Monday, March 20, 2017

जापानको भविष्य भयाबह, यसकारण कम गर्छन् सेक्स...

 के जापानमा ‘सेक्स संकट’ को दायराले भयावह रुप लिइरहेको छ ? के एक दिन यस्तो दिन आउनेछ, जब जापान खाली हुनेछ ?

 जापानी मानिसका लागि किन ‘धेरै सेक्स’ गर्नुपर्ने बताइएको छ ? तोहोकु विश्वविद्यालयका शोधकर्ताले यही निश्कर्षपछि डुम्जडे क्लक (प्रलयको दिनको अन्दाज लगाउने घडी) बनाएका छन् ।

यसका अनुसार जापानमा वर्तमान ‘सेक्स संकट’ को अर्थ हो कि १६ अगस्ट ३७६६ मा जापानमा केबल १ जना मात्रै मान्छे बच्नेछन् ।

 यो अनुमान देशमा घट्दो प्रजननदर र वृद्धको जनसंख्यामा आधारित छ । बेलायतमा समेत सन् १९२० को दशकको पीढीको तुलनामा लाखौं मानिसमा यौनसम्पर्कको दर धेरै कम भएको छ । अहिलेको जापानको स्थिति आफैंमा भयाबह हो ।

जापानमा फेमिली प्लानिङ एशोसिएसनको सर्वेक्षणमा १६ देखि २४ वर्ष उमेर समूहका ४५ प्रतिशत जापानी महिलालाई यौन सम्बन्धमा कुनै इच्छा नभएको पाइएको जनाएको छ । एक तिहाईभन्दा बढी पुरुषसमेत यसमा सहमत छन् । तोहोकु विश्वविद्यालयका शोधकर्ताले यसलाई धेरै गम्भीर अवस्था भनेका छन् । बेलायतमा पनि सेक्सलाई बढावा दिनका लागि डेटिङ एप्सको सुरुवात गरिएपनि बेलायती युवा पुस्तामा कम सेक्स भइरहेको छ । सेक्समा कमीको एउटा कारण अत्याधिक इन्टरनेटको प्रयोग पनि हो ।

जापानमा कम सेक्सका कारणहरु
१. जापानी काममा धेरै समय खर्च गर्छन । कामका कारण उनीहरु यति थकित हुन्छन् कि उनीहरुको प्राथमिकतामा पर्दैन ।
२. औषत जापानी पुरुषले एक सातामा ८० घन्टा काम गर्छन ।
३. धेरैजसो महिलाहरुले उनीहरुको करियर र गृहस्थीबीचमा एक छान्नुपर्यो भने उनीहरुको प्राथमिकतामा परिवार बसाउने कुरा धेरै कम मात्र पर्छ ।
४. यदि मानिसहरुले युवालाई सेक्स, ड्रग्सलगायतले बढी आकर्षित गर्छ भन्छन् भने त्यो जापानी युवाको हकमा लागु हुँदैन ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.