटनापछि ती महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीसँगको वयानमा उनले श्रीमानले आफूलाई समय नदिने गरेको, झगडा मात्रै गर्ने गरेको र विवाहको केही समयपछिदेखि आफूसँग यौन सम्पर्क पनि नराखेको र सोही कारण आफ्नो बच्चा नरहेको बताएकी छन् । उनले श्रीमान भएर पनि यौन सम्बन्ध नराख्नेको लिंगको कुनै अर्थ नरहेको भन्दै च्वाट्ट काटिदिएको वयानसमेत दिएकी छन् । दैनिक नेपालबाट

चाउचाउले निम्त्याउँछ खतरनाक रोग


चाउचाउ नेपालमा सबैभन्दा लोकप्रिय स्न्याक्समा पर्छ । छिटोछरितो र स्वादिलो हुने हुँदा हामी मध्ये धेरैले चाउचाउ खान रुचाउँछौँ । बच्चालाई मात्र होइन जवान र बृद्धहरुसम्म पनि चाउचाउ मन पराउँछन् । तर यही लोकप्रिय खाजा चाउचाउ स्वास्थ्यका लागि भने राम्रो हुँदैन भन्ने कुरा थाहा नहुन सक्छ । वुमन्स हेल्थमा प्रकाशित शोधका अनुसार चाउचाउको नियमित सेवनले हामीलाई विभिन्न प्रकारका रोग निम्तिने खतरा हुन्छ ।

यो शोधका अनुसन्धानकर्ताहरुले चाउचाउले मानिसहरुका मधुमेह, मुटु सम्बन्धी रोग र मस्तिस्क घात जस्ता खतरा हुने बताएका छन् । चाउचाउले कार्डियोमेटाबोलिक सिन्ड्रोम नामक अवस्था पैदा हुने र यसले मुटुमा विभिन्न समस्या पैदा गर्ने शोधकर्ताहरुको भनाइ छ । चाउचाउका कारण पाचनप्रणालीमा समेत समस्या हुने समेत बताइएको छ ।

हप्तामा २ पटक चाउचाउ खानेलाई पाचन प्रणालीमा समस्या आउने खतरा ६८ प्रतिशत हुन्छ । भेलोर विश्वविद्यालयका शोधकर्ताहरुले सन् सन् २००७ देखि २००९ सम्म महिलाहरुमाथि यो अध्यन गरेका थिए । चाउचाउमा हुने क्यालोरी, रिफाइण्ड कार्बोहाइड्रेट्, स्यचुरेटेड फ्याट् र सोडियमको उच्च मात्राले महिलाहरुलाई धेरै नै घाटा गर्ने उल्लेख छ ।

एकै दिन सात सयले महँगियो सुन


बुधबार एकै दिन सुन तोलामा ७ सय रुपैयाँले महँगिएको छ। मंगलबार ५४ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार ५४ हजार ९ सय रुपैयाँ पुगेको छ।


त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदी तोलामा ७ सय ८५ पुगेको छ।

अमेरिकी डलर कमजोर बनेसँगै सुनको मूल्य महँगिएको हो। बुधबार डलरको बिक्रीदर मूल्य १ सय ४ रुपैयाँ ७६ पैसा छ।

२ लाख ९२ हजारमा भूकम्प पीडितले बनाउने घरको डिजाइन तयार


काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ वटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने भएको छ ।

भूकम्प प्रभावित जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले कम लागतमा बन्ने घरको नमुना डिजाइन तयार गरेको छ । डिजाइनअनुसार कम्तीमा दुई लाख ९२ हजार रुपैयाँको लागतमा दुईकोठे भवन निर्माण गर्न सकिनेछ ।

सोसाइटी अफ नेपलिज आर्किटेक्चर(सोना)ले पाँचवटा र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत पोखरेलको संयोजकत्वमा बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले नयाँ ६ प्रकारका घरको नमुना डिजाइनलाई स्वीकृति दिने निर्णय गरेको हो ।

डिजाइनलाई प्राधिकरण कार्यकारी समितिका सदस्य डा हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणीकरण गरेपछि लागू हुनेछ । नयाँ डिजाइनअनुसार ढुङ्गाको जोडाइ र माटोको गारोका एकतल्ले घर एवम् ढुङ्गाको गारोमा माटोको जोडाइ तथा सिमेन्टले समेत जोडी भूकम्प प्रतिरोधी घर बनाउन सकिनेछ ।

उक्त डिजाइन सार्वजनिक भए भूकम्पमा घर गुमाएका पीडितले कम लागतमा धेरै विकल्पमध्ये आफूलाई मन पर्ने डिजाइनमा नयाँ घर बनाउन सक्नेछन् । सहरी विकास मन्त्रालयले यसअघि १७ वटा घरको नमुना डिजाइन तयार गरेको थियो । प्रभावित जिल्लामा हाल १७ प्रकारका नमुनामा घर बनाउन सिफारिस गरिन्थ्यो । अब २३ प्रकारका नमुनामध्ये पीडितले आफूलाई मन परेको नमुना छानेर घर बनाउन सक्नेछन् ।

समितिको बैठकले जोखिमयुक्त बस्तीमा रहेकालाई स्थानान्तरण गर्न आवश्यक जग्गा÷घडेरीको व्यवस्थापन गर्नेबारे गृहकार्य गर्न सम्बन्धित जिल्लाका प्रजिअलाई निर्देशन दिने निर्णय गरेको छ । प्राधिकरणले यसअघि जोखिमयुक्त बस्तीबाट अन्यत्र बसाइ सर्न चाहने प्रभावितलाई जग्गा किन्न रु दुई लाख अनुदान उपलब्ध गराउनेबारे निर्णय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।

बैठकले काठमाडौं उपत्यकाका पुरातात्विक सम्पदा पुनर्निर्माणमा स्थानीय समुदायको चासोलाई सम्बोधन गर्ने गरी प्रक्रिया अघि बढाउन प्राधिकरणअन्तर्गतको सम्पदा पुनर्निर्माण उपसमितिलाई निर्देशन दिएको छ । रासस

राति नै बालुवाटार पुगेर देउवाले प्रचण्डलाई भनिसके– अरु जो सुकै होस्, नवराज सिलवाल हुँदैन



 सर्वोच्चले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिका लागि सिफारिस भएका जयबहादुर चन्दको निर्णय बदर गरेपछि सरकारले कानुनी परामर्शपछि मात्रै अर्को निर्णय लिने भएको छ ।

सर्वोच्चको फैसलालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ताको मुख्य खटक कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा फैसला अध्ययन गरी कानुनी परामर्शपछि मात्रै औपचारिक निर्णयमा पुग्ने निष्कर्ष निकालिएको हो ।

‘प्रधानमन्त्री र कांग्रेस सभापतिबीच सर्वोच्चको फैसलाका विषयमा छलफल भएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘फैसला अध्ययन गरी कानुनी परामर्शपछि मात्रै निर्णयमा पुग्ने सहमति भएको छ ।’

स्रोतका अनुसार सरकारले फैसलालाई मिहिन रूपमा अध्ययन गरी प्रहरी नियमावलीसँग तुलना गरेर मात्रै नयाँ प्रहरी महानिरीक्षक नियुक्तिको निर्णय गर्नेछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने प्रधानमन्त्री र कांग्रेस सभापतिबीच भेट भए पनि के विषयमा छलफल भएको आफूलाई जानकारी नभएको बताए ।

संविधानको धारा ७५ अनुसारको कार्यकारी अधिकार मन्त्रिपरिषद्मा निहित भएकाले सर्वोच्चको आईजीपी नियुक्ति बदर गर्ने फैसलाका विषयमा संवैधानिक व्याख्याविश्लेषणका लागि प्रधानमन्त्रीले छिट्टै कानुनविद्सँग परामर्श गर्ने भएका छन् ।

‘राज्यको कुनै एउटा निकायले अर्को निकायको अधिकार क्षेत्र मिचेको छ कि छैन भन्ने विषयमा पछि परामर्श हुन्छ’, स्रोतले भन्यो, ‘यस विषयमा छिट्टै छलफल गरिनेछ ।’

प्रधानमन्त्री दाहाल बिहीबार छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने भएकाले पनि त्यसअघि नयाँ प्रहरी महानिरीक्षकको नियुक्ति हुने सम्भावना देखिँदैन । ‘सम्भवतः प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएपछि मात्रै निर्णय हुन्छ’, स्रोतले भन्यो ।

अन्नपूर्ण पोस्टबाट